✍️ शशिकान्त अधिकारी
(त्यस्तो कथाको पात्र हो वीरेन्द्र वीर विक्रम शाहदेव, जसलाई हामी वीरेन्द्र वा राजा भन्ने गथ्र्यौं, त्यही कथाको सानो झल्को)
नायक :
मुलुकको पहिचान केले स्थापित गर्छ ? यो एउटा गहिरो सवाल हो । मानवीय संस्कृति एवं भाषाले मानिसलाई अलग देखाउँछ । त्यही अलग परिचयको मानव समुदायमा अर्को विशिष्ट व्यक्तित्व स्थापित हुन्छ जसले आफू हुनुको गर्व गर्छ । विशिष्ट नायक, आदर्श पुरुष, आस्थाको केन्द्र जसले त्यस समाज, मानवको सोच र व्यवहारलाई सदा प्रेरणा र निर्देश गरिरहेको हुन्छ ।
मानिस भन्ने गर्दछन् : नेपाल सरहदको यो भूमिमा २६ सय वर्षअघि नै त्यो महान् नायक पुरुषको जन्म भयो, जसले सारा एशियाली भू–भागमा करुणा र मैत्रीको सन्देश दियो । नेपालीको गर्व गर्ने महानायक बुद्ध अर्थात् सिद्धार्थ गौतम । आजको कालसम्म त्यो महान् नायकलाई भलै ईश्वरीय तहमा राखिएको भए पनि त्यो आस्थाको धरोहर हो । जीवन्त समाजलाई एकतासूत्रमा बाँधिराख्न एउटा बिम्ब अनिवार्य हुन्छ । नेपालीका लागि बुद्ध उच्चतम हिमालय शिखर जस्तै उच्च हुन्छ । विगतमा धेरै पात्र छन् । गुणकामदेव, मानदेव, अंशुवर्मा हुन् वा जयस्थिति मल्ल नेपालका गर्व गर्ने पात्र हुन् । हरित तारा भृकुटीको स्मरण पनि गर्वको विषय बन्छ । चाँगुनारायण मन्दिर नेपाली आस्था, वास्तुकला र प्राचीनतम संस्कृतिको परिचय हो । नेपालको सांस्कृतिक कलाको पहिचान हिजोको प्रतिच्छायाँ आजमा पनि निरन्तर छ र आस्थाको केन्द्र सामाजिक सोचभित्र रहन्छ ।
विधिको शासन वीरेन्द्रको पहिलो प्राथमिकता स्पष्ट अनुभव गर्न सकिन्छ । नेपाली समाज र यसको आदर्शपात्रका रूपमा राजसंस्थालाई उच्चतम सम्मानित र स्वीकृत बनाउने वीरेन्द्र एकमात्र नायक हुन् । आधुनिक नेपाली समाजमा चार नारायणले वेष्ठित यो उपत्यका विष्णुको पालनहारका रूपमा स्थापित छन् । बूढानीलकण्ठको महत्वलाई धार्मिक रूपमा मात्र हेरिनु हुन्न, अपितुः सामाजिक एकताको सूत्रमा बाँध्ने आशाको केन्द्र पनि हो । राष्ट्रिय चिन्तनको यस सन्दर्भमा मानवीय संयुक्तशक्तिको पुञ्ज मानिसभित्रैबाट एउटा व्यक्तित्व स्थापित हुन्छ । पालन रक्षा गर्ने वैष्णवी शक्तिको प्रतीक बन्छ राजा । यो उपाधि एक व्यक्तिमाथिको सामूहिक स्वीकृतिको द्योतक हो । जसरी विष्णु पालनकर्ता, त्यसरी नै राजा विष्णुको अर्को रूपमा मान्यताप्राप्त छ ।
नेपाली समाजको विशिष्टता नै आजको सामुदायिक सोच र शक्तिलाई देवत्वकरण गर्ने हो । राजा राज्यको मूलनायक मात्र होइन, समाजलाई डोर्याउने एकल आस्थाको केन्द्र बन्छ । राजालाई त्यसै निरर्थक रूपमा राष्ट्रनायक भनिएको होइन । राजा राष्ट्रको आस्था र विश्वासको निर्देश गर्ने नायक हो । जसरी सिद्धार्थ गौतम बुद्धलाई गर्वसाथ स्वीकार गर्थे, त्यसरी नै नेपालले आफ्ना नायकका रूपमा राजालाई स्वीकार गरिआएको छ । नेपाल र नेपालीका निम्ति जसरी बुद्धको शक्ति र करुणाको सन्देश प्रिय छ, त्यसरी नै मुलुकको शान्ति र स्वतन्त्रतापूर्वकको समृद्धिका लागि राजाको योगदान पनि प्रेरणादायक छ ।
आफ्नो युवावस्थामा तराई र पहाडका कन्दरा चहारेका वीरेन्द्रमा यथार्थपरक ज्ञानको अपार भण्डार थियो । कसैले पनि राजा वीरेन्द्रलाई वस्तुगत तथ्यबाट अल्मल्याउन सक्दैनथ्यो । विश्वका सम्मानित विश्वविद्यालय टोकियो विश्वविद्यालय होस् वा हार्वर्डको अध्ययन, वीरेन्द्रमा विश्लेषणात्मक दृष्टिकोण विकसित भएको वीरेन्द्रको तीक्ष्ण विद्वता कमजोर थिएन । नेपाली भूभाग आफैं चहारेकाले भूगोल र भूबनोटबारे जानकारी थियो ।
राष्ट्रिय नायकका रूपमा आधुनिक नेपाली समाजमा मान्यता पाउँछ भन्ने आधुनिक प्रजातान्त्रिक समाज निर्माणमा योगदान पुर्याउने वीरेन्द्रकै नाम अग्रणी रूपमा आउँछ । राजा त्रिभुवनले राणा शासनबाट मुक्त भएको घोषणा गर्दै प्रजातन्त्रको जग हाले भने राजा वीरेन्द्रले साँचो अर्थमा संवैधानिक अभ्यासलाई प्रजातान्त्रिक पद्धतिलाई व्यावहारिक रूपमा लागू गर्ने प्रयास गरे । मानिसहरूमा राजाको भूमिका र उसको देनबारे कम जानकारी प्रवाह भएको छ । राजसंस्था आफ्नो बखान आफैं गर्दैन, ऊ आफैँ मपाइँ गर्दैन, घटनाक्रम र इतिहासले उसको मूल्यांकन हुन्छ । सही अर्थमा नेपालको आधुनिक हिरोमा वीरेन्द्रलाई पहिलो पङ्क्तिमा राख्नुपर्छ भन्ने यथेष्ट कारण दिन सकिन्छ ।
विधि
वीरेन्द्रको कामको मूल्यांकन गर्दा यान्त्रिक चेतनशून्य थिएन, बरू मान्त्रिक चिन्तनको उपज थियो । चिन्तन मनन र बोधबाट अभिप्रेरित थियो । उसले विरासतमा पाएको पद्धतिलाई जीवन्त बनाउने काम गर्यो, संशोधन गर्यो, परीक्षण गर्यो । प्रजातान्त्रिक मूल्यलाई व्यतीत गर्ने र सदा जनचाहनामा अघि बढ्ने व्यक्तित्वको परिचय मिल्छ । जनमतसंग्रह होस् वा २०४६ सालको जनताको माग वीरेन्द्रले जनताको मतलाई कहिल्यै अस्वीकार गरेर आफैं हठ लाद्ने जबर्जस्त शक्ति प्रयोग गरेन । यो मुलुकको राजकीय सत्तालाई जनचाहना अनुसार चल्ने राजा वीरेन्द्रलाई मान्नुपर्छ ।
बेलायती संसदीय प्रणाली र राजसत्ताको गहिरो अध्ययन गरेका वीरेन्द्रमा तन्त्र (पद्धति) प्रजामाथि ठूलो विश्वास रहेको अनुभव हुन्छ । उनले कहिल्यै द्वन्द्वमा रक्तपात हुन दिएनन् । यसलाई कारणभावको रूपमा हेर्नुपर्छ । राजाको मर्यादा प्रजारञ्जन हो भन्ने वीरेन्द्रको अटल विश्वासको परिणाम थियो । २०४६ सालमा पार्टी प्रतिबन्ध खोलिदिनु, २०४७ सालमा आफ्नो राजकीय शक्तिको प्रयोग गरी संविधान घोषणा गर्नु, निरंकुश र आततायी संस्कारबाट मुक्त भएको राजतन्त्र जनतामा स्थापित गर्नु वीरेन्द्रको अतुलनीय उपलब्धि स्वीकार गर्नुपर्छ । विधिको शासन वीरेन्द्रको पहिलो प्राथमिकता स्पष्ट अनुभव गर्न सकिन्छ । आज वीरेन्द्रले खडा गरेको पाँच विकास क्षेत्र र ती क्षेत्रमा पाल टाँगेर जनताको अप्ठ्यारो हेरेर विकासको खाका कोर्ने कोही माइकालाल खडा देखिँदैन ।
जनताको नाडी
आफ्नो युवावस्थामा तराई र पहाडका कन्दरा चहारेका वीरेन्द्रमा यथार्थपरक ज्ञानको अपार भण्डार थियो । कसैले पनि राजा वीरेन्द्रलाई वस्तुगत तथ्यबाट अल्मल्याउन सक्दैनथ्यो । विश्वका सम्मानित विश्वविद्यालय टोकियो विश्वविद्यालय होस् वा हार्वर्डको अध्ययन, वीरेन्द्रमा विश्लेषणात्मक दृष्टिकोण विकसित भएको वीरेन्द्रको तीक्ष्ण विद्वता कमजोर थिएन । नेपाली भूभाग आफैं चहारेकाले भूगोल र भूबनोटबारे जानकारी थियो । मुलुकबारे जान्नु भनेको भूगोल र त्यसको सीमा मात्र होइन, त्यहाँ बस्ने मानिस, तिनको सांस्कृतिक जीवनशैली र तिनका मान्यताबारे जानकारी राख्नु हो ।
यस अर्थमा शाहवंशको इतिहासमा बडामहाराज पृथ्वीनारायण जति भू-भागमा पैदल नापे, त्यसपछिको पहिलो व्यक्ति थिए, वीरेन्द्र जसले पैदल नेपालको भू–भाग छिचोलेको होस् । जनताकै घरदैलोमा बास बस्ने र तिनका लोकोक्ति सुन्ने अवसर वीरेन्द्रलाई थियो । जसको परिणाम राज्यारोहणको दोस्रो वर्ष नै नेपालको विकास क्षेत्र पाँच बन्यो । भौगोलिक बनोट, विकासका पूर्वाधार, उद्योगधन्दा, सञ्चार र उत्पादनका दृष्टिबाट एउटा आयामिक निर्णय लिएको थियो, विकास क्षेत्र ।
राष्ट्रको सार्वभौमिकता र अखण्डताप्रति दह्रो रूपमा उभिने र जनताको बाँच्ने अधिकारलाई अकुण्ठित अवसर दिने राजा वीरेन्द्रको विश्वव्यापीकरणको शिक्षाले महत्वपूर्ण भूमिका दिएको देखिन्छ । जनताप्रतिको संवेदनशीलताको कुरा गर्दा २०३६ सालको विद्यार्थी आन्दोलनलाई लिएर गोरखापत्र संस्थानमा भएको आगलागी र विद्यार्थी नेताहरूलाई मोसो दलेर सहर घुमाएको सानो घटना राजाका लागि अत्यन्त मर्मको विषय भयो । राजनीतिमा सन्तुलन र संयमको वातावरण हुँदाहुँदै जनमतसंग्रहद्वारा जनताको चाहना बुझ्ने राजइच्छाले राजतन्त्रको इतिहासमा विशिष्ट स्थान राख्छ । यहाँनेर विराज बखेती होइन, कालु पाँडेलाई कजाइ दिनुपरेको बडामहाराजको कथन स्मरणीय छ । जनता र छरछिमेकको विचार बुझेर अघि बढ्ने कुरा शासन सत्ताको विवेकको परिचय हो । जनतालाई राजनीतिक चेतना र निर्णयको अवसरमात्र दिइएन कि खुला छलफलबाट निष्कर्षमा पुग्ने प्रजातान्त्रिक पद्धति पनि स्थापित भयो । वादे वादे जायते तत्वबोधमा आधारित समाज मुखाले र जीवन्त हुन्छ ।
एशियाली मापदण्डको उद्घोष वीरेन्द्रबाटै भएको हो । भूमि आयोगद्वारा सुकुम्बासीलाई गाँसका लागि जमिन दिने नीति एउटा पक्ष हो । आफैं भूमिमा आवास पाएपछि जमिनको उत्पादन बढाउन र गाँसको प्रबन्धनमा जनताको संलग्नता असल सोचको योजना थियो । जहाँसम्म कपासको कुरा छ, त्यो उद्यमशीलताका लागि जनस्तरमा अभिप्रेरित गर्नु हो । प्राविधिक शिक्षा, सीप विकास र आर्थिक प्रगतिमा मानव कौशल र सीपको योगदान होस् भन्ने वीरेन्द्रको धारणा थियो ।
आफ्नो शासनकालभरि वीरेन्द्रबाट लहडमा वा बलमिच्याइँमा कुनै कार्य भएन । सन्तुलित र पूर्ण विश्लेषणपछि मात्र कार्यहरू अगाडि बढाइयो । हो, जहाँ सामूहिक प्रयास आवश्यक पर्छ, जहाँ राजसंस्थालाई शक्तिमा फरकपन हुनुहुन्न । जनताले नै कैयौं अर्थमा राजालाई हल्का रूपमा लियो, नजीकको तीर्थ हेला झैं केही राजनीतिक महत्वाकांक्षा बोकेका राजनीतिक नेताको संकीर्ण सोच र स्वार्थले राजाको शालीन छवि बिगार्ने काम भयो ।
शान्तिको पक्षमा
राजा वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषणा गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गरे । एक सयभन्दा बढी राष्ट्रले नेपालको शान्तिक्षेत्रको प्रस्तावलाई समर्थन गरे । यो प्रस्ताव शक्तिराष्ट्रहरूको सैन्य होडबाजी र कमजोर राष्ट्रमाथि आफ्नो प्रभुत्व लाद्नेविरुद्धको दूरगामी सोचबाट आएको प्रस्ताव थियो । २९-३० वर्षको त्यो तरुण एउटा सार्वभौम राष्ट्रको राजा थियो । उसमा चिन्तन र सोचको गम्भीरता थियो । जसबाट विश्व समुदायका राष्ट्रहरूले नेपाललाई समर्थन गरे । नेपालको शान्तिक्षेत्रको सफलताले विश्वका अन्य साना राष्ट्रले आफ्नो अस्तित्वको रक्षामा गतिलो भूमिका देख्थे । नेपालको कुटनीतिक छवि विश्वव्यापी रूपमा स्थापित भएको थियो । यही शान्तिक्षेत्रको प्रस्ताव रोटीबेटीको सम्बन्ध भनिएको छिमेकी भारतका लागि नेपालको अन्तर्राष्ट्रिय इज्जत र छवि मान्य भएन । भारतकै पक्षमा उभिएर तत्कालीन यूएसएसआर रूसले आफ्नो पुरानो वचन फिर्ता लियो । अन्तर्राष्ट्रिय स्वार्थ सैन्य व्यापार र आफ्नै बर्चश्व राख्ने मानसिकताले गर्दा शान्तिक्षेत्रको प्रस्ताव अलमलमा पर्यो ।
नेपाली गौरवको विषय जनस्तरमा अझै अलमलमै छ भने राजनीतिक नेताहरूमा कूटनीतिक इज्जत र मर्यादाको मूल्य नै थाहा छैन । नेपालको छवि विश्व मानसपटलमा जसरी वीरेन्द्रले उच्च बनाएका थिए, त्यो उचाइका लागि कठोर परिश्रम र नीतिगत स्पष्टताबाट प्राप्त भएको थियो । वीरेन्द्रबाट जहाँ-जहाँ प्रतिनिधित्व भयो, त्यहाँ त्यहाँ नेपालको इज्जत भयो । अमेरिकी राष्ट्रपतिसँगको भेटवार्ता होस् वा जापानका सम्राट्सँग राजाको वजन, नेपालको साख प्रस्फुटित भएको पाउँछौं । पूर्व-पश्चिमको सन्तुलन र उत्तर-दक्षिणको विश्वास कायम गर्न वीरेन्द्रबाट भएको योगदान अतुलनीय थियो ।
विश्वव्यापी रूपमा भाइचारा एकताको भाव पैदा गर्ने अठोट वीरेन्द्रमा देखिन्छ, त्यो बिरलै मानिन्छ । असंलग्न राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रबाट व्यक्त विचारहरू गम्भीर प्रकृति र दूरगामी परिणाम दिने खालका छन् । यसैगरी क्षेत्रीय सहयोगका लागि खडा भएको सार्कलाई नयाँ आयामको उचाइमा पुर्याउन राजा वीरेन्द्रले गरेको प्रयास चिरस्मरणीय छ ।
शान्ति र समृद्धि वस्तुगत सैद्धान्तिक आधार थियो, वीरेन्द्रको राज्य सञ्चालनमा । यो कुराले आज पनि त्यति नै महत्व राख्छ । द्वन्द्वरहित समाजमात्र होइन, द्वन्द्वरहित मानव सभ्यताको चाहना उच्चतम दर्शन हो । राजा जनताको पक्षमा सामूहिक नेतृत्व गर्छ, राजनीतिक पार्टीहरूले त्यो एकल शक्तिको मर्म छुनै सक्दैनन् । आजको दुर्भाग्य नै मान्नुपर्छ : नेपालीले शान्तिक्षेत्रको मागलाई जीवन्तता दिन सकेन किन ? प्रश्न गम्भीर छ ।
वास्तविक तवरले यथार्थपरक भएर सोच्ने हो भने नेपालको भूराजनीतिक संवेदनशीलता र उसको अस्तित्वको मर्यादा कायम राख्न शान्तिक्षेत्रको अवधारणाले निरन्तरता पाउनुपर्ने थियो । तर, राजनीतिक दलको नेतृत्व वर्गको संकुचित सोच ओझेलमा पर्यो । मुलुकले त्यसको परिणाम आज देखी-भोगी रहेछ । नेपालीलाई फ्री-भिसा दिने मुलुकहरूको पनि भिसा दिन छोडे, हाम्रो प्रतिष्ठा र सम्मानमा धक्का लागेको छ । आज नेपाली परिचयको राहदानीको हालत के छ, जगजाहेर छ ।
विविधता र एकता
नेपाल भूबनोटले विशिष्टतापूर्ण छ । विश्वका अग्ला हिमालको गणना गर्दा नेपाली भाग नै पहिलोमा आउँछ । भाषिक दृष्टिबाट पनि सानो क्षेत्रफलभित्र सयभन्दा धेरै भाषिक समूह छन् । तिनका आफ्नै संस्कृति, परम्परा, मान्यता र संस्कार छन् । भाषाको फरक त छँदै नै छ, साथै विभिन्न जातजातिको अलग पहिचान छ । यहाँ जात एउटा छ, जाति अर्को छ, यतिबिघ्न विविधता भएको मुलुक विश्वमा बिरलै होला । हिमाल, पहाड, तराईको यो भू-भाग विश्व मानचित्रमा सानो देखिए पनि ५०० मिटरदेखि ८,००० मिटरको उचाइको भू-भागमा छ । यस मुलुकमा ३६ प्रकारको मौसमी जलवायु क्षेत्र देखिन्छ । चुरो कुरो ∕ गणतन्त्रको यस कालखण्डमा आइपुग्दा नपुग्दै आमनेपालीमा राजनीतिक दलहरूमाथि भरोसा छैन, वितृष्णाभाव बलियो भएको छ । अकर्मण्यता र भ्रष्ट आचरणले पार्टी नेतृत्ववर्ग बदनाम छ । संघीयताका नाममा खडा भएका प्रदेशहरू राजनीतिक दलको भर्तीकेन्द्र जस्तो भएका छन् । प्रदेशको औचित्य समाप्त भएको छ ।
लोकतन्त्रको नमूना भएको अमेरिकी पद्धति पनि थाहा थियो । यही कारण हो कि संवैधानिक राजतन्त्रको अभ्यासलाई आफ्नो राजकीय शक्तिको प्रयोग गरी २०४७ को संविधान दिएबाट स्पष्टता मिल्छ । राजा वीरेन्द्रले २०४७ सालमा संवैधानिक राजतन्त्रको मर्म अनुसार कदम चालेकोमा विश्व समुदायले स्वागत र प्रशंसा गरेका कुरा बिर्सनु हुन्न । आन्तरिक राजनीतिक अस्थिरता र अन्यौल समाप्त पार्दै मुलुकलाई नयाँ गन्तव्यमा हिँडाउन भएका कार्यहरूले नयाँ आयाम त पायो तर प्रजातन्त्रको खुला वातावरणमा समाजवाद र साम्यवादका दुई ध्रुवका राजनीतिक दलको द्वन्द्व र आपसी अविश्वासले मुलुकलाई वान्छित फल दिन सकेन । राष्ट्रिय नीति अलमलमा पर्यो, आर्थिक मामिला कमजोर बन्यो, राज्य संयन्त्रलाई जनताको सेवामा होइन कुनै समूह वा दलको पृष्ठपोषण बनाउने कुराले करिबन अराजक समानतर्फ उन्मुख बनायो । यत्र तत्र सर्वत्र राजनीतीकरण भयो । प्रजातन्त्रको परिभाषा पार्टी खोल्ने अधिकार हो भन्ने मात्र ठानियो ।
राजा वीरेन्द्रबाट आफूले दिएको संविधान र संवैधानिक राजाको सीमा मर्यादाको उल्लंघन भएन र उनी दलका आपसी वैरद्वन्द्वमा साक्षीका रूपमा बसे । यस कुरालाई कोही अतिवादीहरू वीरेन्द्रलाई कमजोर भलाद्मी भनेर चित्रण गर्छन् । जुन कुरा सत्य थिएन । चुरो कुरो ! गणतन्त्रको यस कालखण्डमा आइपुग्दा नपुग्दै आमनेपालीमा राजनीतिक दलहरूमाथि भरोसा छैन, वितृष्णाभाव बलियो भएको छ ।
एकताको, भरोसाको, सम्मानको प्रतीक बनेको राजसंस्थालाई अस्वीकार गर्नेहरू आज पछुतो मान्दैछन् । राजा वीरेन्द्रलाई स्मरण गर्नुपर्ने कारण किन छ भने उनले यो राष्ट्रको अखण्डता, स्वतन्त्रता र मर्यादालाई कुनै समय पनि कमी आउन दिएनन् । नेपालभित्र आस्था र भरोसाको मानक थियो राजसंस्था । विश्व राजनीतिक कूटनीतिक सम्बन्धमा नेपाल सम्मानित थियो । राजाको त्यो गहनतम योगदान र भूमिकालाई आजको पुस्ता कत्ति पनि जान्दैन । इतिहास शिक्षा हो भने वर्तमान बुझ्न पनि विगत बुझ्नुपर्छ ।
तन्त्र (पद्धति) को कुरा
विश्वको इतिहासमा राज्यको सामूहिक नेतृत्व गर्ने एउटा पात्र छ, सभ्यता जुनसुकै होस्, स्थान जहाँसुकै होस्, राजा सम्राट् वा कुनै नाम । विश्वमा धेरै स्थानमा राजा वा राजा रहने पद्धति समाप्त भयो । नेपालमात्र एउटा यस्तो देश हो जसको नेतृत्व र अभिभावकत्व राजतन्त्रले लिएको छ । कपिलवस्तुमा शुद्धोधन राजा हुँदा नेपाल उपत्यकामा गोपाल वंश चलेकै थियो । नेपाल विश्व इतिहासमा प्राचीनतम मुलुक हो । जसको इतिहास राजतन्त्रको निर्विच्छिन्न उपस्थितिबाट अनुगृहीत छ । उपत्यकाका यलम्बर हुन् वा काठमाडौंका प्रताप मल्ल, जुम्लाका क्राचल्ल हुन्, जहाँ नेपाली जनजनमा राजाको मान्यता अक्षुण्ण थियो र छ पनि ।
नेपालको उपत्यका बाहेक थप विस्तार र बृहत् सरहदको कुरा गर्दा बडामहाराज पृथ्वीको नाम त आयो नै । ती राष्ट्रिय नेतृत्वहरू जसले नेपाली पहिचान थिए, भृकुटी हुन् वा अरनिको, अमरसिंह हुन् वा राजा जनक, नेपाली जनमानसका सम्मानित नायक हुन् । हरेक राष्ट्रमा आदर्शपुरुष र अनुकरणीय नायक हुन्छन् । त्यसमा आधुनिक नेपालमा विभूतिको कमी छैन ।
नेपालमा राजतन्त्रमा अनुदारवादी र क्रुर चरित्रको कदापि देखिन्न । धर्म, संस्कृति, परम्परा, संस्कार र नैतिक मूल्यले जनताको अभिमतबाट अभिषेक गरिएको व्यक्ति (राजा)जनताकै भावनामा चलेको छ । शाहवंशको कुरा गर्दा त झन् मर्यादित पाइन्छ । हो, यसक्रममा रणबहादुरले ६२ हरण गरेर, जातपातको भेदभाव मेटाउने प्रयास गर्दा विरोध ब्राहृमण वर्गबाट भयो । तर तत्कालीन अवस्थामा जातीय विभेद हटाउने प्रयास क्रान्तिकारी सोच थियो । नेपाल एकीकरणमा सतलजसम्म गोर्खालीको खुकुरी नचाउने नेतृत्व बहादुर शाहले गरेका थिए, त्यो कुरा राजाका छोराबाटै भएको थियो । नेपालीलाई प्रजातन्त्रको ढोका खोल्ने काम राजा त्रिभुवनबाट भयो जसलाई आज सम्मानपूर्वक राष्ट्रपिताको नाम दिइन्छ । प्रजातन्त्रको घोषणा गरी एक प्रकारको बन्धन र कैदको जीवन गुजार्न बाध्य भएको नेपाली जनता राजतन्त्रको कारणबाट मुक्त भयो । नयाँ क्षितिज खुला संसारमा आँखा उघारेर हेर्न पायो । इतिहासको यो फड्को राजतन्त्रकै योगदान हो । राजा त्रिभुवनको प्रजातान्त्रिक शासनकाल मुस्किलले चार वर्ष चल्यो । अशिक्षा, अभाव र कठिनाइको भुमरीमा रहेको नेपाली जनमानसले प्रजातन्त्रको सही उपभोग गर्ने अवसर नै जुरेन । राजधानी केन्द्रित राजनीतिले पहाडका कन्दरासम्म पुग्नै पाएको थिएन । त्रिभुवनको इतिश्री भयो । आजको राजनीतिक दलको एकोहोरो राग र रोदन के छ भने २०१७ सालमा जननिर्वाचित संसद् र सरकार भंग गरेर राजा महेन्द्रले निरंकुशता लादे । आजको पुस्ता त्यो पुरानो अवस्था बुझ्न । तत्कालीन नेपाली कांग्रेस पार्टीका नेता बीपी कोइरालामात्र यस्तो पात्र हो, जसले विश्व समाजवादी चिन्तनको प्रतिनिधित्व गर्यो । उनमा अध्ययन, बौद्धिकता र गन्तव्यबारे गम्भीरता थियो । तर अन्य नेता र नेतृत्वमा प्रजातन्त्रको मर्म र सञ्चालनको कुनै ज्ञान र अनुभव थिएन । ती एक प्रकारले योग्यताले होइन, भाग्यले नेता भएका थिए ।
नेपालको प्रजातान्त्रिक व्यवस्थालाई बेलायतको वेस्ट मिनिस्टर सिस्टमको नक्कलमा उतारिएको थियो । राजा र पार्लियामेन्टको अन्योन्याश्रित सम्बन्धमा बेलायती अनुभव नेपालसँग थिएन । फलस्वरूप स्वीकृत संविधान सबै पार्टीले मानेकै थिए । राजा महेन्द्रले नेपाली परम्परा र इतिहासको मर्मलाई समातेर पञ्चायत दर्शनलाई अगाडि बढाउनुलाई निरंकुशता भनिन्छ । वास्तवमा पञ्चायत कालमा बाहिरी दर्शन र मान्यताबाट प्रेरित राजनीतिक दलमाथि प्रतिबन्ध थियो । जनताको एउटामात्र अधिकार भनौं, राजनीतिक अभ्यास संगठित हुने र समाजलाई भिन्नभिन्न विचारमा बाँड्ने काममाथि रोक थियो । राजा महेन्द्र आततायी थिएनन्, अपितुः राज्य संयन्त्रभित्र आवश्यक पर्ने सबै अंगको निर्माण र देशको आर्थिक विकासको खाका उनकै शासनकालमा कोरिएको हो । आजका दिनसम्म आइपुग्दा आफूले गर्व गर्ने नायकको खोजी भएको छ । राजनीतिक दलमध्ये सबैभन्दा उदार मानिएको नेपाली कांग्रेस बीपी कोइरालाको नाम जप्ने मुल्लावादी भएको छ । समाजवादको अध्ययन शून्य छ, राष्ट्रिय स्वार्थको कुनै दरिलो विश्लेषणयुक्त आधार छैन । चुनाव जित्न र सत्तामा जाने ध्यान त्यतिमात्र । अर्को राजनीतिक दल कम्युनिस्ट नामका पसलेहरू छन् । माक्र्स, लेनिन, माओ र चे ग्वेभाराको कथा अध्ययन गरेको जमात नेपाली उदार समाजलाई वैज्ञानिक समाजवादको नाममा उत्तर कोरियाको आदर्श देख्छ । कम्युनिस्ट नेताहरू यति धेरै अध्ययन बुद्धि भएका छन् कि हरेक चर्चित नेताको आफ्नो पार्टी छ । ७५ वर्षको नेपाली राजनीतिक दलको इतिहासमा एउटै पनि यस्तो पात्र पाइएन, जसप्रति राष्ट्रिय रूपमा स्वीकृतिको मोहर लागोस् । यस पृष्ठभूमिमा परिस्थिति पछाडि फर्केर आफ्नो काम र कमजोरीको विश्लेषण गर्दा राजतन्त्रको भूमिका अझ प्रखर भएर आउँछ ।
एक सयभन्दा बढी राष्ट्रले नेपालको शान्तिक्षेत्रको प्रस्तावलाई समर्थन गरे । यो प्रस्ताव शक्तिराष्ट्रहरूको सैन्य होडबाजी र कमजोर राष्ट्रमाथि आफ्नो प्रभुत्व लाद्नेविरुद्धको दूरगामी सोचबाट आएको प्रस्ताव थियो । २९-३० वर्षको त्यो तरुण एउटा सार्वभौम राष्ट्रको राजा थियो ।
आधुनिककालमा २००७ देखि २०६३ सम्मको अवस्था वर्तमान पुस्ताकै अनुभूत कुरा हो । नेपाली जनमानसमा भ्रम सिर्जना गरियो, राजतन्त्र विकासको बाधक भनेर । तर वास्तविकता अर्कै थियो । हेरौं र चिन्तन गरौं : २०२८ सालमा राजगद्दीमा बस्दा वीरेन्द्र फगत २६ वर्षका मात्र थिए । पञ्चायत पद्धति उनलाई विरासतमा आइलागेको थियो । समाजवाद वा राजतन्त्रबारे वीरेन्द्रको अध्ययन फरक थियो । उनले उदारतापूर्वक जनताको प्रतिनिधित्वलाई क्रमशः अगाडि बढाए । संविधानमा पहिलो संशोधन गरे, जनमतद्वारा जनताको अभिमत बुझे, २०४७ सालको संविधान दिएर प्रजातान्त्रिक राज्य व्यवस्थाको सूत्रपात गरे । त्रिभुवनकालीन प्रजातन्त्रले चार दशकपछि पूर्णता पायो । पञ्चायतकाल सञ्चालन गर्नु वीरेन्द्रको बाध्यता थियो । मुलुकमा कुनै कानुन व्यवस्था बदल्न समयमा परीक्षित र खारिएको हुनुपर्छ । प्रजातन्त्रको मर्म अनुसार राजनीतिक नेतृत्व नचलेको गुनासो ६० वर्षपछि पनि त्यही दोहोरिएको छ ।
आदर्श पात्रको रूपमा त्रिभुवनपछि राजा वीरेन्द्र नै प्रजातन्त्रका सच्चा प्रणेता हुन् भन्नुपर्छ । वीरेन्द्रको शासनकाल नेपाली समाजको सन्तुलन र समन्वयात्मक अवस्थाको द्योतक हो । आदर्श र प्रेरणाका लागि इतिहासमा पात्रको खोजी गरिन्छ । अवसानको दुई सय वर्षपछि पनि नेपोलियन फ्रान्सका आदर्श हुन् । विस्मार्कको जर्मनी जिउँदै छ, भारतका महात्मा गान्धी एक युगपुरुष हुन् । गौतमबुद्ध भगवानमा दाँजिए र नेपालीका गौरव पात्र भए । सम्राट् अशोक इतिहासका सम्मानित पात्र छन् । समय अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिपात्र हुन्, जसलाई आदर्श नायकका रूपमा सम्मान गरिन्छ । नेपाली वर्तमान र आधुनिक जीवन्त समाजमा प्रजातान्त्रिक पद्धतिको स्थापना र विकासमा राजा वीरेन्द्र आदर्शपुरुषका रूपमा गणना हुन्छ । राष्ट्रपिताका नाति वीरेन्द्र राष्ट्रनायकका रूपमा दरिनु पर्छ र यस्ता महान् विभूतिको सम्मान गर्न नेपाली जनमानसले कत्ति पनि कन्जुस्याइँ गर्नुहुन्न भन्ने हेक्का गरौं ।
अब रहृयो कुरा, यो हिमाली क्षेत्रमा नेपाल कहिले देखिन्छ ? विश्वको सबैभन्दा पुरानो पहिचान भएको नाम र भूमि हो यो । नेपालको विशिष्टता यसको कठोर तपस्या, ज्ञान, संघर्ष र तन्त्रको निचोडबाट प्राप्त अलग पहिचान हो । तन्त्रमा शाक्त सम्प्रदायको तन्त्र वा कश्मीरी शैवतन्त्र बौद्ध वज्रयान या समाजलाई नियमित गर्ने सर्वस्वीकृत राजतन्त्र, तन्त्रपद्धतिकै अभिन्न अंग हो र छ पनि । नेपाललाई शान्तिक्षेत्र बनाउने वीरेन्द्रको अहं भूमिकाले विश्वका १२० देशले समर्थन गर्नु नेपालको इज्जत प्रतिष्ठा थियो । शिक्षामा आधुनिकीकरण, एशियाली मापदण्डको आर्थिक परिकल्पना, अध्ययन अनुसन्धानमा समय सापेक्ष प्रयास, आफ्ना जनताको रगत बग्नुहुन्न भनेर प्रजातन्त्रका लागि स्वीकृति । संवैधानिक भनेर बेलायती वेस्ट मिनिस्टरको अनुकरण भए पनि नेपाली जनता सुहाउँदो दायित्व निर्वाह गर्ने राजतन्त्रको इतिहास विश्वमा बिरलै पाइन्छ । आजका कथित नेताहरू सत्र हजार मारेर ल्याएको लोकतन्त्र भन्छन् । राजा वीरेन्द्र यिनीहरूजस्तै हत्या हिंसामा विश्वास गर्ने भएको भए ५० हजार मारेर आफूलाई सर्वेसर्वा बनाउन सक्थे ।
राजा नेपाली जनता, भूमि अनि तह र तप्काहरूको भरोसायुक्त संस्थाको प्रतिनिधि हो । आज के बिर्सनुहुन्न भने राजा समाप्त गरेर नेपाली आस्था, विश्वास, संस्कार र संस्कृतिमा जस प्रकारको चौतर्फी धावा बोलिएको छ, त्यो भयावह छ । यसमा राजा वीरेन्द्रलाई सम्झौं । एउटा शालीन र प्रजातान्त्रिक समाज बनाउन प्रतिबद्ध व्यक्तित्व नेपाली इतिहासमा मेटिनुहुन्न वा अझ जाज्वल्यमान भएर स्थापित हुनुपर्छ । सम्झौंः दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनसम्मको निर्माणमा वीरेन्द्रको योगदान अतुलनीय थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा