काठमाडौं । तिब्बत भूकम्पको एक घन्टामै ७ पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान बिहान ६ः५२ बजे गएको भूकम्प पछि एक घण्टामै ७ पराकम्प गएका हुन् ।
आज विहानको नेपाल र चीन सीमा क्षेत्रमा केन्द्रबिन्दू बनाएर शक्तिशाली भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पविद् अधिकारीका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल(चीन सीमाना नजिक दिङ्गी कान्टी हो । भूकम्पको धक्का लामो समय महसुस भए पनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन ।
भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको र भूकम्प १० किलोमिटर गहिराइमा गएको (सीईएनसी) ले जनाएको सिन्ह्वाको समाचारमा चाइना डेलीमा प्रकाशित छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा