काठमाडाैं । दक्षिण कोरियाको राष्ट्रपति सुरक्षा सेवाका प्रमुख पार्क जोङ-जुनले आईतवार महाभियोग लागेका राष्ट्रपति युन सुक-योललाई पक्राउ गर्ने प्रयासलाई रोक्ने प्रतिवद्धता जनाउनुभएको छ । राष्ट्रपतिको पूर्ण सुरक्षामा आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताउनु भयो ।
युन विरुद्ध गिरफ्तारी वारेन्टको कार्यान्वयनको पालना गरेको भए कर्तव्यको बेवास्ता र राष्ट्रपतिको सुरक्षाको परित्याग हुने बताउनु भयो । युन विरुद्धको महाभियोग प्रस्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो ।
यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा युनको राष्ट्रपतिको शक्ति निलम्वन गरिएको थियो ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका