
२०. वाल्मीकि विद्यापीठको पहिलो स्ववियु सभापति :
बहुदल पक्षका पर्चा र पम्प्लेटहरू गाउँहरूमा पुर्याउन र सम्पर्कमा कुद्दा दौडधूपकै कारण म बिमार भएँ । एकदिन अस्पताल बस्न पुगेँ । टायफायड भएछ, औषधि लिएर घर फर्किएँ । जाँदा डोकामा धनेपुको उकालो र टेकनपुरको ओरालो झर्दा पनि कष्ट अनुभव भएको थियो । कोही लाठेले मलाई डोकामा बोकेका थिए भने सीताराम दाजु साथमा हुनुहुन्थ्यो तर अर्को दिन फर्कँदा टेकनपुरको उकालो र धनेपुको ओरालो सजिलै पार गरेजस्तो लाग्यो । फर्किँदा कान्छी बहिनी रामसीता साथमा थिइन् । कमजोरी त थियो नै । कात्तिकको अन्तिममा काठमाडौंबाट साथीहरूले आवा पठाएछन् : तुरुन्त काठमाडौं जसरी पनि आउनू । स्ववियुको चुनाव हुँदैछ । वाल्मीकि क्याम्पस स्ववियु सभापति पदमा तिम्रो नाममा सहमति भएको छ । तिमी नहुँदा विवाद हुने सम्भावना छ ।
आवा पाएको लगत्तै म रुम्जाटारबाट हवाईजहाज (प्लाटस्पोटर) चढेर काठमाडौं आएँ । त्यस बेला पाँच÷छजना अट्ने प्लाटसपोटर जहाज चल्थ्यो रुम्जाटारमा । टिकट पाउन कठिन तर बिकुलाल दाजु र अर्को एकजना डिबी गुरुङ दाजुले हामीलाई सहयोग गर्थे । म पत्रकारसमेत भएको हुनाले तत्कालीन प्रमुख जिल्ला अधिकारीले सरकारी टिकट मिलाइदिनुभएको थियो । मलाई पूर्ण सञ्चो भएको थिएन । टायफाइडले गाँजेको थियो ।
अखिलका धेरै साथीहरूले पनि सभापतिमा मलाई र अरूमा आफ्नै पक्षलाई मत दिएछन् । मत गणनामा बस्नुभएका प्रा.विदुरप्रसाद पौडेल र अरू कर्मचारीहरूले मलाई जानकारी दिनुभएको थियो । मेरो मत हाम्रा उम्मेदवारमध्ये निकै बढी आएकाले पनि अखिलका साथीहरूको समर्थन देखिन्छ ।
काठमाडौं आउनासाथ आत्माराम घिमिरे, इन्द्रमणि अधिकारी, हरि अधिकारी (धादिङ) श्याम न्यौपाने, विश्वनाथ गौतम, गोविन्द मजगैयाँ, नन्दप्रसाद रिजालहरूसँग बैठक भयो । स्मृतिमा आएसम्म वासु घिमिरे, हरि पराजुली, (सानो), कुलप्रसाद कोइराला, गंगामणि मजगैयाँ, भक्ति पौडेल, तेजप्रकाश पण्डित, श्रीआचार्यहरू पनि थिए । शंकर अधिकारी, कृष्णप्रसाद भट्टराई, सुदर्शन आचार्य, मुकुन्दराज दाहाल, होमप्रसाद भट्टराई, कृष्ण ज्ञवाली, राजेन्द्र दाहाल, शम्भु कोइराला, पुष्कर रिजाल, चन्द्रकान्त पन्थी, रामप्रसाद अधिकारी, शुकदेव न्यौपाने, नेत्र न्यौपाने, सागरमणि पराजुली, गणेश नेपाल, नन्दप्रसाद रिजाल, विष्णुहरि पौडेल, कृष्ण पौडेल, दामोदर तिमल्सिना, धर्मराज तिमल्सिना, नन्दकृष्ण जोशी, कृष्णसुधा ढुंगाना, माधव पाण्डेसहित धेरै साथीहरू बैठकमा थिए । व्रतराज आचार्य, लीलानाथ पौडेल, मोहन तिमल्सिना, यज्ञनिधि दाहाल, गोपाल अधिकारी, तोयराज नेपाल, वासुदेव आचार्य, भुवनहरि कोइराला, लेखनाथ तिमल्सिना, बद्रीविशाल भट्टराई, रमेश भट्टराई (भोजपुर) जस्ता अग्रजहरूको समेत सुझाव रहृयो ।
मंसिर १२ गते निर्वाचन तय थियो । २०३६ को जेठबाट नै स्ववियु निर्वाचन भइरहेका थिए तर वाल्मीकिमा भने अलि ढिलो भयो । उम्मेदवारको सूची निर्विरोध तय भयो । जसअनुसार : पुरुषोत्तम दाहाल सभापति, शम्भु कोइराला उपसभापति, कृष्णसुधा ढुंगाना सचिव, कृष्ण ज्ञवाली सहसचिव, गुणराज दाहाल कोषाध्यक्ष, सदस्यहरूमा : गंगामणि मजगैया, चन्द्रकान्त पन्थी, रामप्रसाद अधिकारी, दामोदर बास्तोला, रामेश्वर काफ्ले, पुष्करप्रसाद रिजाल अत्यधिक मतसहित विजयी भयौं । नेविसंघविरुद्ध अखिलको नेतृत्वमा साम्यवादी विद्यार्थी समूहको संयुक्त मोर्चा थियो । त्यसका अध्यक्षका उम्मेदवार देवीप्रसाद गौतम हुनुहुन्थ्यो । उहाँले अनेरास्ववियुका अरू उम्मेदवारको तुलनामा करिब तीस मत कम पाउनु भएछ ।
अखिलका धेरै साथीहरूले पनि सभापतिमा मलाई र अरूमा आफ्नै पक्षलाई मत दिएछन् । मत गणनामा बस्नुभएका प्रा.विदुरप्रसाद पौडेल र अरू कर्मचारीहरूले मलाई जानकारी दिनुभएको थियो । मेरो मत हाम्रा उम्मेदवारमध्ये निकै बढी आएकाले पनि अखिलका साथीहरूको समर्थन देखिन्छ । अखिलमा काम गरे पनि हरि सुवेदी (स्याङ्जा) सुदर्शन सुवेदी (लमजुङ) पशुपति तिमल्सिना (कास्की) चतुर्भुज आत्रेय, माधवराज पन्थी, गोविन्द सुवेदीहरूसँग असाध्य मैत्री थियो । पुष्पलाल समूहमा रहेर सबैभन्दा बढी प्रहरी यातना सहनेमा चतुर्भुज आत्रेय थिए ।
उनी हाम्रो जिल्लाका पुष्पलालवादी नेता लोककृष्ण भट्टराईसँगै प्रहरी हिरासत र जेलमा बसेका थिए र दुवैजनाले चरम यातना खेपेका थिए । मलाई निरन्तर माया गर्थे ती साथीहरू । हरि त कक्षा सातदेखिकै साथी । उनका डेरामा ओमबहालमा गएर बिहानको भात भुटेर हामी मज्जासँग खाने गथ्र्यौं । अरू पनि थिए मसँग निकट । सुदर्शनका डेरामा भने फुट्टीकट चल्थ्यो । एक दिन कोमलनाथ सुवेदीको खुब हप्काइ पायौं हामीले । विचरा सुदर्शन त अक्क न बक्क भएका थिए । यहाँसम्मको मित्रता थियो हाम्रो ।
देशभरिका करिब ५४ वटा कलेजहरूमा स्ववियु निर्वाचन हुँदा आठवटामा मात्रै नेपाल विद्यार्थी संघ विजयी भएको रहेछ । राजधानीमा वाल्मीकि, कीर्तिपुर बहुमुखी क्याम्पस अर्थात् केन्द्रीय क्याम्पस र पद्मकन्या क्याम्पसमा मात्रै नेविसंघको सम्पूर्ण टिम विजयी भएको थियो । शंकरदेवमा पाँचस्थान मात्रैमा नेविसंघ थियो । कीर्तिपुरमा यज्ञप्रसाद अधिकारीको सभापतित्वमा, पद्मकन्या क्याम्पसमा मीना पाण्डेको सभापतित्व र शंकरदेवमा सुधीर अर्यालको सभापतित्वमा युनियन बन्यो । मीनाजी मन्त्री हुनुभयो र दिवंगत हुनुभयो । यज्ञजी पीएचडी गरी प्राध्यापकबाट निवृत्त हुनुभयो । सुधीर दूरसञ्चार संस्थानको अधिकृत भए । शंकरदेव क्याम्पसमा उपसभापति थिए झापाका हरि प्रसाई । असाध्य खुला र सक्रिय तर पछिल्ला दिनमा उनी राजनीतिको दृश्यमा आएनन् ।
कम्युनिष्ट समर्थकहरूको अधिक वर्चस्वका कारण हामीमाथि आक्रमण निरन्तर हुने गर्दथ्यो । शंकरदेवमा अखिलको आक्रमणमा परी गोबद्र्धन गुरुङ गम्भीर घाइते भए भने चुनावको परिणाम आउँदै गर्दा वाल्मीकि विद्यापीठमा मण्डले र अखिलको जमातले आक्रमण गर्दा पुष्पनिधि दाहाल, भरत अधिकारी, चूडामणि अर्याल र ध्रुव अधिकारी सख्त घाइते भएका थिए । तर, कीर्तिपुरबाट बलबहादुर केसी, तिलक कुँवर, अर्जुन जोशी, मोती कुँवर, हरिश्चन्द्र पिया, नवराज गुरुङ, वसन्तकाजी बुढाथोकी, लोकबहादुर गुरुङ, गंगा लम्साल, विष्णुहरि कोइराला (चितवन गीतानगरका ठूलो विष्णु), कवि अधिकारी, देवीदास कोइराला, जनमेजय ढकाल, ब्रहृमदत्त वाग्ले, चिन्तामणि वाग्लेहरू सहित पब्लिक युथबाट बल्लभ प्रधान, नीलकाजी शाक्य, ल क्याम्पसबाट गोपाल पराजुली, रामचन्द्र खड्का, दयानाथ खरेल र पाटनबाट कृष्ण केसी (तनहूँ), नरदेवीबाट ऋषि कोइराला, चन्द्रराज साप्कोटा र अन्य क्याम्पसबाट समेत साथीहरूको बलियो उपस्थिति भएपछि आक्रमण गर्नेहरू भागे । राति दश बजे परिणाम आएको हुनाले नारा जुलुस गर्दै छात्रावाससम्म सबै साथीहरू जानुभयो । यसअघि कीर्तिपुरको विजय जुलुस काठमाडौंको कालिकास्थान पुगेपछि गणेशमान सिंह र मंगलादेवी सिंहले स्वागत गर्नुभएको दृश्य मेरो सम्झनामा छ ।
२१. स्ववियु सभापतिको अनुभव :
केही प्रिय र केही अप्रिय अनुभवहरू छन् । २०२८ सालमा वाल्मीकि विद्यापीठको सभापतिमा ढुण्डीराज दाहाल (मेरो बडाबाका दश भाइमध्ये खन्तरे छोरा) छात्र कार्य समितिको सभापति थिए । उनीपछि निर्वाचन भएको थिएन । सरकारले रोक लगाएको थियो । २०३५/०३६ को आन्दोलनले स्ववियुको अधिकार मिल्यो । यसर्थ स्ववियुको प्रथम सभापतिको हैसियतमा वाल्मीकिमा मेरै नाम आउने गरेको छ । दुई वर्षसम्म धेरै कामहरू भए पनि स्मृतिमा रहेका केही सन्दर्भमात्रै उल्लेख गर्न चाहन्छु ।
(क) जोशीको देउडा :
नन्दकृष्ण जोशी अहिले राष्ट्रिय कलाकारमात्रै होइन नेपालको स्वतन्त्रता आन्दोलनको परिचित अभियन्ता हुनपुगेका छन् । सुदूरपश्चिमबाट आएका थिए । २०३४ मा उनी वाल्मीकिमा प्रमाणपत्र तह पहिलो सत्रमा भर्ना हुन आउँदा म तेस्रो सत्रमा थिएँ । सिँढीको माथिल्लो खुड्किलामा उभिएर नै हाम्रो परिचय भयो । उनले वाल्मीकिमा भर्ना हुन चाहेको भनेपछि एक विषय संस्कृत अध्ययन गरेको तर्क गरी तोयनाथ गुरुसँग आग्रह गर्न म आफैँ पुगेको थिएँ । तोयनाथ गुरु असाध्य समझदार हुनुहन्थ्यो तत्काल भर्ना गरिदिनु भएको थियो । जोशी देउडाको कुरा गर्थे । मलाई मादल किनिदिए म सुदूरपश्चिमको संस्कृतिको स्वाद पूर्वतिरका मानिसलाई पनि चखाउँछु भन्थे । एक दिन कुनै कार्यक्रममा उनले देउडा गाए तर कसैले पनि बुझेनन् ।
उनलाई खिसी गर्ने शैलीमा साथीहरू जिस्क्याउन लागे । मलाई लाग्यो यो मानिसमा लगन, जाँगर र आत्मविश्वास छ । अनि मादल किनिदिएँ विद्यार्थी युनियनबाट । आज नन्दकृष्णको उचाइको फेदमा यो सानो स्मरणमात्रै हो तर उनी योग्य र समर्थ छन् । यतिखेर जोशीलाई एक प्रकारले राष्ट्रव्यापी बनाउने देउडा सम्राटभन्दा पनि हुन्छ । जोशी नेपालको लोकतान्त्रिक आन्दोलनको निष्ठाको अर्को नाम पनि हो । मेरो कार्य समितिका अर्का प्रख्यात कलाकार छन् कृष्णसुधा ढुंगाना । उनी सही अर्थमा आज पनि कलाकार नै छन् ।
(ख) प्रमुख अतिथिको समाधान :
अन्तर क्याम्पस कविता प्रतियोगिता गर्ने निर्णय भयो । पुरस्कार दिनुपर्ने थियो । विद्यापीठसँग रकम माग ग¥यौं । स्ववियुमा रकम थिएन । खास गरी हामीले सल्लाह गरेर आवश्यक रकम माग गर्ने तर खर्च आदि गर्ने, हिसाब राख्ने काम क्याम्पसको लेखा शाखाबाट नै गराउने तय भएको थियो । यसो गर्दा खर्च, हिसाबकिताबको झञ्झट हुने थिएन । साथीहरूले जथाभावी खर्चको आग्रह गर्न पनि सक्ने भएनन् । आम्दानी र खर्च सबै लेखाले हेर्ने हुनाले कार्यक्रमपिच्छे योजना र लागत दिनुपथ्र्यो ।
बीपीले सबैलाई राखेर भन्नुभयो : प्राजातान्त्रिक आन्दोलनको केन्द्र, शहीदभूमि, निधिजीको र यस क्षेत्रका साथीहरूको योगदान, मधेसका साथीहरूको प्रजातन्त्रका लागि गरेको संघर्ष र स्वयं विमलेन्द्र निधिको एक दशकभन्दा बढीको संघर्षका कारण यस पटक विमलेन्द्र निधि नै अध्यक्ष हुनेछन् ।
निर्धारित दिनमा कार्यक्रमका लागि शिक्षामन्त्रीलाई आग्रह गर्यौं तर सहायकमन्त्री ओमकार गौचन आउनुभयो । कविता प्रतियोगिता भएको हुनाले हामीले नाट्यसम्राट बालकृष्ण समलाई प्रमुख अतिथि भनेका थियौं । मन्त्री आउने विश्वास पनि थिएन । राष्ट्रिय नाचघरमा कार्यक्रम थियो । समजी र गौचनजी दुवैजना आइपुग्नुभयो । प्रमाणपत्रमा प्रमुख अतिथि भनेर समजीको नाम थियो । के गर्ने नगर्ने समस्या भयो । अनि कृष्ण ज्ञवालीले उपाय निकाले । प्रमुख अतिथि १ र २ राखे कसो होला ? हामीले दुवैजनाको नाम राख्यौं र हस्ताक्षर गरायौं । गंगा ढकाल, प्रभा आचार्यहरूले सायद पुरस्कार पाएजस्तो लाग्छ । अरूको भए सम्झना छैन ।
(ग) नेपाल विद्यार्थी संघको तेस्रो महाधिवेशन :
२०२७ सालमा कृष्णप्रसाद भट्टराईले उद्घाटन गरी आरम्भ गरेको नेपाल विद्यार्थी संघको केही वर्षयता महाधिवेशन भएको थिएन । स्ववियुको अधिकार पाएपछि विद्यार्थी संगठनहरूले पनि आफ्नो संगठन विस्तार गर्ने, महाधिवेशन, सम्मेलन गर्ने प्रक्रिया सुरु भयो । जनकपुरमा नेविसंघको अधिवेशन हुने भएपछि, स्ववियु सभापतिका रूपमा म र नेविसंघ वाल्मीकि विद्यापीठका पदाधिकारी साथीहरू शिवप्रसाद भट्टराई, हरि अधिकारी (धादिङ) इन्द्रमणि अधिकारी, श्याम न्यौपाने, विश्वनाथ गौतमसमेत सहभागी हुने भयौं । २०३६ फागुन २९ गते जनकपुरको गंगासागर धर्मशाला परिसरमा अधिवेशनको उद्घाटन बीपी कोइरालाले गर्नुभयो । गणेशमानजी, किशुनजी, महेन्द्रनारायण निधिजी, महेश्वर सिंह, भीष्मजंग केसी, रामहरि जोशीसहित देशभरिका नेताहरूको उपस्थिति थियो ।
राजधानीबाट सहभागीहरूको ठूलो पंक्ति बेनुपराज प्रसाईसँग बढी परिचित थियो । पत्रकारितामा काम गर्ने भएको हुनाले मलाई विमलेन्द्र निधिजीबारे जानकारी थियो । उहाँका विषयमा राष्ट्रपुकारदेखि अरू पत्रपत्रिकामा समाचारहरू आइरहेका हुन्थे तर मत प्रयोग गरिएको भए राजधानीबाट सहभागीहरू, सायद धेरैले बेनुपलाई दिने थिए । बीपीले सबैलाई राखेर भन्नुभयो : प्राजातान्त्रिक आन्दोलनको केन्द्र, शहीदभूमि, निधिजीको र यस क्षेत्रका साथीहरूको योगदान, मधेसका साथीहरूको प्रजातन्त्रका लागि गरेको संघर्ष र स्वयं विमलेन्द्र निधिको एक दशकभन्दा बढीको संघर्षका कारण यसपटक विमलेन्द्र निधि नै अध्यक्ष हुनेछन् ।
बीपीको तर्कमा हामी सबै सहमत भयौं । महामन्त्रीमा दिलबहादुर घर्ती निर्वाचित हुनुभयो । अरू पदहरूमा कुनै निर्वाचन त कुनै निर्विरोध भए पनि सबै साथीहरू प्रसन्न थिए । पूर्वाञ्चलको उपाध्यक्षमा हामीले सुनिल दाहाललाई समर्थन गरेका थियौं । उनी २०१५ का सांसद लीलानाथ दाहालका छोरामात्रै होइन अत्यन्त संघर्षशील र योगदान भएका विद्यार्थी नेता थिए तर विराटनगरका मीनेन्द्र रिजाल विजयी भए । सायद बीपीको पनि समर्थन थियो होला । विराटनगरबाट आउनुभएका हरि न्यौपाने, सागर आचार्यहरू भने बहिष्कार भन्दै बाहिर चउरमा बस्नुभएको थियो ।
अधिवेशनमा : राधेश्याम जोञ्छे, गोपाल पराजुली (पछि सर्वोच्च अदालतको प्रधानन्यायधीशबाट निवृत्त) निर्मल देवकोटा, माधवराज गौतमलाई उपाध्यक्षमा र सदस्यहरूमा प्रचण्ड प्रधान, रामचन्द्र खड्का, सुरेश मल्ल, अनार बस्नेत, कविता श्रेष्ठ, नारायण कोइराला, दीपक गिरि, पूर्णबहादुर खड्का, गणेश पन्त आदि निर्वाचित भएका थिए । सूर्यप्रसाद उपाध्यायसँग निकट मानिने काशीनाथ गौतम, बखानसिंह गुरुङ, अच्यूतराज रेग्मी, श्रीकान्त अधिकारीहरूले चैतमा नेविसंघ २०२७ का नाममा सम्मेलन गरेर कुलबहादुर खत्रीको अध्यक्षतामा गठित त्यस समितिको सदस्यमा गौतमकी छोरी पुष्पा गौतम (पछि भुसाल) र कनकमान शाक्यकी छोरी कुसुम शाक्यहरू पनि थिए तर यो २०२७ नामक संघको निरन्तरता रहेन । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच