प्रधानमन्त्री केपी शर्मा ओलीको गत महिना सम्पन्न चीन भ्रमणमा दुई देशबीच विभिन्न सम्झौता भए । चिनियाँ राष्ट्रपति सि जिनपिंगको महत्वाकांक्षी आर्थिक एवं रणनीतिक परियोजना बिआरआई अन्तर्गत १० वटा आयोजनामा सम्झौता भएका छन् । बिआरआई अन्तर्गत चीनले आजसम्म ऋणमात्रै प्रवाहित गरेको छ । नेपालले ‘एड’ लिने कुरा भएको छ । ‘एड’ शब्दको परिभाषा अथवा व्याख्या समय, काल, परिस्थिति र सुविधा अनुसार हुने गर्दछ । बिआरआई अन्तर्गतकै एउटा आयोजना नेपालले भैँसीको मासु उत्पादन र प्रशोधन गरी चीनमा निर्यात गर्ने विषयमा पनि सम्झौता भएको छ ।
नेपालका कतिपय विद्वानहरू खासगरी उत्तरी छिमेकी चीनप्रति बढी सदाशयता राख्नेहरूले यसलाई ‘गेम चेन्जर’ को संज्ञा दिएका छन् । भैँसीको मासु निर्यात गरेर नेपाल आर्थिक रूपले कसरी सबल हुन सक्दछ, अथवा नेपालको आर्थिक विकासमा कायाकल्प हुनेगरी नै परिवर्तन आउने अपेक्षालाई अतिसयोक्ति नै मान्नुपर्दछ । हुन त नेपालमा धेरै पटक गेमचेन्जर शब्दको प्रयोग भएका छन् । गेमचेन्जर प्रोजेक्ट सञ्चालनमा पनि आएका छन् तर कल्पना अथवा दाबी गरिए जस्तो गेमचेन्जर प्रोजेक्ट नेपाली जनताले हेर्न पाएका छैनन् ।
नेपालका अन्तर्राष्ट्रिय विमानस्थाललाई हिथ्रो विमानस्थलभन्दा पनि आकर्षक र स्तरीय बनाउने र यो नेपालको निम्ति गेमचेन्जर सावित हुने दाबी गरिएको थियो । नवनिर्मित पोखरा विमानस्थल र भैरहवाको विमानस्थल त अहिलेसम्म राम्ररी सञ्चालनमा नै आएका छैनन् । गेमचेन्जर बन्ने त टाढाको कुरा हो ।
निकैअघि मेलम्ची खानेपानी परियोजनालाई गेम चेन्जर भनिएको थियो । दशकौंको समय लगानी र अर्बौ रुपैयाँ खर्च गरेर पनि राजधानी काठमाडौंवासीले राहत पाएका छैनन् । किराना पसलबाट जारमा ल्याएको पानी नखाई सुखै छैन । मुस्किलले जारको पानीले एकदिनको तिर्खा मेटाउँछ । काठमाडौं जस्तो ठाउँमा पानी बढी नखाए जण्डिस लाग्ने डर पनि रहन्छ । गेम चेन्जर प्रोजेक्टमा आजसम्म गेम मात्रै भएको छ । यसमा भ्रष्टाचार भएकाले दोषी अधिकारीलाई अख्तियारले कारबाही पनि गरेको छ । गेम चेन्जर त यो साविक भएको छैन, गेम भने अवश्य पनि सावित भएको छ ।
विसं २०७२ सालमा मधेसवादी राजनीतिक दलहरूले सिमानाका केन्द्रित आन्दोलन चलाउँदा भारतसँगको आयातनिर्यात व्यापार वञ्चित भएको थियो । त्यति बेला हवाईजहाजबाट भए पनि चीनबाट पेट्रोल ल्याउने कुरा भएको थियो र त्यो नेपालको इन्धन आपूर्तिमा गेम चेन्जर सावित हुने दाबी गरिएको थियो । त्यतिबेला पनि देशका प्रधानमन्त्री केपी शर्मा ओली नै थिए । उनी चीन भ्रमणमा गएका बखत चीनबाट तीनवटा सामुद्रिक बन्दरगाह र चारवटा सुख्खा बन्दरगाह आयात निर्यात व्यापारका लागि नेपाललाई उपलब्ध हुनेगरी सम्झौता गरी फर्केका थिए । त्यतिबेला त्यस सम्झौतालाई गेम चेन्जर भनिएको थियो । यो बेग्लै कुरा हो कि आठ वर्षसम्म चीनले नेपालको निम्ति आफ्नो सिमानाका नै खोलेन, कहिले कोभिड-१९ को नाममा त त्यसभन्दा अघि भूकम्पको बहानामा । उत्तरी छिमेकी चीनसित भएको त्यस सम्झौतालाई गेम चेन्जर प्रोजेक्टको संज्ञा दिइएको थियो ।
राष्ट्रिय राजधानी काठमाडौंमा बसेर पूरै जगतको व्याख्या गर्ने विद्वान्हरूले पश्चिम नेपालको एउटा पहाडी जिल्लामा युरेनियमको खानी रहेको र त्यसको बिक्रीबाट नेपाल धन कुबेर बन्ने विश्लेषण गर्दै आएका छन् । युरेनियम खानी पत्ता लगाउने नाममा एउटा चिनियाँ कम्पनीले त्यहाँ अन्वेषणको काम पाएको छ । त्यसलाई पनि नेपालको आर्थिक विकासमा गेम चेन्जर सावित हुने सम्भावना व्यक्त गरिएको छ । पाँच–सात वर्ष त्यसमा पनि लागिसक्यो तर अहिलेसम्म त्यसको घैँटोमा घाम लागेको छैन । केही वर्षपछि त्यसलाई व्यर्थ भनी जिम्मेवार अधिकारीले आफ्नो बचाउ गर्लान् ।
नेपालका अन्तर्राष्ट्रिय विमानस्थाललाई हिथ्रो विमानस्थलभन्दा पनि आकर्षक र स्तरीय बनाउने र यो नेपालको निम्ति गेमचेन्जर सावित हुने दाबी गरिएको थियो । नवनिर्मित पोखरा विमानस्थल र भैरहवाको विमानस्थल त अहिलेसम्म राम्ररी सञ्चालनमा नै आएका छैनन् । गेमचेन्जर बन्ने त टाढाको कुरा हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि लिइएको ऋणको ब्याजसमेत यस विमानस्थलको उडानसेवाबाट सम्भव हुन सकिरहेको छैन । त्रिभुवन विमानस्थलमा पनि यदाकदा दुर्घटाना भइरहेको अवस्था छ । जबसमम हाम्रा विमानस्थलहरू पूर्णरूपले सुरक्षित, आधुनिक सुविधाले परिपूर्ण र भरपर्दो हुने छैनन् तबसम्म यो विश्वस्तरीय बन्न सक्नेछैन । हिथ्रो विमानस्थलसँग तुलना गर्नु कमजोरी हो, नेपालको निम्ति यो सम्भव देखिँदैन ।
मध्यपहाडी राजमार्गको निर्माणले त्यस क्षेत्रका जनताको जनजीवनमा आमूल परिवर्तन ल्याउने, युवा देशभित्र नै रोजगार पाउने, स्थानीयस्तरमा व्यापार र बजारको सम्भावना बढ्ने तथा यो गेमचेन्जर सावित हुने अपेक्षा गरिएको थियो तर मध्यपहाडी राजमार्गको निर्माणपछि झन् पलायनको क्रम बढेको छ । राजमार्गको निर्माण भएपछि युवाहरू या त नेपालका ठूला शहरी क्षेत्र, भारतका विभिन्न शहर अथवा वैदेशिक रोजगारमा झन् बढी संख्यामा जान थालेका छन् । मध्यपहाडी राजमार्ग गेम चेन्जर सावित हुनेअनुमान गलत नै सावित भइरहेको अवस्था छ ।
एउटा सानो वर्षा र पहिरोले पूरै देशभरिको यातायातलाई ध्वस्त पारिरहेको छ । यस्तोमा सडक यातायातको सम्बन्धमा हाम्रो नीतिमा सुझबुझ र दूरदर्शिताको अवस्था छ । नेपालको भौगोलिक बनोट नै यस्तो छ कि यहाँ बाढीपहिरो र भारी वर्षा हुने सम्भावना रहिरहनेछ तसर्थ सडकको निर्माण गर्दै उपरोक्त पक्षलाई पनि ध्यानमा राख्नु आवश्यक छ । स्मार्टसिटीको निर्माण गरिने र यो हाम्रो देशको आर्थिक विकासमा गेम चेन्जर सावित हुने कुरा पनि नारामै सीमित रहृयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा