भरतपुर । नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा सर्ने भएको छ ।
बैंकको साधारण सभाले निर्णय गरेसँगै बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिकाको वडा नं १० वाइपासरोड, स्थित जिल्ला सहकारी सघं चितवनको आधुनिक नवनिर्मित भवनमा सर्ने भएको हो ।
बैंकको केन्द्रीय कार्यालय हाल रत्ननगरपालिकाको वडा नं. १ टाँडीमा रहेको छ । बैंकको कारोबारलाई अझ बढाउने अभिप्रायले केन्द्रीय कार्यालय सार्ने बैंकले जनाएको छ । साथै, बैंकको हाकिमचोकमा रहेको शाखाम कार्यालयले पनि स्थानान्तरण भएर सोही भवनबाट बैंकिङ सेवा दिने भएको छ । कार्यालय सार्नका लागि बैंकले भौतिक पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
०५८ असोज १२ गते देखि यस बैंकले रत्ननगर नगरपालिका १, बकुलहर, टाँडी, चितवनमा केन्द्रीय कार्यालय र टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सामा शाखा कार्यालयहरू खोली बैंकिङ सेवा प्रदान गर्दै आएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा