
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जनयुद्धका प्रति सर्वोच्च अदालतले गरेको फैसला आपत्तिजनक रहेको बताउनु भएको छ ।
सर्वोच्च अदालतले आधिकारिक सरकारी डकुमेन्टमा जनयुद्ध शब्दको प्रयोग नगर्न अन्तरिम आदेश दिएकोप्रति उहाँले आपत्ति जनाउनु भएको हो ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले भन्नुभयो ‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसीट्यूरी गर्ने काम संसद् पनि चलिरहेको छ। त्यो कुरा अन्यत्र पनि चलिरहेको छ र विभिन्न क्षेत्रबाट न्यायलयमा पनि पुगेको छ । अस्तिमात्रै जनयुद्ध नभन्नु भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं। जनयुद्ध नभएर के हो त यो ? अरु त ठीक छ, तर सपना मल्ल प्रधानलाई एउटा कुरा सोध्न मन लागेको छ। सपना मल्लको हात काक्यो कि कामेन ? जनयुद्ध होइन भनेर भन्दा त्यहाँ कसले पुर्यायो ?’
यस्तै चन्दले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई 'सत्ताको मालिक पुग्ने ठाउँ'मा माओवादी जनयुद्धले पुर्याएको समेत बताउनु भयो ।
उहाँले गायक प्रकाश सपुतको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई जनयुद्धलाई अपमान नगर्न चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो, 'ओलीजीलाई पनि सोध्नुपर्ने छ, के हो यो ? उसो भए प्रकाश सपूतले लेखेको गीतको याद आउँछ, फूलमाया, तिमिलाई झुम्काना कसले किन्दियो ? रातो स्कूटर कसले किन्दियो ? हैन ? केपीजीलाई सोध्नुपर्ने भएको छ, तपाईंलाई ताज कसले बनाइदियो ?'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच