
हिजो जे थियो त्यो समयमा मात्र थियो तर आज समयसँग परिवर्तन छ । परिवर्तन पनि ऊर्जावान र क्षमताशील हुँदै आएको छ । हिजो हाम्रा पुर्खाहरूले जगाउने वस्त्रमा के थियो होला ? त्यो आज उखानमा इतिहास बनेको छ । इतिहास यसकारण बन्छ सबै भएको तर केही नभएपछि । आज ठीक त्यही भएको छ हाम्रा लागि नेपाली पोशाक । विगत के थियो कुन् शताब्दीमा त्यो इतिहासकारकै व्याख्या र विश्लेषण होला म इतिहास नजिक पुग्न सकिन तर पक्कै नै छ होला इतिहासमा । अध्यनको इतिहासमा भाषा, संस्कृति रीतिरिवाज, लवाज, चालचलन, बोलिचालीको भाष आदि हाम्रा पुर्खाको मैलिक शैलीको देन हो । यसमा कसैको द्विमत नरहला/नहोला ।
मैले सबै समाज, इतिहास र भुगोल बुझेको छैन तर आजभन्दा चालीस वर्ष अगाडि पूर्वी पहाडी गाउँमा जन्म हुँदाको पाँच वर्ष उमेरदेखिको केही स्मरण र अनुभवमा गाउँका त्यति खेरका ज्येष्ठ नागरिकहरूले लगाएको कपडाको स्मरण छ । सायद गाउँ-गाउँनै भएर हो कि ? दूधकोशी किनारमा हाम्रो खेत थियो/आज पनि छ । त्यहाँ खेतका गरा सानासाना भएर होला बुबाले खेत बिराउने (अहिलेको भाषमा मर्च गर्ने) भन्दै काम गर्न केही मानिस लगाई बिराउन लगाउनुभयो । यहाँ स्मरण के छ भने मंसिर, पुस महिनामा गाईबस्तु लगेर खेतमा मल गर्नैपर्ने भएको हुँदा सपरिवार प्रायः बेँसीमै बसाइ हुन्थ्यो । म केटाकेटीमा पनि सानो बालक खेतका गरा-गरा कुद्न रमाइलो हुन्थ्यो ।
राष्ट्रिय पोशाक भनेको देशको शान हो भने नेपालप्रतिको सम्मानको प्रतीक हो । राष्ट्रिय पोशाक दिवस भनेर अभियान भनेर जसबाट चलाइएको छ यसमा राज्यले ग्रहण गर्नुपर्दछ । नेपाल र नेपालीको औपचारिक पोशाक सरकारले घोषणा गरी सिंगो देशको पहिचानलाई काय राख्नु पर्दछ ।
काम गर्नेहरूले खेत बिराउन थालेपछि त्यहाँ उनीहरूले लगाएको वस्त्र देख्दा मलाई लाज लाग्थ्यो, अन्त हेर्दै दगुड्थे । त्यहाँ लगाउने वस्त्र भनेको केटा मानिसले लगौटी, ठाडो भोटो र शिरमा प्रयः सेतो टोपीमात्रै हुन्यो । दिनभरको काम सकेर हिँड्ने बेलामा लगाउनेमा थप हुन्थ्यो हुनेको मात्र ज्वारिकोट नत्र उही वस्त्र । गाउँघरमा कोही कसैले दौरा र ज्वारिकोट, नहुनेको त्यतिबेला बोलिचालीको भाषामा रेडिको खास्टो ओडेर हिँड्ने चलन पनि थियो । ती बेलाका ती धारण गरेका वस्त्र किन राष्ट्रि पोशाक बनेन् ? दौर, सुरुवाल, टोपी के आज हामीले बनाउन खोजेको राष्ट्रिय पोशाक हो ? यदि हो भने यो नेपालीको जन्मजात नै इतिहासमा यही पोशाको वर्णन छ । आज एक दिन लाउनका लागि किन र कसका लागि ढर्रा पार्नु पर्यो, यो दुःखको विषय बनेको छ आज हाम्रो समाजमा । एक दिन लगाउन चै राष्ट्रिय दिवस मनाउनुपर्ने ? सधैं लगाइरहनेका लागि के सधैं राष्ट्रिय पोशाक दिवस हुने हो र ?
राष्ट्रिय पोशाको विषयमा राज्यको कहाँ केमा लगानी छ ? कुन कपडा कारखानामा राज्यको लगानी छ ? अनि राष्ट्रिय पोशाकको परिपालना जनताले गर्ने कि राज्यका सम्बन्धित नियामक निकायले गर्ने र परिपालना गर्न लगाउने भन्नेमा सरकार नै रनभुल्लमा छ । राज्य नै दातृ निकायबाट आयातको वस्त्र धारण गरेको भरमा चलेको छ भने र ती आयातीत कपडा पहिरनमा राष्ट्रिय पोशाक दिवस मनाउन सहाभागी हुन अलिकति पनि लज्जाबोध हुँदैन ? हाम्रो देशमा आजसम्म जति सरकार बनेका छन् सबै नग्न भएर पनि लाज नभएका छन् । न नीति-नियम न त कुनै परिकल्पना विना सोच विना विकल्पका सरकार बन्ने गरेका छन् । यदि त देशभक्त सरकार हुँदो हो भने अरू विषयका जेजस्ता सवाल भए पनि राष्ट्र, राष्ट्रियता र जनताको सर्वोपरी हितमा हुनुपर्ने होइन र ? तर सरकार मस्त मध्यरातको निन्द्रामा सुतिरहेको छ । सवाल राष्ट्रियताका विविध विषयमा ।
राष्ट्रिय पोशाक दिवस कसले मनाउने ?
राष्ट्रिय पोशाक भनेको देशको शान हो भने नेपालप्रतिको सम्मानको प्रतीक हो । राष्ट्रिय पोशाक दिवस भनेर अभियान भनेर जसबाट चलाइएको छ यसमा राज्यले ग्रहण गर्नुपर्दछ । नेपाल र नेपालीको औपचारिक पोशाक सरकारले घोषणा गरी सिंगो देशको पहिचानलाई काय राख्नु पर्दछ । राष्ट्रिय पोशाक आज पाश्चात्य संस्कृतिले बिर्साएको छ । नेपाली धर्म, संस्कृति, चाडपर्वलाई समेत नष्ट पार्ने पाश्चात्य आगमनले भोलि हाम्रो संस्कारमा कहाँ पुर्याउला समयले बताउला ? नेपालको राष्ट्रिय धरोहर, सम्पदा, चाडपर्वको इतिहास सकिए, विभिन्न जातिका पोशाक, रीतिरिवाज लोप हुँदै गए त्यसैगरी नेपालीहरूको विश्वमा पृथक र सर्वश्रेष्ठ रूपमा रहेको दौरा सुरुवाल, ढाका टोपी, गुन्यूचोली कतै कुनै दिन यो नेपाली इतिहासकै पानामा मात्रै त रहँदै ।
दौरा-सुरुवाल, कोट र टोपीले राष्ट्रको चन्द्र-सूर्य अंकित राष्ट्रिय झण्डाले जस्तै नेपालको पहिचान बनाएको छ । राष्ट्रिय पोशाक भनेको राष्ट्रिय औपचारिक समारोहमा लगाउनुपर्ने पोशाक हो । राष्ट्रप्रमुख तथा सरकार प्रमुखको औपचारिक वा राजकीय भ्रमणमा आफ्नो राष्ट्रको इज्जतको लागि राष्ट्रिय पोशाक अनिवार्य हुन्छ । राष्ट्रिय मौलिक भेषले नेपालीहरूको पहिचान खुल्छ ।
हरेक देशको आफ्नो पोशाक हुन्छ तर प्रायः देशहरू कोट, पाइन्ट, सर्ट र टाईलाई सर्वव्यापी बनाएका छन् । जसरी हरेक देशले पहिचानमा झण्डा देखाउछ त्यसैगरी आफ्नो पहिचानको लागि आफ्नो राष्ट्रिय पोशाकलाई पनि प्रदर्शित गर्ने गरेको देख्न तथा सुन्न सकिन्छ । तर नेपालमा भने त्यो छैन भए पनि विरलै देख्न पाइन्छ । आजभोलि भलादै ठूलाबढा भनिँदा राजनीतिक कार्यक्रममा जाँदा, समारोह, यदाकदा सरकारी कार्यालयका कर्माचारी तथा उच्च ओदाहका व्यक्तिहरूको प्रयोमा मात्र परेको ट दौरा-सुरुवाल र ग पुन्यौ चोली । अनि समाजमा हुने यदाकदा केही व्यक्तिहरूबाट विवाह व्रतबन्धमा पनि दौरा-सुरुवाल र गुन्यौ चोली लगाएको देख्न सक्छौ सीमितमा ।
हरि ॐ प्रधानले लेख्नु भएको ‘फाटेको टोपी’ कविता संग्रहमा
अब मेरो पहिचान के ?
भाष कुन ?
पहिरन कुन ?
र खोइ मेरो पहिचान ?
.......... ।
एउटै भाषा-भेषभित्र बाँचेका, दौरा सुरुवाल र ढाकाटोपीमा चिनिएका हामीमा नेपाली र नेपाली झण्डा छ । जसले एक सूत्रमा बाँधिएका नेपाली हौं । यसमा कसैले प्रश्न उठाए, ‘खोइ त मेरो पहिचान ?’ यो कवितामा कविले सग्लो भावना, सामाजिक र धार्मिक सहनशीलता र सद्भाव, एकताको सूत्रमा बाँधिएका नेपालीलाई जातीय विभाजनमा लगिएका धारणालाई प्रस्तुत गरेका छन् । यही संग्रहको अर्को हरमा कविले भनेका छन् :
मेरी आमालाई गुन्यु र बुट्टे चोलाले ढाक्न पनि सकेनछन्
चिसोले काठ्ठग्रिएका हात खुट्टाहरू पनि झार्न लागेछन्
तै पनि हानालुछीको दौडले कहिल्यै छोडेनछ
सम्मानका स्वरहरू गुमाइसकेछ
पात्र रहन्छ, अन्तर द्वन्द्व रहन्छ
अनि पर्दा झर्दछ
.........।
विश्वको शिर टोपी
विश्वको शिर भनेकै सगरमाथा हो जसलाई शोभायमान गर्दै सगरमाथाको शिरमा लागेको टोपी अर्थात् नेपाली टोपीको महिमा एक दिन गरेरमात्र पुग्छ र ? नेपालीको राष्ट्रिय पोशाकको महत्व गाउँघरमै धेरैले आज पनि दौरा-सुरुवाल नै लाउँछन् । दौरा-सुरुवाल, कोट र टोपीले राष्ट्रको चन्द्र-सूर्य अंकित राष्ट्रिय झण्डाले जस्तै नेपालको पहिचान बनाएको छ । राष्ट्रिय पोशाक भनेको राष्ट्रिय औपचारिक समारोहमा लगाउनुपर्ने पोशाक हो । राष्ट्रप्रमुख तथा सरकार प्रमुखको औपचारिक वा राजकीय भ्रमणमा आफ्नो राष्ट्रको इज्जतको लागि राष्ट्रिय पोशाक अनिवार्य हुन्छ । राष्ट्रिय मौलिक भेषले नेपालीहरूको पहिचान खुल्छ ।
अतः राष्ट्रिय पहिचानको रूपमा स्थापित आफ्ना पहिचान, मौलिकता भाषा, भेषभूषा तथा राष्ट्रिय पोशाकलाई हामी कसैले विवादमा ल्याउने काम नगरौं । नेपालका पहिचान मूल्य र मान्यताभन्दा अर्को प्यारो कुनै नेपालीलाई नहोला । हामी सबै नेपालीहरू स्वदेश-विदेश जो-जहाँ भए पनि राष्ट्रको सार्वभौमसत्ता जोगाउन, देशको स्थायित्वका लागि हिन्दुराष्ट्रसहित नेपालको राष्ट्रिय पोशाक कायम राखी विश्वमा आफ्नो पहिचान कायम राख्न हामी प्रतिबद्ध बनौं । महिमा गान गर्न त हरेक विषयमा बहर र अन्तक्र्रिया आवश्यक छ । नेपालीपन र पोशाकको शानको दिषयमा जति कुरा गरे पनि अपुग हुन्छ । प्रायः शिरमा नेपाली टोपी शोभायमान छ । राष्ट्रिय पोशाकको महत्व बुझ्न जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच