आर्थिक अभावले क्याम्पस संचालनमा समस्या

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-१ खप्तरीबाङ स्थित निसीभूजी जनता क्याम्पस संचालनमा समस्या भएको छ । पश्चिम बागलुङको एक मात्रै क्यापसका रुपमा रहेको यस क्याम्पस आर्थिक अभावका कारण संचालनमा समस्या भएको हो । दूर दराजका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने हिसाबले वि.सं. २०४८ सालमा स्थापना भएको क्याम्पसको आन्रिक स्रोत निकै कम र सरकारी निकायबाट सहयोग नमिल्दा संचालनमा समस्या भएको हो ।

क्याम्पस संचालनका लागि मासिक साढे चार लाख खर्च हुने तर आम्दानी निकै न्यून रहेको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले जानकारी दिनुभयो । क्याम्पसको आम्दानी विद्यार्थीबाट उठाउने शुल्क मात्रै रहेको भन्दै अहिलेसम्म कुनै पनि सरकारले अभिभावकको भूमिका खेल्न नसकेको उहाँले गुनासो गर्नुभयो ।

अहिले क्याम्पसमा शिक्षा, समाजशास्त्र र व्यवस्थापन ११९ जना विद्यार्थी रहेको भन्दै उनीबाट उठाउने शुल्कबाहेक आम्दानीको कुनै स्रोत नभएको उहाँको भनाइ छ । हाल आंशिक्षक २२ र पूर्णकालीन २ जना गरि २४ प्राध्यापक कार्यरत रहेको सुनाउँदै तलब खुनाउन निकै समस्या हुने गरेको क्याम्पस प्रमुख आचार्य बताउनुहुन्छ । क्याम्पसको मासिक मासिक खर्च रु चार लाख ५० हजार हुने तर आम्दानी आम्दानी रु दुई लाख मात्रै रहेको उहाँको भनाइ छ ।

ADVERTISEMENT

क्याम्पस प्रमुख आचार्यले भन्नुभयो - “क्याम्पसमा पढ्न आउने विद्यार्थीको संख्या राम्रो छ, तर संचालन खर्च व्यवस्थापन गर्न निकै गाह्रो भइरहेको छ, शिक्षकहरुलाई तलब खुवान समस्या छ, यस क्षेत्रको एक मात्र सामुदायिक क्याम्पस हो, अहिलेसम्म मागेरै चलाएका छौँ, जग्गा माग्यौँ, भवन बनाउन माग्यौँ र तलब पनि मागरै खुवाउनु परेको छ, यस क्याम्पसका अभिभावक कुनै पनि सकार भन्न सकेन ।”

क्याम्पस संचालक समितिका सदस्य तारानाथ पौडेलले सरकारले दरबन्दी व्यवस्थापन गर्न सके केही समस्या समाधान हुने बताउनुभयो । क्याम्पस संचालन गर्नका लागि आवश्यक मापदण्डभन्दा बढी विद्यार्थी भए पनि प्राध्यापकको दबन्दी कम रहेको उहाँको भनाइ छ । पूर्णकालीन सात जना दरबन्दीसहितको प्राध्यापक हुनु पर्ने भए पनि दुई जना मात्रै रहेको पौडेलले बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवर यसलाई आंगिक क्याम्पसका रुपमा विकास गर्नु पर्ने बताउनुभयो । यस क्याम्पसको शैक्षिक गुणस्तर बढाउन र प्रबिधिक शिक्षा सचालन गरि भौतिक संरचना निर्माण गर्न प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराइरहेको उहाँको भनाइ छ । यो क्याम्पस न्यून वर्गका विद्यार्थीले मात्रै पढ्ने थलो बनेको भन्दै अब यहाँ सबैको आकर्षण बढ्ने खालको बनाउन जरुरी रहेको कुँवरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?