
काठमाडौं । मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । भने सयौं घरहरु भत्किएका छन् ।
नेपालको पनि संखुवासभा र ताप्लेजुङको केही घरमा क्षति पुगेको भएपनि पूर्ण विवरण आइसकेको छैन् । चिनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।
डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू ढलेको पिपल्स डेलीको समाचारमा उल्लेख छ । डिंग्रीका काउन्टी प्रमुखले सो क्षेत्रमा भूकम्पको ठुलो झट्का महसुस भएको जनाएको छ ।
अधिकारी तथा उद्धारकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा पुगिरहेको समाचारमा उल्लेख छ । भूकम्पको धक्का चीन, नेपाल, भारत, भुटान र बंगलादेशसम्म गरिएका थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच