
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पहिलो हुने दलले पाँच वर्ष सरकार संचालन गर्ने गरी संविधान संशोधनको नयाँ अवधारणा प्रस्तुत गर्नु भएको छ । उहाँले सिट र पपुलर मतका आधारमा सरकार संचालन गर्ने गरी संविधान संशोधन गरिने स्पष्ट पार्नुभयो ।
पार्टी केन्द्रले संचालन गरेको एक सय दिने अभियानको समापन कार्यक्रमलाई आइतबार गृहनगर धुलाबारीमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले भन्नुभयो,'प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुँदै हुँदैन, यही व्यवस्था र संविधान भित्र रहेर संविधान संशोधन हुन्छ, पहिलो हुने दलले पाँच वर्ष सरकार संचालन गर्ने संवैधानिक व्यवस्थाको ग्यारेन्टीसहित संविधान संशोधन हुन्छ ।'
महामन्त्री शर्माले त्यसलाई सामान्य बहुमत आउँदा बढी सिट जित्नेले सबै लिने सिद्धान्तको आधार र अवधारणाको रूपमा अर्थ्याउनुभयो । त्यसका लागि पहिला नै विज्ञको लिष्ट तयार हुने र त्यही सिट सबै लिने गरि संविधानमा व्यवस्था गर्न सके एउटा दलले पाँच वर्ष सरकार चलाउने आधार तयार हुने उहाँको भनाइ छ ।
उहाँले अघि सारेको अवधारणा संविधान संशोधनका बारेमा निकै जटिल प्रक्रिया हो । संविधान संशोधनको सहमति गरेर सरकार परिवर्तन गरेका कांग्रेस - एमाले सरकार पुगेपछि मौन बसेको आरोप लागिरहेको बेला कांग्रेस महामन्त्री शर्माले संविधान संशोधनको नयाँ खाका अघि सार्नु भएको हो ।
दोस्रो, तेस्रो हुने दलले सरकार संचालन गर्ने परिपाटीको अन्त्यका लागि संविधान संशोधन गरिने उहाँको भनाइ छ । कुनै पनि पार्टीले बहुमत नल्याएको अवस्थामा विश्वासको मत लिन ८ र १० वटा इन्डिकेटरको प्रावधान राख्न सकिने र राक्नु पर्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो, 'पहिलो हुने दलले शासन गर्ने हो, दोस्रो तेस्रो हुनेले होइन ।' एउटा व्यक्ति दुई पटक मात्रै प्रधानमन्त्री बन्ने अवधारणा कार्यान्वयन गर्ने गरि संविधान संशोधन गरिनु उपयुक्त हुने उहाँको भनाइ छ ।
संविधान संशोधन, पार्टीको महाधिवेशन र सहकारी ठगीका विषयमा आफ्नो धारणा राख्नु भएको शर्माले पार्टी महाधिवेशन आगामी वर्षको मंसिर पुसमा हुने बताउनुभयो । 'पार्टी महाधिवेशनको वर्षमा प्रवेश गर्न लागेको छ, चैत मसान्तसम्ममा क्रियाशील सदस्यता नवीकरण भइसक्छ' उहाँले भन्नुभयो,'निर्धारित समयमा नै महाधिवेशन हुन्छ, त्यो हुन नसके ०८३ को साउन, भदौसम्ममा हुन्छ ।' ०८२ को मंसिर पुसमा पार्टीको महाधिवेशन गर्न नसके र नभए आत्माआलोचित हुँदै त्यसको जिम्मेवारी लिन आफू तयार हुने महामन्त्री शर्माको भनाइ छ ।
उहाँले प्रतिशोध राखेर रवि लामिछानेलाई पक्राउ नगरिएको दोहोर्याउनु भएको उहाँ भन्नुभयो,'सरकार एउटा व्यक्तिको पछि लागेको होइन, कानुन अनुसार काम हुने र गर्ने हो, कानुनलाई काम गर्न दिनुपर्छ ।' उहाँले पूर्वगृहमन्त्रीहरु कानुनी दायरामा आएको स्पष्ट पार्दै भन्नुभयो, 'बालकृष्ण खाँड, टोपबहादुर रायमाझीसँग कसको र के प्रतिशोध थियो र ?'
महामन्त्री शर्माले ०८४ को चुनावमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने बताउनुभयो । 'कांग्रेसकै रुख चिन्हमा भोट हाल्ने ग्यारेन्टी गरिन्छ, कांग्रेस एक्लै चुनावमा प्रतिस्पर्धा गर्छ' उहाँले भन्नुभयो, 'ढुक्क हुनुहोस्, कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैन ।' उहाँले पार्टीको थप जिम्मेवारी र चुनावको देशव्यापी संयोजन गर्नु पर्न अवस्था आए आफूले झापा १ बाट चुनावमा नउठ्ने संकेत समेत गर्नुभयो । उहाँले उम्मेदवार बन्ने तयारीमा जुट्न क्षेत्रका नेतालाई अनुरोध समेत गर्नुभयो । उहाँले भन्नुभयो,'परिस्थितिले म चुनाव लडिने बने पनि प्रष्ट छ, अहिले अनाधिकृत भेला गर्दै हिड्ने, गुटबन्दी गर्ने साथी उम्मेदवार बन्नु सक्नु हुन्न।'
आफ्नो निर्वाचन क्षेत्र झापा १ मा सुरु भएका विकास निर्माणका कामको फिहरिस्त प्रस्तुत गर्नु भएको उहाँ सांसद हरायो भनेर हल्ला नगर्न र त्यस्तो लागेमा प्रहरीमा उजुरी दिनुस् भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले आफू महिनामा दुईपटक निर्वाचन क्षेत्रमा आउने गरेको स्पष्ट पार्नुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच