
काठमाडौं । वातावरणीय अभियानहरूमा क्रियाशील नेपालकै अग्रणी गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेसन(एमडिएफ) र रोजगारी पोर्टल तथा मानव संसाधन परामर्शदाता कुमारी जब प्रालिबीच काठमाडौं ट्र्यास कलेक्सन रेस (केटिसिआर) २०२५ का लागि मुख्य प्रायोजकका रूपमा सहकार्य हुने भएको छ ।
पुस २७ गते आयोजना हुने काठमाडौं ट्र्यास कलेक्सन रेस २०२५ केवल दौडमात्र नभएर परिवर्तनका लागि एक अभियान हो । तीनकुनेबाट सुरु हुने कार्यक्रममा सहभागीहरूले जोडी बनाएर प्रतिस्पर्धा गर्नेछन् र पाँच किलोमिटरसम्म फोहोर संकलन गर्नेछन् । अभियानले स्वास्थ्य, समूहगत कार्यको भावना र वातावरणीय जिम्मेवारी एकसाथ जोड्दै हरियालीको महत्व र जलवायु परिवर्तनविरुद्ध सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
कुमारी जब प्रालिका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भन्नुभयो, ‘हामी केवल रोजगारीका अवसरहरूमात्र सिर्जना गर्ने नभई एक असल संसार निर्माण गर्ने अवसर पनि सिर्जना गर्नुपर्छ भन्ने मान्यता राख्छौँ । यसै मान्यताअनुरूप हामीले यस काठमाडौं ट्र्यास कलेक्सन रेसका लागि मैनादेवी फाउण्डेसनसँग सहकार्य गरेका छौँ । हाम्रो यस सहकार्यले नागरिक सचेतना बढाउँदै भावी पुस्ताका लागि सुरक्षित वातावरण तयार गर्नेछ भन्ने हामीलाई विश्वास छ ।’ मैनादेवी फाउण्डेसनका अध्यक्ष केपी खनालले भन्नुभयो, ‘काठमाडौं ट्र्यास कलेक्सन रेस नेपालमा आशा र वास्तविक कामको प्रतीकका रूपमा विकसित हुँदै गएको छ ।
कुमारी जबसँगको यस सहकार्यले सफा, हराभरा र दिगो समुदाय निर्माणको हाम्रो प्रयासलाई थप बलियो बनाएको छ । हाम्रो यस सहकार्यमार्फत् मानिसहरूलाई सकारात्मक परिवर्तन गर्न प्रेरित गर्दैछौँ ।’ यस वर्षको ट्र्यास कलेक्सन रेसमा तीन सयभन्दा बढी स्वयंसेवक परिचालन हुने भएका छन् भने तीन हजारभन्दा बढी नागरिक सहभागी हुने अपेक्षा गरिएको छ । अभियानमा सहभागीहरूले दौडँदै फोहोर संकलन गर्ने गरेका छन् । यसरी संकलित फोहोर काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर व्यवस्थापन गर्ने गरिएको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच