
(त्यस्तो कथाको पात्र हो वीरेन्द्र वीर विक्रम शाहदेव, जसलाई हामी वीरेन्द्र वा राजा भन्ने गर्थ्यौं, त्यही कथाको सानो झल्को)
नायकः
मुलुकको पहिचान केले स्थापित गर्छ ? यो एउटा गहिरो सवाल हो । मानवीय संस्कृति एवं भाषाले मानिसलाई अलग देखाउँछ । त्यही अलग परिचयको मानव समुदायमा अर्को विशिष्ट व्यक्तित्व स्थापित हुन्छ जसले आफू हुनुको गर्व गर्छ । विशिष्ट नायक, आदर्श पुरुष, आस्थाको केन्द्र जसले त्यस समाज र मानवको सोच र व्यवहारलाई सदा प्रेरणा र निर्देश गरिरहेको हुन्छ ।
मानिस भन्ने गर्दछन्: नेपाल सरहदको यो भूमिमा २६ सय वर्षअघि नै त्यो महान् नायक पुरुषको जन्म भयो, जसले सारा एशियाली भूभागमा करुणा र मैत्रीको सन्देश दियो । नेपालीको गर्व गर्ने महानायक बुद्ध अर्थात् सिद्धार्थ गौतम । आजको कालसम्म त्यो महान् नायकलाई भलै ईश्वरीय तहमा राखिएको भए पनि त्यो आस्थाको धरोहर हो । जीवन्त समाजलाई एकतासूत्रमा बाँधिराख्न यौटा विम्ब अनिवार्य हुन्छ । नेपालीका लागि बुद्ध उच्चतम हिमालय शिखर जस्तै उच्च हुन्छ । विगतमा धेरै पात्र छन् । गुणकामदेव, मानदेव, अंशुवर्मा हुन् वा जयस्थिति मल्ल नेपालका गर्व गर्ने पात्र हुन् । हरित तारा भृकुटीको स्मरण पनि गर्वको विषय बन्छ । चाँगुनारायण मन्दिर नेपाली आस्था, वास्तुकला र प्राचीनतम संस्कृतिको परिचय हो । नेपालको साँस्कृतिक कलाको पहिचान हिजोको प्रतिच्छाया आजमा पनि निरन्तर छ र आस्थाको केन्द्र सामाजिक सोचभित्र रहन्छ ।
विधिको शासन वीरेन्द्रको पहिलो प्राथमिकता स्पष्ट अनुभव गर्न सकिन्छ । यी सब तथ्यले नेपाली समाज र यसको आदर्शपात्रका रूपमा राजसंस्थालाई उच्चतम सम्मानित र स्वीकृत बनाउने वीरेन्द्र एक मात्र नायक हुन् ।
आधुनिक नेपाली समाजमा चार नारायणले वेष्ठित यो उपत्यका विष्णुको पालनहारका रूपमा स्थापित छन् । बूढानीलकण्ठको महत्त्वलाई धार्मिक रूपमा मात्र हेरिनु हुन्न, अपितु सामाजिक एकताको सूत्रमा बाँध्ने आशाको केन्द्र पनि हो । राष्ट्रिय चिन्तनको यस सन्दर्भमा मानवीय संयुक्तशक्तिको पुञ्ज मानिसभित्रैबाट यौटा व्यक्तित्व स्थापित हुन्छ । पालन रक्षा गर्ने वैष्णवी शक्तिको प्रतीक बन्छ राजा । यो उपाधि एक व्यक्तिमाथिको सामूहिक स्वीकृतिको द्योतक हो । जसरी विष्णु पालनकर्ता, त्यसरी नै राजा पनि विष्णुको अर्को रूपमा मान्यताप्राप्त छ । नेपाली समाजको विशिष्टता नै आजको सामुदायिक सोच र शक्तिलाई देवत्त्वकरण गर्ने हो । त्यसैले राजा राज्यको मूलनायक मात्र होइन, समाजलाई डोर्याउने एकल आस्थाको केन्द्र समेत बन्छ । राजालाई त्यसै निरर्थक रूपमा राष्ट्रनायक भनिएको होइन । ऊ पनि साँचो अर्थमा राष्ट्रको प्रतिनिधित्व गर्ने प्रथम पुरुष नायक हो ।
यहाँ एउटा प्रसंगको चर्चा हुनैपर्छ । राजा राष्ट्रको आस्था र विश्वासको निर्देश गर्ने नायक हो । जसरी सिद्धार्थ गौतम बुद्धलाई गर्वसाथ स्वीकार गर्थे, त्यसरी नै नेपालले आफ्ना नायकका रूपमा राजालाई स्वीकार गरिआएको छ । नेपाल र नेपालीका निम्ति जसरी बुद्धको शक्ति र करुणाको सन्देश प्रिय छ, त्यसरी नै मुलुकको शान्ति र स्वतन्त्रतापूर्वकको समृद्धिका लागि राजाको योगदान पनि प्रेरणादायक छ । राष्ट्रिय नायकका रूपमा आधुनिक नेपाली समाजमा मान्यता पाउँछ भन्ने आधुनिक प्रजातान्त्रिक समाज निर्माणमा योगदान पुर्याउने वीरेन्द्रकै नाम अग्रणी रूपमा आउँछ । राजा त्रिभुवनले राणा शासनबाट मुक्त भएको घोषणा गर्दै प्रजातन्त्रको जग हाले भने राजा वीरेन्द्रले साँचो अर्थमा संवैधानिक अभ्यासलाई प्रजातान्त्रिक पद्धतिलाई व्यावहारिक रूपमा लागू गर्ने प्रयास गरे । मानिसहरूमा राजाको भूमिका र उसको देनबारे कम जानकारी प्रवाह भएको छ । राजसंस्था आफ्नो बखान आफै गर्दैन, ऊ आफै मपाइँ गर्दैन, घटनाक्रम र इतिहासले उसको मूल्यांकन हुन्छ । सही अर्थमा नेपालको आधुनिक हिरोमा वीरेन्द्रलाई पहिलो पङ्क्तिमा राख्नुपर्छ भन्ने यथेष्ट कारण दिन सकिन्छ ।
विधिः
वीरेन्द्रको कामको मूल्यांकन गर्दा यान्त्रिक चेतनशून्य थिएन, बरु मान्त्रिक चिन्तनको उपज थियो । चिन्तन मनन र बोधबाट अभिप्रेरित थियो । उसले विरासतमा पाएको पद्धतिलाई जीवन्त बनाउने काम गर्यो, संशोधन गर्यो, परीक्षण गर्यो । प्रजातान्त्रिक मूल्यलाई व्यतित गर्ने र सदा जनचाहनामा अघि बढ्ने व्यक्तित्वको परिचय मिल्छ । जनमतसंग्रह होस् वा २०४६ सालको जनताको माग वीरेन्द्रले जनताको मतलाई कहिल्यै अस्वीकार गरेर आफै हठ लाद्ने जबर्जस्त शक्ति प्रयोग गरेन । यो मुलुकको राजकीय सत्तालाई जनचाहना अनुसार चल्ने राजा वीरेन्द्रलाई मान्नुपर्छ ।
बेलायती संसदीय प्रणाली र राजसत्ताको गहिरो अध्ययन गरेका वीरेन्द्रमा तन्त्र (पद्धति) प्रजामाथि ठूलो विश्वास रहेको अनुभव हुन्छ । उनले कहिल्यै द्वन्द्वमा रक्तपात हुन दिएनन् । यसलाई कारणभावको रूपमा हेर्नुपर्छ । राजाको मर्यादा प्रजारञ्जन हो भन्ने वीरेन्द्रको अटल विश्वासको परिणाम थियो । २०४६ सालमा पार्टी प्रतिबन्ध खोलिदिनु, २०४७ सालमा आफ्नो राजकीय शक्तिको प्रयोग गरी संविधान घोषणा गर्नु, निरंकुश र आततायी संस्कारबाट मुक्त भएको राजतन्त्र जनतामा स्थापित गर्नु वीरेन्द्रको अतुलनीय उपलब्धि स्वीकार गर्नुपर्छ । विधिको शासन वीरेन्द्रको पहिलो प्राथमिकता स्पष्ट अनुभव गर्न सकिन्छ । यी सब तथ्यले नेपाली समाज र यसको आदर्शपात्रका रूपमा राजसंस्थालाई उच्चतम सम्मानित र स्वीकृत बनाउने वीरेन्द्र एक मात्र नायक हुन् । यो राष्ट्रलाई एउटा गतिशील र सम्मानित बनाउनमा वीरेन्द्रको भूमिका तुलना गर्न सकिन्न । आज वीरेन्द्रले खडा गरेको पाँच विकास क्षेत्र र ती क्षेत्रमा पाल टाँगेर जनताको अप्ठ्यारो हेरेर विकासको खाका कोर्ने कोही माइकालाल खडा देखिँदैन । वीरेन्द्रले मुलुकलाई नयाँ आयाम दिएकै हो । इतिहासले स्वीकार गर्ने यही हो ।
जनताको नाडीः
आफ्नो युवावस्थामा तराई र पहाडका कन्दरा चहारेका वीरेन्द्रमा यथार्थपरक ज्ञानको अपार भण्डार थियो । कसैले पनि राजा वीरेन्द्रलाई वस्तुगत तथ्यबाट अल्मल्याउन सक्दैनथ्यो । विश्वका सम्मानित विश्वविद्यालय टोकियो विश्वविद्यालय होस् वा हार्वर्डको अध्ययन, वीरेन्द्रमा विश्लेषणात्मक दृष्टिकोण विकसित भएको वीरेन्द्रको तीक्ष्ण विद्धता कमजोर थिएन । नेपाली भूभाग आफैँ चहारेकाले भूगोल र भूबनोटबारे जानकारी थियो । मुलुकबारे जान्नु भनेको भूगोल र त्यसको सीमा मात्र होइन, त्यहाँ बस्ने मानिस, तिनको सांस्कृतिक जीवनशैली र तिनका मान्यताहरूबारे जानकारी राख्नु पनि हो ।
यस अर्थमा शाहवंशको इतिहासमा बडामहाराज पृथ्वीनारायण जति भूभागमा पैदल नापे, त्यसपछिको पहिलो व्यक्ति थिए, वीरेन्द्र जसले पैदल नेपालको भूभाग छिचोलेको होस् । जनताकै घरदैलोमा बास बस्ने र तिनका लोकोक्ति सुन्ने अवसर वीरेन्द्रलाई थियो । जसको परिणाम राज्यारोहणको दोस्रो वर्ष नै नेपालको विकास क्षेत्र पाँच बन्यो । भौगोलिक बनोट, विकासका पूर्वाधार, उद्योगधन्दा, सञ्चार र उत्पादनका दृष्टिबाट यौटा आयामिक निर्णय लिएको थियो, विकास क्षेत्र । भूगोल चिनेको, जनता चिनेको र जीवनशैली चिनेको हुनाले विकास क्षेत्रको संरचना वैज्ञानिक र व्यावहारिक ठहरियो ।
राष्ट्रको सार्वभौमिकता र अखण्डताप्रति दह्रो रूपमा उभिने र जनताको बाँच्ने अधिकारलाई अकुण्ठित अवसर दिने राजा वीरेन्द्रको विश्वव्यापीकरणको शिक्षाले महत्त्वपूर्ण भूमिका दिएको देखिन्छ । जनताप्रतिको संवेदनशीलताको कुरा गर्दा २०३६ सालको विद्यार्थी आन्दोलनलाई लिएर गोरखापत्र संस्थानमा भएको आगलागी र विद्यार्थी नेताहरूलाई मोसो दलेर सहर घुमाएको सानो घटना राजाका लागि अत्यन्त मर्मको विषय भयो । राजनीतिमा सन्तुलन र संयमको वातावरण हुँदाहुँदै जनमतसंग्रहद्वारा जनताको चाहना बुझ्ने राजइच्छाले राजतन्त्रको इतिहासमा विशिष्ट स्थान राख्छ । यहाँनेर विराज बखेती होइन, कालु पाँडेलाई कजाइ दिनु परेको बडामहाराजको कथन स्मरणीय छ । जनता र छरछिमेकको विचार बुझेर अघि बढ्ने कुरा शासन सत्ताको विवेकको परिचय हो । जनतालाई राजनीतिक चेतना र निर्णयको अवसर मात्र दिइएन कि खुला छलफलबाट निष्कर्षमा पुग्ने प्रजातान्त्रिक पद्धति पनि स्थापित भयो । वादे वादे जायते तत्त्वबोधमा आधारित समाज मुखाले र जीवन्त हुन्छ । खास कुराहरू विचार मन्थनको चाल्नोमा छानिँदै जान्छन्, असल र काम लाग्ने कुरालाई समाजले ग्रहण गर्दछ ।
यहाँनेर अर्को महत्त्वपूर्ण पक्षलाई नजर अन्दाज गर्नुहुन्न । जनताको गाँस, बास र कपासको दार्शनिक नीति व्यवहारमा उतार्न वीरेन्द्रबाट अथक प्रयास भएको पाइन्छ । एशियाली मापदण्डको उदघोष वीरेन्द्रबाटै भएको हो । भूमि आयोगद्वारा सुकुम्बासीलाई गाँसका लागि जमिन दिने नीति एउटा पक्ष हो । आफै भूमिमा आवास पाएपछि जमिनको उत्पादन बढाउन र गाँसको प्रबन्धनमा जनताको संलग्नता असल सोचको योजना थियो । जहाँसम्म कपासको कुरा छ, त्यो उद्यमशीलताका लागि जनस्तरमा अभिप्रेरित गर्नु हो । प्राविधिक शिक्षा, सीप विकास र आर्थिक प्रगतिमा मानव कौशल र सीपको योगदान होस् भन्ने वीरेन्द्रको धारणा थियो । विकसित मुलुकको आर्थिक क्रियाकलाप निहारेका र देशको समृद्धिमा राज्य र जनताको भूमिका के कति भन्ने कुराको विश्लेषणबाट नै गाँस, बास र कपासको अवधारणा अगाडि आएको थियो ।
आफ्नो शासनकालभरि वीरेन्द्रबाट लहडमा वा बलमिच्याइँमा कुनै कार्य भएन । सन्तुलित र पूर्ण विश्लेषणपछि मात्र कार्यहरू अगाडि बढाइयो । हो, जहाँ सामूहिक प्रयास आवश्यक पर्छ, जहाँ राजसंस्थालाई शक्तिमा फरकपन हुनुहुन्न । जनताले नै कैयौं अर्थमा राजालाई हल्का रूपमा लियो, नजीकको तीर्थ हेला झैं केही राजनीतिक महत्त्वाकांक्षा बोकेका राजनीतिक नेताको संकीर्ण सोच र स्वार्थले राजाको शालीन छवि बिगार्ने काम भयो । यसले गर्दा हाम्रा विकासका मोडल र यात्राका गन्तव्यहरू अलमल्लमा परे । यो आजको यथार्थ हो ।
शान्तिको पक्षमाः
राजा वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषणा गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरे । एक सयभन्दा बढी राष्ट्रले नेपालको शान्तिक्षेत्रको प्रस्तावलाई समर्थन गरे । यो प्रस्ताव शक्तिराष्ट्रहरूको सैन्य होडबाजी र कमजोर राष्ट्रमाथि आफ्नो प्रभुत्व लाद्ने विरुद्धको दूरगामी सोचबाट आएको प्रस्ताव थियो । २९-३० वर्षको त्यो तरुण यौटा सार्वभौम राष्ट्रको राजा थियो । उसमा चिन्तन र सोचको गम्भीरता थियो । जसबाट विश्व समुदायका राष्ट्रहरूले नेपाललाई समर्थन गरे । नेपालको शान्तिक्षेत्रको सफलताले विश्वका अन्य साना राष्ट्रले आफ्नो अस्तित्वको रक्षामा गतिलो भूमिका देख्थे । नेपालको कुटनीतिक छवि विश्वव्यापी रूपमा स्थापित भएको थियो । यही शान्तिक्षेत्रको प्रस्ताव रोटीबेटीको सम्बन्ध भनिएको छिमेकी भारतका लागि नेपालको अन्तर्राष्ट्रिय इज्जत र छवि मान्य भएन । भारतकै पक्षमा उभिएर तत्कालीन यूएसएसआर रूसले आफ्नो पुरानो बचन फिर्ता लियो । अन्तर्राष्ट्रिय स्वार्थ सैन्य व्यापार र आफ्नै बर्चश्व राख्ने मानसिकताले गर्दा शान्तिक्षेत्रको प्रस्ताव अलमलमा पर्यो । नेपाली गौरवको विषय जनस्तरमा अझै पनि अलमलमै छ भने राजनीतिक नेताहरूमा कूटनीतिक इज्जत र मर्यादाको मूल्य नै थाहा छैन । नेपालको छवि विश्व मानसपटलमा जसरी वीरेन्द्रले उच्च बनाएका थिए, त्यो उचाइका लागि कठोर परिश्रम र नीतिगत स्पष्टताबाट प्राप्त भएको थियो । वीरेन्द्रबाट जहाँ जहाँ प्रतिनिधित्व भयो, त्यहाँ त्यहाँ नेपालको इज्जत भयो । अमेरिकी राष्ट्रपतिसँगको भेटवार्ता होस्, वा जापानका सम्राट्सँग राजाको वजन, नेपालको साख प्रस्फुटित भएको पाउँछौं । पूर्व-पश्चिमको सन्तुलन र उत्तर-दक्षिणको विश्वास कायम गर्न वीरेन्द्रबाट भएको योगदान अतुलनीय थियो ।
विश्वव्यापी रूपमा भाइचारा एकताको भाव पैदा गर्ने, मुलुकको सम्पन्नताका लागि सबैको सद्भाव प्राप्त गर्ने र विश्वशान्तिका लागि दिगो प्रयास गर्ने जुन अठोट वीरेन्द्रमा देखिन्छ, त्यो बिरलै मानिन्छ । असंलग्न राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रबाट व्यक्त विचारहरू गम्भीर प्रकृति र दूरगामी परिणाम दिने खालका छन् । यसैगरी क्षेत्रीय सहयोगका लागि खडा भएको सार्कलाई नयाँ आयामको उचाइमा पुर्याउन राजा वीरेन्द्रले गरेको प्रयास चिरस्मरणीय छ ।
शान्ति र समृद्धि वस्तुगत सैद्धान्तिक आधार थियो, वीरेन्द्रको राज्य सञ्चालनमा । यो कुराले आज पनि त्यति नै महत्त्व राख्छ । द्वन्दरहित समाज मात्र होइन, द्वन्दरहित मानव सभ्यताको चाहना उच्चतम दर्शन हो । समृद्धि र प्रगति त मानव स्वभाव नै भयो । आजको राज्यसत्ताको नेतृत्वमा जान सोच र सोचाइको दरिद्रता देखिन्छ, त्यसले आम मानिसमा निराशा पैदा भएको छ । राजा जनताको पक्षमा सामूहिक नेतृत्व गर्छ, राजनीतिक पार्टीहरूले त्यो एकल शक्तिको मर्म छुनै सक्दैनन् । आजको दुर्भाग्य नै मान्नुपर्छ : नेपालीले शान्तिक्षेत्रको मागलाई जीवन्तता दिन सकेन किन ? प्रश्न गम्भीर छ ।
वास्तविक तवरले यथार्थपरक भएर सोच्ने हो भने नेपालको भूराजनीतिक संवेदनशीलता र उसको अस्तित्वको मर्यादा कायम राख्न शान्तिक्षेत्रको अवधारणाले निरन्तरता पाउनुपर्ने थियो । तर राजनीतिक दलको नेतृत्व वर्गको संकुचित सोच र विषयको गम्भीरता बुझ्नै नसक्ने अवस्थाको कारण देशको अस्मिताको रक्षार्थ आएको महानतम् नीति ओझेलमा पर्यो । मुलुकले त्यसको परिणाम आजदेखि भोगी रहेछ । विश्वजगतमा उदीयमान राष्ट्रका रूपमा कुन छवि प्राप्त थियो त्यो लोप भयो । नेपालीलाई फ्री-भिसा दिने मुलुकहरूको पनि भिसा दिन छोडे, हाम्रो प्रतिष्ठा र सम्मानमा धक्का लागेको छ । आज नेपाली परिचयको राहदानीको हालत के छ, जगजाहेर छ । राष्ट्रिय नेतृत्व गतिलो भए मुलुक र जनताको इज्जत र प्रतिष्ठा तद्नुरूप बढ्दो रहेछ भन्ने कुरा शान्तिक्षेत्रलाई समर्थन गर्ने विश्वका सयौं देशको गल्तीले पनि प्रमाणित गर्दछ ।
विविधता र एकताः
नेपाल भूबनोटले विशिष्टतापूर्ण छ । विश्वका अग्ला हिमालको गणना गर्दा नेपाली भाग नै पहिलोमा आउँछ । भाषिक दृष्टिबाट पनि सानो क्षेत्रफलभित्र सयभन्दा धेरै भाषिक समूह छन् । तिनका आफ्नै संस्कृति, परम्परा, मान्यता र संस्कार छन् । भाषाको फरक त छँदै नै छ, साथै विभिन्न जातजातिको अलग पहिचान छ । यहाँ जात एउटा छ, जाति अर्को छ, यतिबिघ्न विविधता भएको मुलुक विश्वमा बिरलै होला । हिमाल, पहाड, तराईको यो भूभाग विश्व मानचित्रमा सानो देखिए पनि ५०० मिटरदेखि ८,००० मिटरको उचाइको भूभागमा छ । यस मुलुकमा ३६ प्रकारको मौसमी जलवायु क्षेत्र देखिन्छ ।
चुरो कुरो ! गणतन्त्रको यस कालखण्डमा आइपुग्दा नपुग्दै आम नेपालीमा राजनीतिक दलहरूमाथि भरोसा छैन, वितृष्णाभाव बलियो भएको छ । अकर्मण्यता र भ्रष्ट आचरणले पार्टी नेतृत्ववर्ग बदनाम छ । संघीयताका नाममा खडा भएका प्रदेशहरू राजनीतिक दलको भर्तीकेन्द्र जस्तो भएका छन् । प्रदेशको औचित्य समाप्त भएको छ ।
यस भूभागको विविधता र त्यस विविधताभित्र प्राप्त पर्यावरण र मानव जीवनशैली अद्भुत देखिन्छ । संस्कारमा, संस्कृतिमा उत्पादन र उपभोगमा फरकफरक भए पनि त्यो विविधतामा एकताको सूत्र अचम्मित पार्ने खालको थियो । त्यो थियो, एकताको खम्बासूत्र राजा । यहाँ राजाको वैयक्तिक पात्रता मात्र होइन, यो सम्मानित संस्था भरोसा र आस्थाको केन्द्र थियो । संस्थाको नेतृत्व गर्ने व्यक्ति वीरेन्द्र नेपालको आधुनिक इतिहासमा उच्चतम सम्मानित व्यक्तित्वमा स्थापित हुन्छन् । उनले मुलुकमा आत्मविश्वास लगाएका थिए, मुलुकको गन्तव्य र लक्ष्य निर्धारण भएको थियो । वीरेन्द्रलाई युरोपेली राजतन्त्रको भूमिका कस्तो छ, त्यो बुझ्ने मौका मिलेको थियो । जापानी राजतन्त्रको सम्मानको अवस्था पनि देखिएको थियो । लोकतन्त्रको नमूना भएको अमेरिकी पद्धति पनि थाहा थियो । यही कारण हो कि संवैधानिक राजतन्त्रको अभ्यासलाई आफ्नो राजकीय शक्तिको प्रयोग गरी २०४७ को संविधान दिएबाट स्पष्टता मिल्छ । जनता जे चाहन्छन्, चाहनाको आधार राजनीतिक सिद्धान्तका दल र तिनले प्राप्त गर्ने जनअनुमोदन नै राज्य सञ्चालनको मूलवस्तु मानियो ।
राजा वीरेन्द्रले २०४७ सालमा संवैधानिक राजतन्त्रको मर्म अनुसार कदम चालेकोमा विश्व समुदायले स्वागत र प्रशंसा गरेका कुरा बिर्सनु हुन्न । आन्तरिक राजनीतिक अस्थिरता र अन्यौल समाप्त पार्दै मुलुकलाई नयाँ गन्तव्यमा हिँडाउन भएका कार्यहरूले नयाँ आयाम त पायो तर प्रजातन्त्रको खुला वातावरणमा समाजवाद र साम्यवादका दुई ध्रुवका राजनीतिक दलको द्वन्द्व र आपसी अविश्वासले मुलुकलाई वान्छित फल दिन सकेन । राष्ट्रिय नीति अलमलमा पर्यो, आर्थिक मामिला कमजोर बन्यो, राज्य संयन्त्रलाई जनताको सेवामा होइन कुनै समूह वा दलको पृष्ठपोषण बनाउने कुराले करिबन अराजक समानतर्फ उन्मुख बनायो । यत्र तत्र सर्वत्र राजनीतीकरण भयो । राजसंस्थाले प्राप्त गरेको सर्वव्यापी जनजनको समर्थन र ऐक्यबद्धता खलबलियो । प्रजातन्त्रको परिभाषा पार्टी खोल्ने अधिकार हो भन्ने मात्र ठानियो । कुनै पार्टीले आफ्नो घोषणापत्र अनुसार जनता सामु कबुल गरेका कुरा पूरा गर्नु त कता हो कता, कसैको चुनावी घोषणा झुठो वाचा बन्न पुग्यो ।
यस्तो अराजक र गैरजिम्मेवार अवस्थाबोध भएर पनि राजा वीरेन्द्रबाट आफूले दिएको संविधान र संवैधानिक राजाको सीमा मर्यादाको उल्लंघन भएन र उनी दलका आपसी वैर(द्वन्द्वमा साक्षीका रूपमा बसे । यस कुरालाई कोही अतिवादीहरू वीरेन्द्रलाई कमजोर भलाद्मी भनेर चित्रण गर्छन् । जुन कुरा सत्य थिएन ।
चुरो कुरो ! गणतन्त्रको यस कालखण्डमा आइपुग्दा नपुग्दै आम नेपालीमा राजनीतिक दलहरूमाथि भरोसा छैन, वितृष्णाभाव बलियो भएको छ । अकर्मण्यता र भ्रष्ट आचरणले पार्टी नेतृत्ववर्ग बदनाम छ । संघीयताका नाममा खडा भएका प्रदेशहरू राजनीतिक दलको भर्तीकेन्द्र जस्तो भएका छन् । प्रदेशको औचित्य समाप्त भएको छ । संविधानसभाको नाटक मञ्चन भयो, तर त्यसले बनाएको संविधान मुलुकका लागि आम जनताको नागरिक अधिकार रक्षा गर्न र मुलुकको समग्र विकासका लागि अब बोझ बन्दैछ । यो प्रत्यक्ष अनुभूत वर्तमान हो ।
एकताको, भरोसाको, सम्मानको प्रतीक बनेको राजसंस्थालाई अस्वीकार गर्नेहरू आज पछुतो मान्दैछन् । राजा वीरेन्द्रलाई स्मरण गर्नुपर्ने कारण किन छ भने उनले यो राष्ट्रको अखण्डता, स्वतन्त्रता र मर्यादालाई कुनै समय पनि कमी आउन दिएनन् । नेपालभित्र आस्था र भरोसाको मानक थियो राजसंस्था । विश्व राजनीतिक कूटनीतिक सम्बन्धमा नेपाल सम्मानित थियो । राजाको त्यो गहनतम योगदान र भूमिकालाई आजको पुस्ता कत्ति पनि जान्दैन । इतिहास शिक्षा हो भने वर्तमान बुझ्न पनि विगत बुझ्पर्छ । राजा वीरेन्द्रलाई धेरै आयामबाट हेर्दा मुलुक सम्पन्न स्वतन्त्र र ऐक्यबद्ध बनाउन गरिएको काम र कदम इतिहासको महानतम उपलब्धिमा गणना हुन्छ ।
तन्त्र (पद्धति) को कुराः
विश्वको इतिहासमा राज्यको सामूहिक नेतृत्व गर्ने यौटा पात्र छ, सभ्यता जुनसुकै होस्, स्थान जहाँसुकै होस्, राजा सम्राट् वा कुनै नाम । विश्वमा धेरै स्थानमा राजा वा राजा रहने पद्धति समाप्त भयो । नेपाल मात्र एउटा यस्तो देश हो जसको नेतृत्व र अभिभावकत्व राजतन्त्रले लिएको छ । कपिलवस्तुमा शुध्दोधन राजा हुँदा नेपाल उपत्यकामा गोपाल वंश चलेकै थियो । नेपाल विश्व इतिहासमा प्राचीनतम मुलुक हो । जसको इतिहास राजतन्त्रको निर्विच्छिन्न उपस्थितिबाट अनुगृहीत छ । उपत्यकाका यलम्बर हुन् वा काठमाडौंका प्रताप मल्ल, जुम्लाका क्राचल्ल हुन्, जहाँ नेपाली जनजनमा राजाको मान्यता अक्षुण्ण थियो र छ पनि ।
नेपालको उपत्यका बाहेक थप विस्तार र बृहत् सरहदको कुरा गर्दा बडामहाराज पृथ्वीको नाम त आयो नै । ती राष्ट्रिय नेतृत्वहरू जसले नेपाली पहिचान थिए, भृकुटी हुन् वा अरनिको, अमरसिंह हुन् वा राजा जनक, नेपाली जनमानसका सम्मानित नायक हुन् । हरेक राष्ट्रमा आदर्शपुरुष र अनुकरणीय नायक हुन्छन् । त्यसमा आधुनिक नेपालमा विभूतिको कमी छैन । ती व्यक्तित्वहरूले आफ्नो समयमा विशेष भूमिका निर्वाह गरे, जुन आज पनि स्मरणीय छ ।
नेपालमा राजतन्त्रमा अनुदारवादी र क्रुर चरित्रको कदापि देखिन्न । धर्म, संस्कृति, परम्परा, संस्कार र नैतिक मूल्यले जनताको अभिमतबाट अभिषेक गरिएको व्यक्ति (राजा)जनताकै भावनामा चलेको छ । शाहवंशको कुरा गर्दा त झन् मर्यादित पाइन्छ । हो, यसक्रममा रणबहादुरले ६२ हरण गरेर, जातपातको भेदभाव मेटाउने प्रयास गर्दा विरोध ब्राह्मण वर्गबाट भयो । तर तत्कालीन अवस्थामा जातीय विभेद हटाउने प्रयास क्रान्तिकारी सोच थियो । नेपाल एकीकरणमा सतलजसम्म गोर्खालीको खुकुरी नचाउने नेतृत्व बहादुर शाहले गरेका थिए, त्यो कुरा राजाका छोराबाटै भएको थियो । नेपालीलाई प्रजातन्त्रको ढोका खोल्ने काम राजा त्रिभुवनबाट भयो जसलाई आज सम्मानपूर्वक राष्ट्रपिताको नाम दिइन्छ । प्रजातन्त्रको घोषणा गरी एक प्रकारको बन्धन र कैदको जीवन गुजार्न बाध्य भएको नेपाली जनता राजतन्त्रको कारणबाट मुक्त भयो । नयाँ क्षितिज खुला संसारमा आँखा उघारेर हेर्न पायो । इतिहासको यो फड्को राजतन्त्रकै योगदान हो । यसमा द्विविधा हुन्न । राजा त्रिभुवनको प्रजातान्त्रिक शासनकाल मुस्किलले चार वर्ष चल्यो । अशिक्षा, अभाव र कठिनाइको भुमरीमा रहेको नेपाली जनमानसले प्रजातन्त्रको सही उपभोग गर्ने अवसर नै जुरेन । राजधानी केन्द्रित राजनीतिले पहाडका कन्दरासम्म पुग्नै पाएको थिएन । त्रिभुवनको इतिश्री भयो । आजको राजनीतिक दलको एकोहोरो राग र रोदन के छ भने २०१७ सालमा जननिर्वाचित संसद् र सरकार भंग गरेर राजा महेन्द्रले निरंकुशता लादे । आजको पुस्ता त्यो पुरानो अवस्था बुझ्न । तत्कालीन नेपाली कांग्रेस पार्टीका नेता बीपी कोइराला मात्र यस्तो पात्र थियो, जसले विश्व समाजवादी चिन्तनको प्रतिनिधित्व गर्यो । उनमा अध्ययन, बौद्धिकता र गन्तव्यबारे गम्भीरता थियो । तर अन्य नेता र नेतृत्वमा प्रजातन्त्रको मर्म र सञ्चालनको कुनै ज्ञान र अनुभव थिएन । ती एक प्रकारले योग्यताले होइन, भाग्यले नेता भएका थिए । नेपालको प्रजातान्त्रिक व्यवस्थालाई बेलायतको वेस्ट मिनिस्टर सिस्टमको नक्कलमा उतारिएको थियो । राजा र पार्लियामेन्टको अन्योन्याश्रित सम्बन्धमा बेलायती अनुभव नेपालसँग थिएन । फलस्वरूप स्वीकृत संविधान सबै पार्टीले मानेकै थिए । राजा महेन्द्रले नेपाली परम्परा र इतिहासको मर्मलाई समातेर पञ्चायत दर्शनलाई अगाडि बढाउनुलाई निरंकुशता भनिन्छ । वास्तवमा पञ्चायत कालमा बाहिरी दर्शन र मान्यताबाट प्रेरित राजनीतिक दलमाथि प्रतिबन्ध थियो । जनताको यौटामात्र अधिकार भनौं, राजनीतिक अभ्यास संगठित हुने र समाजलाई भिन्नभिन्न विचारमा बाँड्ने काममाथि रोक थियो । राजा महेन्द्र आततायी थिएनन्, अपितु राज्य संयन्त्रभित्र आवश्यक पर्ने सबै अंगको निर्माण र देशको आर्थिक विकासको खाका उनकै शासनकालमा कोरिएको हो । आजका दिनसम्म आइपुग्दा आफूले गर्व गर्ने नायकको खोजी भएको छ । राजनीतिक दलमध्ये सबैभन्दा उदार मानिएको नेपाली कांग्रेस बीपी कोइरालाको नाम जप्ने मुल्लावादी भएको छ । समाजवादको अध्ययन शून्य छ, राष्ट्रिय स्वार्थको कुनै दरिलो विश्लेषणयुक्त आधार छैन । चुनाव जित्न र सत्तामा जाने ध्यान त्यति मात्र । र्को राजनीतिक दल कम्युनिस्ट नामका पसलेहरू छन् । मार्क्स, लेनिन, माओ र चे ग्वेभाराको कथा अध्ययन गरेको जमात नेपाली उदार समाजलाई वैज्ञानिक समाजवादको नाममा उत्तर कोरियाको आदर्श देख्छ । कम्युनिस्ट नेताहरू यति धेरै अध्ययन बुद्धि भएका छन् कि हरेक चर्चित नेताको आफ्नो पार्टी छ । धेरै ब्राह्मणहरू एकै ठाउँमा नअटे झैं पार्टीका बाठा कम्युनिस्टहरू एकमतमा आउनै सकेनन् । यो विडम्बनाको भोगाइ आज नेपाली राजनीतिक परिदृष्यको यथार्थ हो । विधि र विधानप्रति जिम्मेवार नहुने सत्ताको खेलले आम जनमानसमा वितृष्णा र घृणाले व्यापकता छाएको छ । ७५ वर्षको नेपाली राजनीतिक दलको इतिहासमा यौटै पनि यस्तो पात्र पाइएन, जसप्रति राष्ट्रिय रूपमा स्वीकृतिको मोहर लागोस् । यस पृष्ठभूमिमा परिस्थिति पछाडि फर्केर आफ्नो काम र कमजोरीको विश्लेषण गर्दा राजतन्त्रको भूमिका अझ प्रखर भएर आउँछ ।
नेपाली भूमिको राजतन्त्रात्मक व्यवस्थाको ऐतिहासिकता र त्यसको महत्त्वमा नेपाल र नेपाली अगाडि देखा पर्छ । आधुनिककालमा २००७ देखि २०६३ सम्मको अवस्था वर्तमान पुस्ताकै अनुभूत कुरा हो । नेपाली जनमानसमा भ्रम सिर्जना गरियो, राजतन्त्र विकासको बाधक भनेर । तर वास्तविकता अर्कै थियो । हेरौं र चिन्तन गरौं : २०२८ सालमा राजगद्दीमा बस्दा वीरेन्द्र फगत २६ वर्षका मात्र थिए । पञ्चायत पद्धति उनलाई विरासतमा आइलागेको थियो । समाजवाद वा राजतन्त्रबारे वीरेन्द्रको अध्ययन फरक थियो । उनले उदारतापूर्वक जनताको प्रतिनिधित्वलाई क्रमशः अगाडि बढाए । संविधानमा पहिलो संशोधन गरे, जनमतद्धारा जनताको अभिमत बुझे, २०४७ सालको संविधान दिएर प्रजातान्त्रिक राज्य व्यवस्थाको सूत्रपात गरे । त्रिभुवनकालीन प्रजातन्त्रले चार दशकपछि पूर्णता पायो । पञ्चायतकाल सञ्चालन गर्नु वीरेन्द्रको बाध्यता थियो । मुलुकमा कुनै कानून व्यवस्था बदल्न समयमा परीक्षित र खारिएको हुनुपर्छ । प्रजातन्त्रको मर्म अनुसार राजनीतिक नेतृत्व नचलेको गुनासो ६० वर्षपछि पनि त्यही दोहोरिएको छ ।
आदर्श पात्रको रूपमा त्रिभुवनपछि राजा वीरेन्द्र नै प्रजातन्त्रका सच्चा प्रणेता हुन् भन्नुपर्छ । वीरेन्द्रको शासनकाल नेपाली समाजको सन्तुलन र समन्वयात्मक अवस्थाको द्योतक हो । आदर्श र प्रेरणाका लागि इतिहासमा पात्रको खोजी गरिन्छ । अवसानको दुई सय वर्षपछि पनि नेपोलियन फ्रान्सका आदर्श हुन् । विस्मार्कको जर्मनी जिउँदै छ, भारतका महात्मा गान्धी एक युगपुरुष हुन् । गौतमबुद्ध भगवानमा दाँजिए र नेपालीका गौरव पात्र भए । सम्राट् अशोक इतिहासका सम्मानित पात्र छन् । समय अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिपात्र हुन्, जसलाई आदर्श नायकका रूपमा सम्मान गरिन्छ । नेपाली वर्तमान र आधुनिक जीवन्त समाजमा प्रजातान्त्रिक पद्धतिको स्थापना र विकासमा राजा वीरेन्द्र आदर्शपुरुषका रूपमा गणना हुन्छ । राष्ट्रपिताका नाति वीरेन्द्र राष्ट्रनायकका रूपमा दरिनु पर्छ र यस्ता महान् विभूतिको सम्मान गर्न नेपाली जनमानसले कत्ति पनि कन्जुस्याइँ गर्नुहुन्न भन्ने हेक्का गरौं ।
अब रह्यो कुरा, यो हिमाली क्षेत्रमा नेपाल कहिले देखिन्छ रु विश्वको सबैभन्दा पुरानो पहिचान भएको नाम र भूमि हो यो । नेपालको विशिष्टता यसको कठोर तपस्या, ज्ञान, संघर्ष र तन्त्रको निचोडबाट प्राप्त अलग पहिचान हो । तन्त्रमा शाक्त सम्प्रदायको तन्त्र वा कश्मीरी शैवतन्त्र बौद्ध वज्रयान या समाजलाई नियमित गर्ने सर्वस्वीकृत राजतन्त्र, तन्त्रपद्धतिकै अभिन्न अंग हो र छ पनि । प्रजातन्त्र भनियो, राजाविना प्रजा शब्द नै आउँदैन, राजतन्त्र र प्रजातन्त्र अन्योन्याश्रित भए । हिजोआज प्रयोग हुने लोकतन्त्र अमूर्त शब्द हो । लोक कस्लाई मान्ने रु भूलोक, स्वर्गलोक, मर्त्यलोक कुन लोक रु लोकतन्त्र भनेर कुनै व्यक्तिलाई सम्बोधन गरिएको हो भन्ने त्यो अमुक को हो रु त्यसको जनमानसमा कुन अस्तित्व छ, त्यसको पद्धति ९तन्त्र० के हो रु नेपालीहरूका लागि लोकतन्त्र असफल तन्त्रमा परिणत हुँदै गएकोमा स्वाभिमानी नेपालीमा निराशा र आक्रोश छ । नेपालीले आफ्नोपन गुमायो, अस्तित्वमा संकट खडा भयो । जनताको राजमा ‘राज’मा आकार थप्दा जनताको राजा हुन्छ, त्यो राजा नहुँदा लोकतन्त्र शिरविहीन मुर्कटृा बन्न पुग्यो ।
अब कुरा आयो राजतन्त्रकै । नेपाली भूमि, संस्कृति, परम्परा, भाषिक विविधता, नातीय अनेकतालाई एकसूत्रमा बाँधेर राख्ने बलियो तत्त्व थियो राजतन्त्र । राजतन्त्र कुनै व्यक्ति वंशको कुरा नभई यौटा संस्था थियो र त्यसको औचित्यलाई हाम्रा पुर्खाले बुद्धिमतापूर्ण ढंगले स्थापित गरेर बचाएका थिए । राजा कमजोर भो भनेर बहादुर शाहले, भीमसेन थापाले वा जंगबहादुरले आफैँ राजा बन्ने चेष्टा गरेनन् । किन, आजका नेताहरू राजा फ्याँक्यौं ? अब हामी नै राजा हौं भन्ने जुन छाडा संस्कार पालेका छन्, त्यो घृणालायक छ । कसो कसो हात्ती चढ्ने कुष्चेष्टा चाहिं भैहालेको छैन । यहाँ प्रसंग नेपाल र नेपालीको कीर्ति र श्रीवृद्धिमा राजतन्त्रको त्यस लक्ष्यको भूमिका इतिहासको यथार्थ हो । पहिलो त शाहवंशले नै विशाल नेपालको रेखांकन गर्यो । देशलाई वीरताको गौरवशाली इतिहास दियो, त्यो इतिहासलाई विश्वसामु परिचय दिन र समुन्नत नेपालको परिकल्पना पूरा गर्ने राजा वीरेन्द्रको भूमिका निहारौं । उनले गद्दी सम्हाल्दा जुन पद्धति थियो, त्यो उत्तराधिकार थियो । आफ्नै थिएन । त्यो पद्धति सञ्चालन गर्ने क्रममा यौटा कमी थियो । नेपाली जनतालाई दलगत गुटमा संगठित हुन नदिने मतलव राजनीतिक दल खोल्न पाइँदैनथ्यो । दोष दिइयो पूरा राजतन्त्रलाई । शोषक र अत्याचारिको परिभाषा दिएर । यो सब झुठको खेती हो ।
नेपाललाई शान्तिक्षेत्र बनाउने वीरेन्द्रको अहं भूमिकाले विश्वका १२० देशले समर्थन गर्नु नेपालको इज्जत प्रतिष्ठा थियो । शिक्षामा आधुनिकीकरण, एशियाली मापदण्डको आर्थिक परिकल्पना, अध्ययन अनुसन्धानमा समय सापेक्ष प्रयास, आफ्ना जनताको रगत बग्नुहुन्न भनेर प्रजातन्त्रका लागि स्वीकृति । संवैधानिक भनेर बेलायती वेस्ट मिनिस्टरको अनुकरण भए पनि नेपाली जनता सुहाउँदो दायित्व निर्वाह गर्ने राजतन्त्रको इतिहास विश्वमा बिरलै पाइन्छ । आजका कथित नेताहरू सत्र हजार मारेर ल्याएको लोकतन्त्र भन्छन् । राजा वीरेन्द्र यिनीहरूजस्तै हत्या हिंसामा विश्वास गर्ने भएको भए ५० हजार मारेर आफूलाई सर्वेसर्वा बनाउन सक्थे । हेरौं त, हालैको सिरियाको युद्धमा कति मानिस मरे, त्यो पनि राष्ट्रपतिबाट !
राजा नेपाली जनता, भूमि अनि तह र तप्काहरूको भरोसायुक्त संस्थाको प्रतिनिधि हो । आज के बिर्सनुहुन्न भने राजा समाप्त गरेर नेपाली आस्था, विश्वास, संस्कार र संस्कृतिमा जस प्रकारको चौतर्फी धावा बोलिएको छ, त्यो भयावह छ । यसमा राजा वीरेन्द्रलाई सम्झौं । यौटा शालीन र प्रजातान्त्रिक समाज बनाउन प्रतिबद्ध व्यक्तित्व नेपाली इतिहासमा मेटिनुहुन्न वा अझ जाज्वल्यमान भएर स्थापित हुनुपर्छ । सम्झौं: दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनसम्मको निर्माणमा वीरेन्द्रको योगदान अतुलनीय थियो । नेपाल र नेपालीको भावना, चाहना, समृद्धि, शान्ति र अग्रगामी चिन्तनका लागि पनि यौटा प्रेरणास्रोत, प्रस्थानविन्दु को छ, राजा वीरेन्द्र बाहेक एक्काइसौं शताब्दीको नेपाली इतिहासमा प्रेरणादायी पात्र छ त ? सोचको प्रारम्भ यहींबाट शुरू गर्नुपर्दछ ।
हिमाल हामीले उठायौं एशियाको माझमा ।
सभ्यता वास बसेथ्यो आएर यहीं साँझमा ॥
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच