काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गर्नुभएको हो।
प्रतिवेदनमा पछिल्लो समसामयिक राजनीति, सरकार गठन भएपछिको ६ महिने समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र लगायतका विषयमा उल्लेख गरिएको छ ।
अध्यक्ष ओलीले नेपाली कांग्रेससँग थालिएको नयाँ राजनीतिक कोर्सको समीक्षा गर्नुभएको छ ।
एमाले र अहिलेको सरकारको साझा निष्कर्ष भ्रष्टाचारका विषयलाई राजनीतिकरण गर्न हुँदैन भन्ने रहेको ओलीले पेस गरेको प्रतिवेदनमा उल्लेख छ।
एमालेको राजनीतिक प्रतिवेदनमा प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको भन्दै अभियानका नाममा आफ्नालाई चोख्याउन केन्द्रित रहेको उल्लेख छ ।
अध्यक्ष ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका बताउनुभएको छ ।
एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुठा प्रचारमा लागेका टिप्पणी गर्नुभयो । एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरु लागेका बताउँदै अध्यक्ष ओलीले एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न पार्टीका सबैलाई आग्रह गर्नुभयो ।
यस्तो छ प्रतिवेदन:

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा