सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु किसानलाई हप्ता दिनभित्रै भुक्तानी दिन थालेको छ । प्रायः बेलैमा भुक्तानी दिएर अरु चिनी उद्योगभन्दा अलग्गै छाप बनाएको इन्दुशङ्करले यो वर्ष उखु बुझाएको हप्ता दिनभित्रै खुरुखुरु बैङ्क खातामा पैसा हाल्दिएपछि उखु किसान खुसी भएका छन् ।
इन्दुशङ्करका उखु प्रवन्धक योगनारायण रजकले किसान महासङ्घसँग १५ देखि ४५ दिनभित्र भुक्तानी गर्ने सहमती भएपनि उद्योगले एक हप्ताभित्रै भुक्तानी दिइरहेको बताउनुभयो । “किसान महासङ्घसँग एकदेखि डेढ महिनाभित्र ‘पेमेन्ट’ गर्ने भनी सहमति भएको छ तर हामीले हप्तादिन भित्रै पैसा हाल्दिरहेका छौँ,” उखु प्रवन्धक रजकले भन्नुभयो ।
उद्योगले पुष १७ गतेसम्म किसानबाट खरिद गरिएको उखुको २८ करोड भुक्तानी गरिएको जनाएको छ । अब दुई/तीन दिनभित्रै थप तालिका तय पारिएको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले जानकारी दिनुभयो । सरकारले निर्धारण गरेको मूल्य अनुसार उद्योगले उखु किसानलाई प्रतिक्विन्टल ५८५ रुपियाँका दरले भुक्तानी गर्दै आइरहेको छ ।
यो वर्ष चिनी मिलले ५८५ र सरकारले अनुदानबापत ७० रुपियाँ प्रदान गर्ने गरी उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण भएको छ । यस सिजनका इन्दुशङ्कर चिनी उद्योगले पुष २२ गते संम ७ लाख ०३ हजार ३०० क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।
उद्योगले यो वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उखु प्रवन्धक रजकले बताउनुभयो । यस वर्ष चिनी गोदाममा धन्कीयको अवथामा समेत आफुहरुले नियमित भुक्तानी दिईरहेको उद्याेगले बताएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा