भोजपुर। भोजपुर गट ट्यालेन्ट २०८१ को क्वाटर फाइनलबाट ४५ जना अर्को चरणका लागि छनोट भएका छन् ।
स्थानीय टुँडिखेलमा आयोजित प्रतियोगिता अन्तर्गतको गायन, नृत्य, वक्तृत्वकला विधाका कार्यक्रमहरु सम्पन्न भएको हो । छनोट भएकाहरूको सेमिफाइनल प्रतियोगिता आगामी पुस २७ गते संचालन हुने कार्यक्रम संयोजक सुसन घिमिरेले जानकारी दिनु भयो ।
जिल्लाभरबाट चारसय २० जनाको अडिसन लिईएको थियो । जसमा दुईसय ३३ छनोट भएकामध्ये ६० जना मेगाराउण्डमा पुगेका थिए ।
जिल्ला तहमा हुने यस्ता प्रतियोगिताले नवप्रतिभाको प्रस्फुटन हुने र जिल्लाको कलाकारितालाई अझै निखार्न मद्धत मिल्ने भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताउनुभयो ।
तीनै विधामा विजेता प्रथम, दोश्रो र तृतीय हुनेले क्रमशः ५० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् । भोजपुर नगरपालिका र हतुवागढी गाउँपालिकाको प्रायोजन रहेको उक्त गट ट्यालेन्ट प्रतियोगितामा सबै विधाका प्रथम स्थान हासिल गर्ने विजेतालाई आईएमई लाईफ ईन्स्योरेन्स भोजपुर शाखाले प्रतिव्यक्ति २र२ लाखको बिमा गरिदिने आयोजक डाइमण्ड डान्स क्रूले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा