स्योर स्लिप म्याट्रेस चितवनमा

Read Time = 2 mins

काठमाडौं । विराटनगरस्थित हनुमन्ते पोली इण्डष्ट्रिजको स्योर स्लिप ब्राण्डको म्याट्रेसको चितवनमा पनि बिक्री सुरु भएको छ । स्लिप डोभ सप्लायर्सले चितवनमा बिक्री सुरु गरेको हो । विदेशी म्याट्रेसले बजार लिइरहेको अवस्थामा नेपालमै बनेको गुणस्तरीय म्याट्रेस बिक्री सुरु गरिएको सप्लायर्सका कार्यकारी निर्देशक रेशमराज शर्माले पत्रकार सम्मेलनमा बताउनुभयो ।

ADVERTISEMENT

बोनडेड, पकेट स्प्रिङ म्याट्रेस, ग्रिन म्याट्रेस उपलब्ध गराउँदै आइएको कम्पनीले होटल व्यवसायीलाई समेत लक्षित गरेर फरक कपडा राखेर बनाइएको होटल म्याट्रेस पनि उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । सप्लायर्सका प्रबन्ध निर्देशक सुरेश धिमालले नेपालमा म्याट्रेसको प्रयोग गर्ने उपभोक्ता बढे पनि गुणस्तरीय म्याट्रेस नहुँदा ग्राहक ठगिने गरेको बताउनुभयो । हनुमन्ते पोली इण्डष्ट्रिजका प्रतिनिधि सुमिन्द्र जोशीले आफ्ना सबै उत्पादन गुणस्तरीय रहेकाले ग्यारेन्टीका साथ बजारमा ल्याएको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज