
काठमाडौं । नेपाल टेलिकमले विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्न लागू गरेका विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ प्रयोग गरेर हुने बाहृयगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई सोमबार राती १२ बजेदेखि लागू हुने गरी एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट तीन रुपैयाँ ७६ पैसा कायम गरिएको हो । साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाहृयगमन कलको पल्सदर ६० सेकेण्ड निर्धारण गरिएको कम्पनीका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच