
काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । अर्थशास्त्रीसमेत रहनुभएका सिंहको ९२ वर्षको उमेरमा गएराति उपचारको क्रममा निधन भएको हो ।
भारतीय सञ्चामाध्यमहरुका अनुसार सिंहको भारतीय समयअनुसार बिहीबार राति करिब पौने १० बजे नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा निधन भएको हो ।
सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बन्नुभएको थियो । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका सिंहलाई भारतको अर्थतन्त्रको योजनाकारसमेत मानिन्छ । उहाँको निधनको समयमा काँग्रेस वरिष्ठ नेतृ सोनिया गान्धी पनि अस्पताल पुग्नुभएको थियो ।
सन् १९९० को दशकमा भारतीय अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उहाँ पिभी नरसिंह रावको नेतृत्वको सरकारमा सन् १९९१ देखि १९९६ सम्म अर्थमन्त्री रहनुभएको थियो । उहाँको समय आर्थिक उदारीकरण र समाजवादी अर्थतन्त्रको समयमा रूपमा लिइन्छ।
सन् १९९१ देखि राज्य सभाका नेता भएका उनी सन् १९९८ देखि २००४ सम्म प्रमुख प्रतिपक्षी दलका नेता बन्नुभएको थियो ।
२२ मे २००४ मा भारतका प्रधानमन्त्री भएका उनी २२ मे २००९ मा दोस्रो पटक भारतका प्रधानमन्त्री हुनुभयो ।
मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित हुनुहुन्छ । उहाँले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गर्नुभएको थियो । उहाँ राजनीतिमा प्रवेश गर्नु अगाडि अध्यापन कार्यमा सक्रिय हुनुहुन्थ्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरूले उहाँको निधनमा शोक व्यक्त गर्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच