काठमाडाैं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ । शुक्रवार दायर गरिएको कानूनी कागजातअनुसार उहाँले वार्ताबाट समाधानको लागि समय दिनको माग गर्नुभएको हो । यो कागजात जोन साउरद्वारा दायर गरिएको थियो ।
जसलाई ट्रम्पले सलिसिटर जनरलको रूपमा सेवा गर्न मनोनीत गर्नुभएको थियो । कागजातमा ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकलाई तत्काल प्रतिवन्ध लगाउने विरोध गरेको र पदभार ग्रहण गरेपछि राजनीतिक माध्यमबाट समस्या समाधान गर्ने आशा गरेको उल्लेख छ ।
ट्रम्पले टिकटकलाई संयुक्त राज्यमा सञ्चालन जारी राख्न अनुमति दिनसक्ने बताइएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच