काठमाडौं । ललितपुरको सातदोबाटोमा सबै ब्राण्डका स्कुटरहरू पाइने इभी मार्ट सञ्चालनमा आएको छ । श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध राम्रो सर्भिस सेवा भएका ब्राण्डमात्र बिक्री गर्न मार्ट सञ्चालनमा ल्याएको कम्पनीका निर्देशक रोशनकुमार श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार हाल बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०-८० ब्राण्डका कारण उपभोक्ताहरू अन्योलमा परेका छन् । सोही अन्योल चिर्न मार्ट सञ्चालनमा ल्याइएको हो ।
मार्टमा बिक्रीका साथै स्कुटरसम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकले पनि सम्पर्क गर्न सक्ने बताइएको छ । ललितपुरमा इभी स्कुटर ग्राहकहरू धेरै रहेको र शोरुममा विभिन्न ब्राण्डका र ग्राहकको मागअनुसारका जुनसुकै मोडलका सवारीसाधन बिक्री गरिने कम्पनीका प्रबन्ध निर्देशक क्रिष्टिना ताम्राकारले बताउनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा