पाकिस्तानमा २०२४ मा ३८३ सुरक्षाकर्मी, ९२५ आतंकवादी मारिए

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । सन् २०२४ मा पाकिस्तानमा ३८३ सुरक्षाकर्मी र ९२५ आतंककारीहरू मारिएका छन् । पाकिस्तानभर सञ्चालन गरिएका ५९ हजार ७७५ अभियानहरूमा ३८३ सुरक्षाकर्मी, ९२५ आतंकवादी मारिएको पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बताउनु भयो ।

कारबाहीका क्रममा प्रतिवन्धित तेहरिक-ए-तालिबान पाकिस्तान र अन्य आतंकवादी समूहका ७३ उच्च मूल्यवान लक्ष्यहरू मारिएका थिए । इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का महानिर्देशक अहमद सरिफ चौधरीले यस वर्ष विगत पाँच वर्ष यताकै सबैभन्दा धेरै आतंककारीहरूलाई निष्प्रभावी बनाइएको बताउनु भयो ।

एक वर्षमा पाकिस्तानी सेना, कानून प्रवर्तन र गुप्तचर एजेन्सीहरू र पाकिस्तानी पुलिसले दैनिक आधारमा १७९ भन्दा बढी अपरेशनहरू सञ्चालन गरेका थिए । पाकिस्तानी सेनाले आतंकवाद विरोधी प्रयास र सीमा सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण प्रगति गरेको चौधरीले बताउनु भयो ।

ADVERTISEMENT

पाकिस्तानी सेनाले तस्करी, लागुपदार्थको तस्करी, बिजुली चोरी, र होर्डिङ विरुद्ध लड्न आफ्नो अभियान विस्तार गरेको बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?