काठमाडौं । ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाका साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानी प्रोत्साहन गरेकोमा नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसिएचएल) द्वारा ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन’ अवार्डबाट सम्मानित भएको छ ।
एनसिएचएलको १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विकास बैंकमध्ये उत्कृष्टताका लागि उक्त प्रतिष्ठित अवार्ड प्रदान गर्नुभएको बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेसन र नवीनतम प्रविधिमार्फत् नेपालको डिजिटल बैंकिङ क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सवल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिँदै आएको छ ।
बैंकले विकास बैंकहरूमा पहिलोपटक भ्वाइस अडियो वक्स क्युआर कोड सेवा सुचारु गरी क्युआर मर्चेन्टको सहजता सुनिश्चित गरेको छ । त्यसैगरी डिजिटल बैंकिङ र नगदरहित कारोबार प्रवद्र्धन गर्दै क्रस–बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा