
काठमाडौं । चीन विकास सँगसँगै सुन्दरताले पनि भरिपूर्ण छ । सांस्कृतिक, पर्यटकीय हिसावले पनि चीनको सुन्दरता कम छैन । साथै दिगो र व्यवस्थित विकासले चीनलाई अझ सुन्दर बनाएको छ ।
नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा फोटोको महत्व पनि उत्तिकै छ ।
आफ्नो विधागत कार्यमा दुईदेश बीचका फोटोपत्रकारहरुले खिचेका सांकेतिक तथा पर्यटन सम्बन्धी फोटो प्रदर्शनी केही दिनअघि मात्रै सम्पन्न भएको थियो ।
विन्झाओ फोटोग्राफर एशोसिएशनको निमन्त्रणामा राष्ट्रिय फोटोपत्रकार समूहको केन्द्रिय टोली पहिलो पटक गत हप्ता चीन भ्रमणमा गएको थियो । १४ जना नेपाली फोटोपत्रकारको उक्त टोली चीनमा फोटो प्रदर्शनीका लागि पुगेको थियो ।
प्रदर्शनीमा दुई देशबीचका फोटोग्राफरहरुले कैद गरेका तस्बिरहरु राखिएको थियो भने चीनका विन्झाओ, जिनोन, शान्तोङ लगायतका विभिन्न स्थानमा फोटो पत्रकारहरुले भ्रमण समेत गरेका थिए ।
यसै सेरोफेरोमा रहेर कैद गरिएका चीनका सुन्दर स्थानहरु सम्बन्धी केही तस्बिरहरु आजको फोटो फिचरमा ।
-न्यूज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच