इस्तानबुल । टर्कीको पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ । यो देशको अन्तरिक्ष कार्यक्रममा महत्वपूर्ण कोशेढुंगा भएको यातायात तथा पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले बताउनुभएको छ । ‘टर्कस्याट ६ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गर्नुभएको छ । ‘हाम्रो राष्ट्रिय गौरवले टर्कीलाई अन्तरिक्ष गतिविधिमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा उचाल्ने र हाम्रो सञ्चार पूर्वाधारलाई बलियो बनाउनेछ’, उहाँले भन्नुभएको छ ।
स्थानीय समयानुसार शनिबार बिहान ५ बजे अन्तिम प्रज्वलनपछि उपग्रह ३५ हजार ७८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’मा पुगेको थियो । कक्षामा थप परीक्षण गरिसकेपछि टर्कस्याट ६ए सन् २०२५ को पहिलो त्रैमासिकसम्म सञ्चालन हुने अपेक्षा गरिएको छ । टर्कस्याट ६ए जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको थियो । रासस/सिन्हृवा ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा