विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०२५ को तयारी सुरु भएको छ । आठाँै संस्करणका रूपमा यसपटकको विराट एक्स्पो विराटनगरको डिग्री क्याम्पस परिसरमा माघ ११ गतेदेखि २० गतेसम्म हुँदैछ । संगठनले सबैभन्दा पहिला एक्स्पोको आयोजना २०५३ सालमा कोशी महोत्सवको नामबाट गरेको थियो । आठौँ संस्करणसम्म आइपुग्दा एक्स्पो नेपालमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको थोरै औद्योगिक एक्स्पोमध्ये छुट्टै पहिचान र ब्राण्डका रूपमा स्थापित हुन सफल भएको उद्योग संगठनको भनाइ छ ।
युवा पलायन वर्तमान समयमा सर्वत्र चासो र चिन्ताको विषय बनेको अवस्थामा युवालाई स्वदेशमै काम गर्न सक्ने वातावरण तयार गर्न फाउण्डेसनबाटै काम गर्नुपर्छ भन्ने मान्यतासाथ यसपटकको एक्स्पोलाई त्यस प्लेटफर्मका रूपमा प्रयोग गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार एक्स्पोमा कोशी प्रदेशको समग्र आर्थिक विकासको औद्योगिक ईको सिस्टम निर्माणका साथै उद्यमशीलता विकासलाई गतिशीलता प्रदान गर्न डिजिटल प्रविधिको प्रयोगलाई जोड दिइनेछ ।
एक्स्पोमा कुल दुई सय ६८ वटा स्टल र नौ पेभिलियन रहने बताइएको छ । जसमध्ये विराटबजार बिटुबी १२ स्टल, स्टार्ट अप भिजन कोशी हृयाकाथुन १२ स्टल, रोजगार कोशी १२ स्टल, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि ४० स्टल, अटोमोबाइल्स २० स्टल, औद्योगिक ७५, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमइज ७५, खाद्य १० र प्रायोजकका १२ रहने आयोजकले जनाएको छ ।
एक्स्पोमा विराट बजार बिटुबीका साथै गुणस्तरीय व्यवस्थापन प्रणाली स्वःपरीक्षण व्यवस्था, भर्चुअल बिजनेस क्लिनिक, विराटनगर इन्कुवेसन सेन्टरः भिजन कोशी वानाथन एण्ड स्टार्ट अप कन्फरेन्स प्रतिस्पर्धा, रोजगार कोशी, इनर्जी इफिसियन्सी कार्यक्रम, मेरो देश मेरै उत्पादन अभियान, डिजिटल तथा बिजनेस डेभलपमेन्ट सर्भिस पेभिलियन, थिमेटिक सेसन, थिमेटिक फेसन शो, उत्कृष्ट उद्यमी पुरस्कार, सांस्कृतिक कार्यक्रम, विद्यार्थीका लागि विशेष कार्यक्रम समावेश रहेका मेला संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा