
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
धुम्बाराहीमा आइतबार दिउँसो सुरू केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) पनि सहभागी हुनुहुन्छ ।
पुन यसअघि पनि पार्टी बैठकमा सहभागी हुनुभएको थियो । पुनः राजनीतिमा फर्कन लागेका पुनलाई माओवादी केन्द्रीय कमिटीबाट उपाध्यक्ष मनोनीत गर्ने तयारी छ। उपाध्यक्ष बन्नुअघि नै पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षहरू सरह ठाउँ दिइएको छ।
केन्द्रीय समिति बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै लहरमा हुनुहुन्छ।
पुनलाई माओवादीमा भूमिका दिने पक्षमा अध्यक्ष 'प्रचण्ड' र पदाधिकारीबीच सहमति भइसकेको छ ।
बैठकमा बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठिनक प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ ।
पार्टी रुपान्तरण, पुनर्निर्माण लगायतका शिर्षकमा छलफल हुनेछ । बैठकमा अध्यक्ष दाहालले आफ्ना समसामयिक राजनीतिक विषयहरु राखेपछि प्रदेश प्रमुखहरुले प्रदेशको बिफ्रिङ गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच