
नवलपरासी । राज्यले सुनचाँदी व्यवसायीका समस्यालाई बेवास्ता गरेको सुनचाँदी व्यवसायीले गुनासो गरेका छन् । नवलपरासी सुनचाँदी व्यवसायी संघको आठौंँ वार्षिक साधारणसभामा बोल्दै उनीहरूले सरकारले नीतिगत सुधार नगरेको गुनासो गरेका हुन् ।
सुनचाँदीको कारोबारसम्बन्धी स्पस्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष मोहन सुनारले बताउनुभयो । निर्देशिकाकै अभावमा कच्चा पदार्थ अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट आउने गरेको उहाँको भनाइ थियो ।
महासंघका उपाध्यक्ष बुद्धि दियालीले सुन आपूर्ति तथा बिक्री-वितरण, मूल्य निर्धारण प्रक्रिया, बिक्रीपछिको खरिद प्रक्रिया, ज्याला, जर्ती तथा टोलरेन्सलगायतका विषयमा समस्या रहेको बताउनुभयो भने महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठले बजारमा सुनको माग उच्च भए पनि आपूर्ति न्यून हुँदा अभाव रहेको भन्दै बजार मागअनुसार सुनको कोटा बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सुनचाँदी व्यवसायी लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुव गहतराज, बुटवल नगरका अध्यक्ष गोकर्ण विश्वकर्मा, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, सल्लाहकार विष्णु विश्वकर्मा, प्रकाशकुमार विश्वकर्मालगायतले पनि राज्यले सुनचाँदी व्यवसायीको हकहितमा आवश्यक नीति बनाउन नसकेको बताएका थिए ।
वार्षिक साधारणभामा अध्यक्ष अर्जुन सुनार, महासचिव देवेन्द्र विश्वकर्मा र कोषाध्यक्ष सन्दीप सुनारलगायतले पेश गर्नुभएको प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच