
काठमाडौं । कलश स्टक मार्केट प्रालि (ब्रोकर नम्बर ७४) ले बिहीबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको कारोबार तथ्यांकअनुसार नेपालमा सञ्चालनमा रहेका धितोपत्र कारोबार गर्ने दलालमध्ये कारोबार रकमका आधारमा प्रथम पटक एक नम्बरमा रहेको छ । सो दिन कम्पनीले ४५ करोड नौ लाखभन्दा बढी रकम कारोबार गरेको कम्पनीका अध्यक्ष प्रदिप केसीले बताउनुभयो ।
नेपाल धितोपत्र बोर्डद्वारा इजाजतप्राप्त तथा नेपाल स्टक एक्सचेञ्चको धितोपत्र दलाल सदस्यताप्राप्त कम्पनीले २०८० भदौ १० देखि औपचारिक कारोबार सुरु गरेको थियो । कम्पनीले हाल काठमाडौं महानगरपालिका १०, बुद्धनगरस्थित आफ्नो मुख्य कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले ग्राहकलाई सर्वसुलभ र प्रविधिमैत्रीरूपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको प्रबन्ध सञ्चालक शालिकराम अधिकारीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच