काठमाडौं । शिवशंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि सय रुपैयाँ अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रुपैयाँ रकमबराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर हाइड्रोका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गर्नुभयो । सो अवसरमा शिवशंकर हाइड्रोका प्रबन्ध निर्देशक दीपकराज जोशीको पनि उपस्थिति थियो । शिवशंकर हाइड्रो, शिवशंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्ट एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलविद्युत्, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरेको छ ।
हाल कम्पनीले सानिगार्ड हाइड्रो (३८.४६ मेगावाट), कलंगा हाइड्रो (१५.३३ मेगावाट), बुंगल हाइड्रो (१०.७ मेगावाट) र भिजन इनर्जी एण्ड पावर (५७.५ मेगावाट) जलविद्युत् कम्पनीहरूमा लगानी गरेको छ । उल्लेखित कम्पनीमध्ये पहिलो तीन कम्पनी सञ्चालनमा आइसकेका छन् । शिवशंकर हाइड्रोले साधारण सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुग्ने छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा