टर्कीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । टर्कीका विदेशमन्त्री हाकान फिदानले टर्किएले सिरियाको पुनर्निर्माण प्रयासलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय रूपमा आग्रह गरिरहेको बताउनुभएको छ ।

अनाटोलियन क्षेत्रमा अवस्थित निग्दे प्रान्तमा भएको बैठकमा बोल्दै फिदानले सिरियामाथि लगाइएको प्रतिवन्ध हटाउन र देशलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने टर्किएको जारी प्रयासलाई प्रकाश पार्नुभयो ।

मन्त्रीले टर्किएले यस क्षेत्र र छिमेकी देशहरूमा शान्ति र स्थायित्व खोजेको बताउनु भयो । आफ्नो विदेश नीति र प्रयासहरू यही लक्ष्यमा केन्द्रित रहेको उहाँको दाबी छ ।

ADVERTISEMENT

फिदानले युद्धग्रस्त देशको आर्थिक सुधारलाई बढावा दिन व्यापार प्रतिवन्ध र सम्पती फ्रिजसहित सिरियामा लगाइएको प्रतिवन्धहरू हटाउन पनि आह्वान गर्नुभयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?