
न्युर्योक । संयुक्त राज्य अमेरिकामा घरबारविहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ । देशमा करिब २० वर्षअघि संघीय सरकारले यस विषयमा रेकर्ड राख्न सुरु गरेको थियो ।
सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । ब्लुमबर्ग न्युजले शुक्रबार सरकारी प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ, ‘यो संख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन् ।
जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई संकटमा पार्दा पारिवारिक बेघर वा आश्रयविहीन जनसंख्याको यो वृद्धि, लगभग सात प्रतिशतले बढेको छ । सीमामा कमजोर सुरक्षाको कारण आप्रवासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रवासी दक्ष र यसका कारण उनीहरू बेरोजगार बन्ने र घरबारविहीन हुने क्रम बढ्ने गरेको छ ।
यसबाहेक दुव्र्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारविहीन बनने गरेका रिपोर्टमा उल्लेख गरिएको छ । हृवाइट हाउस र अमेरिकी आवास तथा सहरी विकास विभागका अधिकारीहरूका अनुसार बाइडेनले शरणको दाबीमाथि कडा कदम चालेपछि गत जुनदेखि नै यो संकट कम भएको जनाएका छन् । अधिकारीहरूले गैरकानुनी रूपमा सीमापार गर्ने क्रम निकै कम भएको बताएका छन् । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच