बारा । कलैयाका किराना व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको किराना व्यापार संघ कलैयाका पूर्व अध्यक्ष विष्णु उपाध्यायले बताउनुभयो ।
किराना व्यापार संघ कलैयाको स्थापना दिवस तथा ९औं वार्षिक साधारण सभाको अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले सरकारको गलत नीतिको कारण किराना व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताउनुभयो ।
रौतहट जिल्लाको बागमति किनारमा अवस्थित नुनथरमा आयोजना गरिएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष उपाध्यायले भारतको विहार राज्यसँगै सिमाना जोडिएको यस क्षेत्रको व्यापारीहरुको अवस्था दयनीय बन्दै गएको बताउनुभयो ।
'भारतको विहार राज्यको आदापुर बजार कलैयाबाट लगभग १२ किलो दक्षिणमा रहेको छ । यहाँका अधिकांश उपभोक्ताहरु किनमेल गर्न आदापुर नै जाने गरेका छन् । खुल्ला सिमाना र नेपाल भन्दा सस्तो समान पाउने भएको कारण आदापुर बजारमा दैनिक भिडभाड हुन्छ तर हामी कहाँ किनमेल गर्न कोही आउँदैनन् । हुन पनि हो उपभोक्तालाई सस्तो र राम्रो समान चाहिन्छ', उहाँले भन्नुभयो, ‘कम दर रेटमा उनीहरुले कलैयामा पाउने समान भन्दा आदापुर बजारमा पाउने गरेका छन् ।' जसको कारण कलैया बजारमा किनमेल नगरी भारत विहार राज्यको आदापुर जाने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयाे, 'कलैया बजारमा चिनी प्रतिकिलो ८० रुपैयाँ पर्छ तर त्यहाँ ६५ रुपैयाँ पर्छ, यसै गरि हामीले बेच्ने दैनिक उपभोग्यको समानमा भारत विहारको दररेट भन्दा प्रति किलो २० देखि ३० रुपैयाँ सम्म फरक पर्ने गर्दछ जसको कारण सदरमुकाम आउने अधिकाँश उपभोक्ताहरु कलैयामा समान खरीद नगरी भारत विहार राज्यको आदापुर छौडादानो, घोडासहनलगायतका छिमेकी बजारहरुमा जाने गरेका छन् ।'
पहिला भन्सार संचालन नहुँदा समस्या रहेको थियो भने अहिले भन्सार संचालनमा आएर झनै समस्या थपिएको उहाँले बताउनुभयो । भन्सार संचानमा रहेको तर भंन्सारबाट उपभोक्ता भन्दा पनि व्यापारी र तस्करहरुले लाखौको समान भन्सार नै नगराई ल्याउने गरेको कारण समस्या हुने गरेकोले मुल्यमा समेत एकरुपकता नहुँदा यहाँका अधिकांश उपभोक्ताहरु भारततर्फ समान खरीद गर्न जाने गरेको उहाँले जानकारी दिनुभयो ।
वार्षिक साधारण सभालाई सम्बोधन गर्दै किराना व्यापार संघ कलैयाका अध्यक्ष सुनिल कुमार साहले खाद्यान्न माथि लगाइएको कर खारेजी गर्न सरकारसँग माग गर्नुभयो ।
सरकारले खाद्यान्न सामग्री माथि लगाएको करको कारण भारत भन्दा नेपालमा सामानहरुको मूल्य बढने गरेको र उपभोक्ताहरु नेपाल भन्दा भारतीय बजार तिर बढी आकर्षित हुने गरेको उहाँले बताउनुभयो । सरकारले कर नघटाए हामी किराना ब्यापारीहरु पलायन हुनु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
प्रभु कुशवाहाको प्रमुख आतिथ्यता तथा किराना व्यापार संघ कलैयाका अध्यक्ष सुनिल कुमार साह, बरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर यादव, उपाध्यक्ष दिपलाल साह, संजय पटेल, संजय कुशवाहा, श्याम साह कानुलगायतका किराना व्यापारीहरुको उपस्थिति रहेको थियो ।
वार्षिक साधारण सभाको संचालन चन्द साहले गरेका थिए भने स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर यादवले राखेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच