काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस-एमाले गठबन्धनको सरकारले मुलुकलाई अफ्ठ्यारो स्थिति धकेलिरहेको टिप्पणी गर्नुभएको छ ।
आईतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुशासन, स्थायित्व र सेवा प्रवाहमा सहजता प्रदान गर्ने कुरामा वर्तमान सरकारले दाबी गरेअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको हो । उहाँले सरकारले रास्वपालाई प्रतिपक्षमा बस्नकै लागि पठाएको बताउनु भयो । उहाँले वर्तमान सरकारले एक ठाउँमा आउनुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको श्रृंखला बढ्दै जाने टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको स्थिति अप्ठ्यारो छ, आशा लाग्दो छैन । संसदका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर सरकार बनाउनुभएको छ । त्यो सरकारले सञ्चार गर्नुपर्ने कुराहरु जति आशा लाग्दा हुनुपर्ने त्यस्तो भइरहेको छैन । उहाँहरु के मा अलमलिनुभएको छ । के मिलिरहेको छैन । त्यसो नहुनुपथ्र्यो । हामीलाई प्रतिपक्षमै बस्न भनेर जनताले जनमत दिएका हुन् । सुशासन कायम गर्न र सरकारको स्थायित्व कायम गर्न, जनतालाई सेवन सुविधा प्रवाह गर्न जसरि काँग्रेस र एमाले एक ठाउँमा आउनुप¥यो भन्ने दाबी थियो । तद्अनुरुप गैदिएको भए हुन्थ्यो । तर त्यस्तो भएन । यो व्यवस्थाको लागि पनि यो राम्रो हो जस्तो मलाई लाग्दैन । कुराहरु राम्रा छैनन् आशा लाग्दा छैनन् । यस्तै रह्यो भने राजनीतिक वितृष्णाको श्रृंखला त्यो बढ्दै जाने खतरा देख्छु म ।
दुई दल बनेको सरकारले आशा र भरोसा लाग्दा कुरा भएका छैनन् । के कुरामा अल्झिनुभयो । सुशासन कायम गर्नको लागि एक ठाउँमा आएको भन्ने उहाँको सम्झौताअनुसार जानुपथ्र्यो । कुराहरु आशा राख्दा छैन । यस्तै हो भने आउँदा दिनहरुमा राजनीतिप्रति जनताको वितृष्णा बढ्ने खतरा बढ्दै जान्छ । रास्वपाको राजनीति तल्लो तहसम्म्म गएको छ ।’
उहाँले पार्टी सभापति रवि लामिछानेको मुद्दामा न्यायालयमाथि विश्वास रहेको बताउनु भयो । उहाँले संविधानवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको बताउँदै न्यायालयले निक्ष्पक्ष फैसला हुनेमा पूर्णरुपमा पार्टी विश्वस्थ रहेको बताउनु भयो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पूर्वगृहमन्त्री समेत रहनुभएका लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस भइरहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा