
विज्ञान र प्रविधिमा भएको चमात्कारिक विकासले अर्थशास्त्रको क्षेत्रमा पनि व्यापक क्रान्ति ल्याइदिएको छ । अर्थशास्त्रको क्षेत्र यति व्यापक छ कि यसलाई कुनै एक देशको सीमामा कैद राख्न सकिँदैन यति हुँदाहुँदै पनि सबै देशका आ-आफ्नै आर्थिक, मौलिक विशेषताहरू हुन्छन् । ती आर्थिक मौलिक विशेषताहरूलाई पहिचान गरेर देश विशेषमा आर्थिक क्रान्ति सम्पन्न गर्न सकिन्छ । यदि कुनै देशले आफ्नो देशको मौलिक आर्थिक विशेषतालाई पहिचान गर्न नसकेर अन्य देशको आर्थिक प्रणालीको कोरा नक्कल मात्रै गर्यो भने त्यो देशमा आर्थिक क्रान्ति हुन असम्भव हुन्छ । नेपाललाई चिन्न सकिएन भने नेपालको अर्थतन्त्रको पहिचान गर्न सकिँदैन ।
नेपालको मौलिक अर्थतन्त्रको पहिचान गर्न सकिएन भने यहाँ आर्थिक क्रान्ति पनि गर्न सकिँदैन । यो देव भूमि, यो पुण्य भूमि, यो स्तूत्य भूमि, यो स्वर्गभूमि नेपाल यहाँ के कुराको कमी छ र ? भूगोलमा सानो भए पनि हिमाल, पहाड र तराईको समिश्रणले बनेको देश भएका कारणले संसारमा पाइने सबै प्रमुख जलवायुको धनी छ नेपाल । यो स्वर्गभूमि संसारमा पाइने प्रमुख जलवायुबाट सिञ्चित भएका कारणले विश्वका विभिन्न स्थानमा हुने सबै प्रमुख अन्न बाली वनस्पति र जीवजन्तु यहाँ पाइन्छ । यहाँका नदीनाला, भीरपाखा, छहरा-पहरा र अग्ला-अग्ला हिमशिखरहरू हाम्रा हिरामोतीका भण्डार हुन् । हाम्रो तराईको मैदान अन्नको भण्डार हो । जहाँ अन्नपूर्णाको निवास छ । पूर्वको माने भञ्जाङदेखि पश्चिमको लिम्पियाधुरासम्म र उत्तरको हिमालदेखि दक्षिणको तराईको मैदानसम्म सबै क्षेत्र विश्वमै उत्तम पर्यटन स्थलको रूपमा छ । उच्च हिमशिखर सगरमाथा लगायतका हिम शृंखलादेखि भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी, कपिलवस्तु, रामग्राम, देवदहजस्ता थानहरूमा पर्यटनका लागि उपयुक्त वातावरण बनाइदिन सके नेपालको अर्थतन्त्र समृद्ध हुनेछ । यसका अतिरिक्त पाशुपत क्षेत्र, रुरु क्षेत्र, जनकपुरधाम, मुक्तिनाथ धाम, बराह क्षेत्र, पाथीभरा, बुढासुब्बा, कालीकोटको मालिका, पश्चिमको खण्डेश्वरी, खप्तड लगायतका हजारौँ धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरू नेपालमा छन् । तीर्थ पर्यटनका दृष्टिले नेपाल धेरै महत्वपूर्ण छ । सारमा भन्नुपर्दा नेपाल देवालयको देश हो ।
भूगोल, जलवायु, हजारौँ धार्मिक र ऐतिहासिक स्थल साथै प्राकृतिक सौन्दर्यताका कारणले मात्रै होइन नेपालमा प्रवेश गर्नेबित्तिकै मान्छेले शान्तिको अनुभूति गर्ने यहाँका सयौँ जातजाति, भाषा-भाषी, धर्म सम्प्रदाय मान्ने मान्छेहरू आपसमा एउटै परिवारजस्तो गरी मिलेर बसेको देख्दा विकसित देशहरूबाट नेपाल आउने मान्छेले आश्चर्य मान्दै हाम्रो संस्कृति, सामाजिक मर्यादा र भाइचाराको सम्बन्ध देख्दा लोभिने गर्दछन् ।
यो युग विज्ञान र प्रविधिको युग हो त्यस्तै विनाशकारी आणविक र जैविक अस्त्रको युग पनि हो । त्यसकारण मानिसहरू जतिसुकै समृद्ध भए पनि आत्मिक रूपमा बेचैन देखिन्छन् । मान्छेको मन अशान्त र चञ्चल भइरहन्छ । यस्तो अस्थिर चञ्चल अशान्त मन भएको व्यक्तिले नेपालमा प्रवेश गर्नेबित्तिकै शान्तिको महसुस गर्दछ ।
भूगोल, जलवायु, हजारौँ धार्मिक र ऐतिहासिक स्थल साथै प्राकृतिक सौन्दर्यताका कारणले मात्रै होइन नेपालमा प्रवेश गर्नेबित्तिकै मान्छेले शान्तिको अनुभूति गर्ने यहाँका सयौँ जातजाति, भाषा-भाषी, धर्म सम्प्रदाय मान्ने मान्छेहरू आपसमा एउटै परिवारजस्तो गरी मिलेर बसेको देख्दा विकसित देशहरूबाट नेपाल आउने मान्छेले आश्चर्य मान्दै हाम्रो संस्कृति, सामाजिक मर्यादा र भाइचाराको सम्बन्ध देख्दा लोभिने गर्दछन् । यहाँ बसोवास गर्ने सयौँ जातजातिका भाषा, संस्कृति, भेषभूषा, धर्म परम्पराको कारणले नेपाल संसारकै सु-संस्कृत राष्ट्रमा पर्दछ । त्यसकारण यहाँका सबै जातले बोल्ने भाषा, संस्कृति, भेषभूषा, धर्म, परम्परा नेपालका गौरव हुन् । सनातन परम्पराले विश्वमा नेपालको पहिचान गराउने गरी छुट्टै अस्तित्व राखेको छ । यही सनातन बैद्धिक परम्परा नेपाली राष्ट्रिय एकताको आधार पनि हो ।
इतिहास, संस्कृति, प्राकृतिक साधन र स्रोतले सम्पन्न हुँदाहुँदै पनि हामी नेपाली किन भीखमङ्गा भयौँ ? किन हामी मगन्तेका रूपमा विश्वमा हेपिन परेको छ । नेपालमा आर्थिक क्रान्ति गर्न सर्वप्रथम उक्त प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ । नेपालमा सबैथोक हुँदाहुँदै पनि हाम्रा अगुवाहरूमा चिन्तनको दरिद्रता छ । चिन्तनको दरिद्रताको कारणले राष्ट्रिय अभिभावक जन्मन सकेको छैन । अभिभावकविहीन राष्ट्र भएकोले विदेशी हस्तक्षेप निरन्तर बढेको छ । अझै ठोस रूपमा भन्नुपर्दा यद्यपि, नेपाल कुनै युगमा विदेशीको प्रत्यक्ष उपनिवेश भएन तर सुगौली सन्धिपश्चात् नेपालको शासन सत्ता कहिल्यै स्वतन्त्र भएन । यहाँको शासन सत्तामा सधैँ विदेशीको हस्तक्षेप हुँदै आएको छ । नेपालमा कोतपर्व हत्याकाण्ड, भण्डारखाल हत्याकाण्ड र नारायणहिटी राजदरबार जस्ता वीभत्स राजनीतिक हत्या काण्डहरूमा विदेशी जासुसहरूको हात रहेको हाम्रो इतिहासले प्रमाणित गरिरहेको छ । त्यसकारण सत्ताको वरिपरि पुगेका नेपाली राजनीतिक दलका ठूला नेताहरूले आफ्नो पनि हत्या हुनसक्ने डरले विदेशीहरूसित आत्मसमर्पण गर्दै आएका छन् । सत्तामा पुग्न उसैको दलाली गर्ने काम गर्दै आएका छन् । दलालहरूको उद्देश्य आफ्नो मात्र फाइदा गर्ने हुँदा विदेशी दलालहरूबाट यो राष्ट्रको रक्षा र विकास हुन सक्दैन । नेपाली जनताले राजनीतिक परिवर्तनका लागि समय समयमा ठूला, ठूला बलिदानी पूर्ण संघर्ष गर्दै आएका भए पनि संघर्षको नेतृत्व विदेशी दलालहरूका हातमा पुग्ने गरेकाले नेपालमा ठूला–ठूला जनआन्दोलन पश्चात् पनि खासै ठूलो परिवर्तन आउन सकेको छैन । २००७ सालको जनआन्दोलनले राणा शासन ढल्यो । २०४६को जनआन्दोलनले निर्दलीय पञ्चायती व्यवस्था ढल्यो । २०६२/०६३को जनआन्दोनले राजतन्त्र पनि समाप्त भयो । ती तीनवटै जनआन्दोलनको रिमोट कन्ट्रोल हामीमा नभएर बाहिर भएका कारणले नेपाल विदेशीको हस्तक्षेपबाट मुक्त हुन सकेन र यहाँ नेपाली जनताले परिवर्तनको खासै अनुभव गर्न पाएनन् ।
नेपालमा जबसम्म स्वतन्त्र अर्थतन्त्रको विकास हुन सक्दैन र राष्ट्रिय पुँजीको संरक्षण हुन सक्दैन तबसम्म यहाँ औद्योगिक क्रान्ति पनि हुन सक्दैन । फेरि जबसम्म विदेशी हस्तक्षेप रोकिँदैन तबसम्म यहाँ स्वतन्त्र अर्थतन्त्रको विकास हुन पनि सक्दैन ।
अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले नेपालका उत्तर र दक्षिणी सीमाका विशाल राष्ट्रका अर्बौं जनसंख्यालाई सन्तुष्ट पारेर मात्रै नेपालमा लगानी गर्दै आएका छन् । यदि नेपालमा लगानी गर्दा भारत र चीन असन्तुष्ट भए भने ती देशमा रहेका अर्बौंको आम्दानीको स्रोतलाई उपेक्षा गर्दै अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले नेपालमा लगानी गर्न चाहँदैनन् । यसकारण नेपालमा अन्तर्राष्ट्रिय ऋण सहयोग अन्य राष्ट्रको भन्दा नगण्य मात्रामा हुँदै आएको छ । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले उत्तर दक्षिणका दुई छिमेकी राष्ट्रहरूलाई सन्तुष्ट पारेर मात्र नाम मात्रको लगानी गर्दै आएका छन् । यसरी आउने वित्तीय लगानी पनि नेपालीहरूको आवश्यकताले हुँदैन, ऋण दाताहरूको इच्छाअनुसार हुन्छ । ऋण दाताहरूले विभिन्न बहानामा जस्तै विशेषज्ञहरूको सेवा आदिका नाममा आफूले दिएको ऋणको रकमको आधाभन्दा ठूलो हिस्सा आफैँ फर्काएर लैजाने गरेका छन् । त्यसकारण पनि नेपालमा आर्थिक विकास हुन सकेको छैन ।
उपरोक्त सम्पूर्ण कारणहरूले गर्दा नेपालमा साधन स्रोतको सम्पन्नता भए पनि यहाँ आर्थिक क्रान्ति र राजनीतिक स्थायित्व कायम हुन नसकेको तीतो यथार्थ हो । हामीले नेपालमाथि थिचोमिचो भएका विषयलाई निर्धक्कसाथ अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सक्नु पर्दछ । सत्ताका लागि विदेशीको दलाली गर्ने र आत्मसमर्पण गर्ने काम पनि गर्नु हुँदैन । नेपाललाई कुनै एउटा राष्ट्रको बजार पनि बन्न दिनु हुँदैन । तब मात्र नेपालको अर्थतन्त्र विकसित र मजबुत हुन्छ ।
नेपालको आर्थिक विशेषता भनेको जल, जंगल, जडीबुटी (कृषि) र पर्यटन हो । यिनै चार क्षेत्रमा आधारित उद्योगधन्दा खोलेर नेपालमा आर्थिक क्रान्ति गर्न सम्भव छ । यही क्षेत्रबाट नै राष्ट्रवादी अर्थतन्त्रको निर्माण हुनेछ ।
विदेशबाट कच्चा सामान आयात गरेर सञ्चालन गरिने उद्योगधन्दाहरूबाट नेपालको आर्थिक क्रान्ति हुन सम्भव छैन । नेपाललाई आवश्यक पर्ने अन्य सामग्रीहरू विदेशमै उत्पादन भएका मगाउनु पर्दछ र नेपालले निर्यातमुखी उद्योगहरू स्थापना गर्नु पर्दछ ।
नेपालको अर्थतन्त्रमा गैरसरकारी संस्था र धार्मिक मिसनका लागि आएको ठूलो रकमले अराजकता पैदा गरेको छ । युवा श्रमशक्ति रोजगारको खोजीमा विदेशिएका कारणले नेपालको कृषियोग्य जमिन बाँझै रहन थालेको छ । कृषिप्रधान देशमा बर्सेनि अर्बौंको कृषि पैदावर आयात गर्नुपरेको छ । रेमिट्यान्सले टेवा नदिने हो भने नेपालको अर्थतन्त्र धाराशायी अवस्थामा छ । नेपालको डामाडोल आर्थिक अवस्थालाई सुधार गर्न राजनीतिक क्षेत्रमा सुधार हुन आवश्यक छ । धाराशायी भएको अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रमा लगानी गरेर सुधार ल्याउनुपर्छ ।
इतिहास, संस्कृति, प्राकृतिक साधन र स्रोतले सम्पन्न हुँदाहुँदै पनि हामी नेपाली किन भिखमङ्गा भयौँ ? किन हामी मगन्तेका रूपमा विश्वमा हेपिन परेको छ । नेपालमा आर्थिक क्रान्ति गर्न सर्वप्रथम उक्त प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ । नेपालमा सबैथोक हुँदा हुँदै पनि हाम्रा अगुवाहरूमा चिन्तनको दरिद्रता छ ।
एकातर्फ राजनीतिक र प्रशासिनक सत्तालाई आफ्नो नियन्त्रणमा लिएका व्यक्ति र परिवारहरूले भ्रष्टाचार गरेर अमेरिकाको जस्तो जीवनस्तर बिताइरहेका छन् भने अर्कातर्फ यही देशका सामान्य नागरिकले बिरामी पर्दा सिटामोल नपाएर ज्यान गुमाएका छन् । सुदूरपूर्व र सुदूर पश्चिमका पहाडी क्षेत्रका साथै तराई मधेशका जनताले पेटभर दुई छाक खान पाएका छैनन् । दैविक प्रकोपपीडित जनताले उपयुक्त राहत पाउन सकेका छैनन् । देशमा सरकारै नभए जस्तो छ ।
कृषि क्षेत्रलाई औद्योगीकरण गरेर आर्थिक क्रान्तिको जग बसाल्ने कुरा नेपाल सरकारको कृषि नीतिमा भर पर्दछ । यदि सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर मात्रै होइन कृषि पैदावरको निर्यातद्वारा नेपालको अर्थतन्त्रलाई मजबुद बनाउने नीति बनाएर लागू ग¥यो भने अवश्य नेपालको कृषि क्षेत्रले हाम्रो आर्थिक क्रान्तिको जग बसाल्नेछ । तर, भद्रगोल कृषि नीति रहिरहृयो भने नेपालको सम्पूर्ण कृषियोग्य जमिन वनजंगलमा बदलिनेछ र नेपालमा विदेशबाट कृषि पैदावर र खाद्यान्न आउन पाएन भने यहाँका जनता भोकै मर्नेछन् ।
सबैलाई थाहा भएकै कुरा हो नेपालबाट लगभग साठी लाखभन्दा बढी युवा श्रमशक्ति रोजीरोटीको खोजीमा विदेशिएको छ । यही कारणले हाम्रो देशको कृषि भूमि बञ्जरप्रतिमा परिणत हुँदै छ । अन्न खेती मात्रै होइन दुग्ध उत्पादन, मासु, फलफूल आदि सबै क्षेत्रमा हाम्रो उत्पादन घट्दो छ ।
नेपाल सरकारको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा अहिलेको अवस्थामा वार्षिक खर्बौंको खाद्यान्न, फलफूल, तरकारी, मासु आदि विदेशबाट आयात भइरहेको छ । यदि यही अवस्था अरू १० वर्ष रहृयो भने खाद्यान्नका कारणले नेपाल पराधीन हुनेछ । यो अवस्थालाई तुरुन्त रोक्नुपर्छ । यदि यस्तो कृषि नीति बनाएर लागू गर्ने हो भने नेपालीलाई रोजगारीको खोजीमा विदेश जान पनि पर्दैन । नेपालको कृषियोग्य भूमि बाँझो पनि रहँदैन । तर, हामी काममा भन्दा गफमा नै आफूलाई समय बिताउँदै आएका छौँ ।
सर्वप्रथम त यो क्षेत्रबाट भइरहेको पलायनलाई रोक्ने उपाय खोज्नु पर्दछ । कामको खोजीमा विदेश पलायन गरिरहेको युवा शक्तिलाई कृषि पेशामा लाग्न उत्प्रेरित गरिनु पर्दछ । योजना र केही खर्ब रकम यसका लागि छुट्याउन आवश्यक छ । कृषिमा छुट्याएको रकमबाट गोष्ठी, सेमिनार र विदेश भ्रमण जस्ता कामलाई नियन्त्रण गर्नुपर्छ । निर्वाहमुखी कृषि उत्पादनलाई बजारमुखी उत्पादनमा रूपान्तरण गर्नुपर्छ ।
कृषि भूमिको खण्डीकरणलाई रोक्न बढ्दो जग्गाको पल्टिङमा प्रतिबन्ध लगाउनु पर्दछ र चक्लाबन्दी लागू गर्नुपर्छ । कृषि क्षेत्रलाई बहुराष्ट्रिय कम्पनीको नियन्त्रणबाट मुक्त गराउनु पर्दछ । स्थानीय जातका अन्न, फलफुल, तरकारी आदिको बिउ बिजनको रक्षा, प्रशोधन र संवद्र्धन गर्नु पर्दछ । नेपाललाई आवश्यक पर्ने मलखादका लागि अर्गानिक मल बनाउने उद्योगहरू स्थापना गर्नु पर्दछ । जडीबुटीबाट उत्पादित किटनाशक औषधीहरू उत्पादन गरेर रोगको उपचार गर्नु पर्दछ । उक्त सबै काम गर्न सरकारको इच्छा शक्ति चाहिन्छ । अहिलेको हाम्रो समस्या भनेको नै इच्छा शक्ति भएको सरकारको अभाव हो । (लेखक भुसाल हिटाका उप सम्पादक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच