काठमाडौं । सिटी होटल लिमिटेडअन्तर्गत सञ्चालनमा रहेको हायात प्लेस काठमाडौं अब हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रूपान्तरण भएको छ । जुन नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटल बनेको छ । हायात सेन्ट्रिक आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवको जीवन्त मिश्रण हो । सिटी होटल लिमिटेडका कार्यकारी सञ्चालक अक्षय गोल्याणले भन्नुभयो, ‘विस्तृत पुनर्निर्माण तथा नवीकरणपछि हामी हायात सेन्ट्रिक ब्राण्ड नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौंको संस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौँ । हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौं खोज तथा अनुसन्धानलाई प्रेरित गर्न डिजाइन गरिएको हो । यात्रुहरूलाई कुनै अनुभवको कमी हुन नदिन आधुनिक स्थानीय स्थान प्रदान गर्दछ ।’
कम्पनीका अनुसार लबीलाई यात्रुहरूलाई स्वागत सत्कार गर्ने, खुला सामाजिक स्पेसका रूपमा प्रस्तुत गरी खोजीको केन्द्रका रूपमा पुनः परिकल्पना गरिएको छ । होटलको प्रवेशद्वार स्थानीय कलाबाट प्रेरित विभिन्न तत्वहरू र मूर्तिहरू राखी डिजाइन गरिएको छ । मैत्रीपूर्ण र दक्ष कर्मचारीले अतिथिहरूलाई शहरको खोजी तथा भ्रमणमा सहयोग पु¥याउन आफ्ना स्थानीय ज्ञान बाँड्न सदैव तयार छन् । आठ हजार छ सय वर्गफिटभन्दा बढीको आवश्यकताअनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थानहरू खानपान सेवा, सुविधासहित उपलब्ध छ । १० देखि छ सय व्यक्ति अटाउने उल्लेखित स्थानहरू बैठक, विवाह र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त छन् । सेन्ट्रिक लाउन्ज जीवन्त कम्युनिटी बार हो, जहाँ स्थानीयहरू र अतिथिहरू विशेषज्ञतापूर्वक तयार गरिएको कफी, सिग्नेचर ककटेल र स्थानीय स्वादले प्रेरित परिकारका साथमा रमाउन सक्छन् ।
पूरा दिन सञ्चालन हुने रेस्टुरेन्ट, जसले स्थानीय स्वादको तड्का मिसिएका विश्वभरबाट प्रेरित परिकारहरू सरलता र वास्तविकतालाई पेश गर्दछ । हायात सेन्ट्रिकका महाप्रबन्धक वरुण तलवारले भन्नुभयो, ‘अतिथिहरूलाई तथा वल्र्ड अफ हायात सदस्यलाई नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटलमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौँ । हाम्रो लक्ष्य काठमाडौंको शहरलाई होटलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभव सिर्जना गर्नु हो । मिहिन डिजाइनदेखि नवीन पाककला प्रस्तुत गरी हामी प्रत्येक यात्रीको रोमाञ्चक यात्राको सुरुवात बिन्दु बन्न चाहन्छौँ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा