
काठमाडौं । ग्लोरी मिडियाद्वारा आयोजित ग्लोरी किड्स ट्यालेन्ट २०२४ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको प्रतियोगितामा लुब्ना चन्द विजेता घोषित हुनुभयो भने पूर्णिमा तिमल्सिना र बिपिका राई क्रमशः प्रथम र द्वितीय उपविजेता बन्नुभयो । विजेता चन्दले प्रतियोगिताको शीर्ष उपाधिसहित मष्ट चार्मिङ, वेष्ट पर्सनालिटी र वेष्ट पब्लिक स्पिकरको अवार्डसमेत हात पार्नुभयो । त्यसैगरी फष्र्ट रनर अप तिमल्सिनाले मष्ट ट्यालेण्ट एवं मष्ट इन्टेलिजेष्टको अवार्ड आफ्नो नाममा पार्दा सेकेण्ड रनर अप राईले पब्लिक एण्ड पपुलारिटीको अवार्ड हात पार्नुभयो ।
प्रतियोगितामा सुप्रिया सुन्दास अर्गनाइजर च्वाइस, अबिना अर्याल मस्ट पपुलर च्वाइस र बेष्ट स्माइल अवार्ड विजेता घोषित हुनुभयो । त्यसैगरी सुवर्ण न्यौपाने भ्युवर्स च्वाइसतर्फको विजेता बन्न सफल हुनुभयो भने सकम्बरी बर्देवा मष्ट क्रियटिभ र बेष्ट वाककी विजेता बन्न सफल हुनुभयो ।
प्रतियोगितामा प्रयूष बोगटीले वेष्ट कस्टुम र मष्ट फोटोजेनिकको उपाधि जित्दा प्रसिका तामाङ मष्ट कन्फिडेण्ट, समृद्धि बिष्टमष्ट क्यारिष्म्याटिक, संस्कार भट्टराई बेष्ट एडाप्टिलिटी, सुप्रिम केसी अडियन्स च्वाइस, अनुष्का खत्री मष्ट डिसिपिलिन, सेल्स्ना थापा मष्ट डिटरमाइन, लुनिभा मघैंया वेष्ट रोल मोडल, युनिशा राई मष्ट इन्स्पाइरिङ, दिया बराल मष्ट केयरिङ र उपासना शाही मष्ट फ्रेण्ड्ली घोषित हुनुभयो ।
विजेताहरूले नगद पुरस्कारका साथै आकर्षक गिफ्ट हृयाम्पर प्रदान गरिएको थियो । साथै, उनीहरूसहित अन्तिम प्रतिस्पर्धीहरूले आफ्नो प्रतिभा सचेतना एनटिभी न्यूज कार्यक्रममा प्रस्तुत गर्न पाउने विशेष अवसरसमेत प्राप्त गरेका छन् ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, रक तथा आधुनिक गायक, गीतकार एवं संगीतकार विनोद ढकाल, नेपाल चेम्बर अफ कमर्सकी निर्देशक तथा रोटरी क्लब अफ ज्ञानेश्वरकी सचिव श्रृष्टि त्रिपाठी, इभेन्ट अर्गनाइजर रवि लामा तामाङ र मोडल तथा कोरियोग्राफर अश्विनी कोइराला निर्णायकको भूमिकामा हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यको अफिसियल कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा प्रताप भट्टे इभेण्ट संयोजक, सोमराज बास्तोला इभेण्ट निर्देशक र शैलेस नेपाली व्यवस्थापक रहनुभएको थियो ।
कार्यक्रममा क्षेत्रबाट राष्ट्रिय योगदान पु¥याएका प्रतिष्ठित व्यक्तित्वलाई ‘राष्ट्रिय गौरव सम्मान’समेत प्रदान गरिएको थियो । समारोहमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिइओ उर्मिला श्रेष्ठ, बरिष्ठ बाल रोग विशेषज्ञ डा हरिकृष्ण बास्कोटा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, पारा ओलम्पिककी ऐतिहसिक पदक विजेता पलेशा गोवद्र्धन, नेपालको पहिलो हरित विद्यलय बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्रविक्रम थापालाई सम्मानित गरिएको थियो ।
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत, ब्रजेशकुमार झा लेखक एवं साहित्यकार अनिश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ नेपालका उपाध्यक्ष मोहन कटुवाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष अध्यक्ष प्रल्हाद दाहाल, लेखक एवं सर्जक शिव न्यौपाने, शिक्षासेवी, धर्मसेवी एवं समाजसेवी भिक्ष राजु लामा कोन्दन, एनप्याब्सन बागमती प्रदेश अध्यक्ष नारायणकुमार कार्की, एनप्याब्सनका महासचिव तथा बाल साहित्यकार पारसमणी दाहाल, शिक्षासेवी अशोक सुन्दर श्रेष्ठ, मानव अधिकारकर्मी एवं समाजसेवी दीपकचन्द्र गौतम, नेपाल चेम्बर अफ कमर्सकी केन्द्रीय सदस्य एवं नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरूपा श्रेष्ठ, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवं वरिष्ठ सौन्दर्यविद सुष्मा महरा शाह, नमस्ते ट्राभल एण्ड टुरिजम एलएलसी, युएईका प्रबन्ध निर्देशक नानुकाजी अर्याल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, स्वतः ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक एवं ग्लोकल वर्कफोर्सका अध्यक्ष अजयकुमार श्रेष्ठ, एभेण्टोज नेपालका सिईओ डेभिल सिंह राजपुत र इभेन्ट स्टेज व्यवस्थापक तथा डिजिटल डिस्प्ले अपरेटर रमेश श्रेष्ठ र नवप्रभात डेरी उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईं काजी दाइलाई राष्ट्रिय गौरव सम्मान समर्पण गरिएको थियो ।
त्यस्तै पत्रकारितातर्फ गोरखापत्र दैनिकका सुकृत नेपाल १० हजार रुपैयाँ र नेपाल टेलिभिजनका क्यामेरामेन अशोककुमार बस्नेत एवं द राइजिंग नेपालकी रेनुका ढकाल नगद पाँच हजारराशीसहित राष्ट्रिय गौरव पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच