
✍️ डा.अतीन्द्र दाहाल
पछिल्लो दुई-चार सप्ताहादेखि फेरि कम्युनिष्ट पार्टीहरूको एकताको भजनमार्फत बजारमा केही थान नेतृत्वपत्तिंmले राजनीतिक पर्यावरणलाई तरंगित बनाउन बल लगाउँदै छन् । बाम शक्तिहरूबीच एकता भएमात्र देशमा अपेक्षित समृद्घि हुने दलिल दर्ज गराउन उद्घत छन् । वर्तमानका मुख्य पार्टीहरू एमाले, माओवादीलगायत अन्य सबै कम्युनिष्ट दलहरू बिगतमा धेरै पटक फुटेका अनि कहिलेकाहीँ नाटकीय रूपमा जुटेका पनि थिए । केही थान पूर्ण असफल तथा वयोवृद्घ नेताहरूको अनवरत जिहादबीच अनगिन्ती जवान तर लाचार र लम्पट पछिल्लो पुस्ताका नेताहरूको सघन हस्तक्षेपको अभावमा कम्युनिष्ट पार्टीहरूले साख गुमाउँदै छन् ।
कम्युनिष्ट सिद्घान्त र चरित्रमा गम्भीर अपचलन हुदाँसमेत तिनै नेताको चाकडीमा लहडीबाज देखाउने अनि उनीहरूका कर्मकाण्डी नेतृत्वलाई देवत्करण र निर्सत सदर गर्ने आदत देखिन्छ । उनीहरूलाई विस्थापित गरेर आफू नेतृत्व लिन तयार नहुने युवा भनिने कायर पुस्ताको नालायकिपना झन घृणालायक बन्दैछ । कम्युनिष्टहरू कमैमात्र निष्ठमा रहेको देखिँदैछन् । सन् १९२१ आसपास चेन दुहिऊ र ली दहृयाजो नामक नेताको अगुवाइमा गठन भएको ‘कम्युनिष्ट पार्टी अफ चाइना’ अझै त्यहाँको सर्वशक्तिमान एवं एक्लो पार्टी छ । १९३० तिर स्थापना भएको ‘कम्युनिष्ट पार्टी अफ भियतनाम’ पनि हालसम्म एकाकार रूपमा छ । उत्तर कोरिया महाशक्ति अमेरिकालाई चुनौती दिने सार्मथ्य राख्छ ।
आज कम्युनिष्ट भनिने अधिकांश नेताहरूको जीवन तथा आचरण कम्युनिष्ट अनि समाजवादी चरित्र अनुरूप छैन । सर्वहाराका नेता भएको भ्रम छरेर सर्वभोगी र विलासी जीवन प्रिय बन्दैछ । पुस्तकालय मदिरालयमा फेरिएका छन् । जुवा, तास, लफडाबाजी, रामरमिता, भोगविलास, डिस्को, डान्सबार कम्युनिष्ट नेताका सन्तान र सन्ततीहरूका आत्मीय अखडा बन्दैछन् ।
नेपालमा प्रजातन्त्रको अभ्युदयको समय २००७ सालको आसपास स्व.पुष्पलालको अगुवाइमा कम्युनिष्ट पार्टीको निर्माण भयो तर बिराट विरासत बन्नुसट्टा कम्युनिष्टहरूमा उराठ लाग्ने दलदलको कमजोर धरातलमात्र बन्यो । परिणाम आज मसाल, मार्सल, एकीकृत, विकेन्द्रित, क्यास, ड्यास, नेकपा, नेकाप डबल, बहुमत, एकीकृत समाजवादी जस्ता नाममा लगभग दुई दर्जन कम्युनिष्ट पार्टीहरू छन् । नेपालमा कम्युनिष्ट पार्टीहरू निश्चित मिसनभन्दा कुनै फेसनमा आधरित भएर खुलेका देखिन्छन् । संसारका केही कम्युनिष्ट शक्तिहरूको लोभलाग्दो कदबीच यहाँको अवस्था भने दयनीय छ । कम्युनिष्ट आन्दोलनलाई कुनै कालखण्ड सशक्त नेतृत्व गरेका बाबुराम भट्टराई, बैध, विप्वल, सिपी मैनाली, मोहनविक्रम जस्ता नेताहरू दूरः गुमराहामा देखिन्छन् । चोइटिएर तितरबितर छन्, कम्युनिष्टको नाममा विभिन्न खालका कचहरीहरूमा केन्द्रित छन् ।
कम्युनिष्ट पार्टीका कथित कचहरीमा त्यसै पार्टीका नेता कार्यकर्तालाई त जीवनमरणकै सवाल होला । लगानी र प्रतिफलको वारदात बन्ला, षड्यन्त्र र सफलताका वासलतका रूपमा रहला । तर, यसका शुभेच्छकहरू अथवा यो पंक्तिकार जस्तो राजनीतिशास्त्रको विद्यार्थी मात्रलाई समेत पनि केही मर्माहत चाहिँ बनाउँछ । किनकि दलहरू निरन्तर फुट्नु तथा आन्तरिक लफडाबाजीको दलदलमा सदैब अल्मलिनु सबल प्रजातन्त्रका लागि निश्चय नै शुभ समचार होइन । तसर्थ यसरी पार्टीहरू फुट्नु चाहिँ गलत नै हुन्छ तर एकीकृत र एकताबद्घ कम्युनिष्ट भनिएकाबाट पनि नागरिकलाई खासै केही उल्लेख्य सहयोग चाहिँ हुने देखिँदैन ।
कुनै पनि दल राजनीतिक शक्तिको रूपमा रहनुपर्छ कि पर्दैन भन्ने कुरा तीन मुख्य सिद्घान्तका कसीमा मापन गरिन्छ । दलका नेता तथा सदस्यको सामाजिक जीवन चरित्र, सरकार तथा मातहातका निकायको कार्य सम्पादन, दल स्थापनाको औचित्य तीनवटै आधारले अब कम्युनिष्ट नामका र यही खाले कामका दलको आवश्यकता लगभग सकिएको आभाष हुन्छ । कम्युनिष्ट चरित्र तथा आचरणमा आएको गम्भिर स्थलन यसको सबैभन्दा प्रमुख जड हो ।
स्खलित चरित्र तथा आचरण
आज कम्युनिष्ट भनिने अधिकांश नेताहरूको जीवन तथा आचरण कम्युनिष्ट अनि समाजवादी चरित्र अनुरूप छैन । सर्वहाराका नेता भएको भ्रम छरेर सर्वभोगी र विलासी जीवन प्रिय बन्दैछ । पुस्तकालय मदिरालयमा फेरिएका छन् । जुवा, तास, लफडाबाजी, रामरमिता, भोगविलास, डिस्को, डान्सबार कम्युनिष्ट नेताका सन्तान र सन्ततीहरूका आत्मीय अखडा बन्दैछन् । नाजायज, अवैधानिक तथा नकमाएको धनदौलत थुपार्नमा अधिक लगाव राख्छन् र अविछिन्न उपसना गर्छन् । बुर्जुवा शिक्षा भनेर अरूलाई विद्यालयबाट बाहिर निकालेर आफू चाहिँ निजी शिक्षाको व्यपारमा व्यस्त छन् ।
अत्तर छर्केर हिँड्ने, उच्च कोटिका विदेशी सोमरसका साथमा राजसी ढाटको चौरासी व्यञ्जन उनीहरूको प्रमुख दिनचर्या बन्दैछ । ‘गोडा भएका कम्युनिष्टहरूलाई घोडा चाहिँदैन’ भन्नेहरू महँगा गाडी र हेलिकप्टरमा तडकभडकका साथ सवारी चलाउन उद्घत छन् । अधिकांश कम्युनिष्ट नेता व्यापारीभन्दा धनी छन् । रवाफिलो र भड्किलो जीवनशैली छ । आडम्बर र अहंकार यस्तो छ कि उनीहरू सामन्य नागरिक नभई असामान्य महासामन्त अथवा सम्भ्रान्तहरू हुन् ।
अनियन्त्रित दम्भ तथा अविवेकी आचरण चुलिँदो छ । सादा जीवन भन्ने कुरा त दस्ताबेजमा लेख्नलाई मात्र बनाइएको हो । नेताहरू ‘लिडर’बाट ‘डिलर’मा परिणत भएका छन् । उनीहरू राजनीतिलाई व्यापार ठान्छन्, नाफामा तल्लीन छन् । कालाबजारी, भ्रष्टाचार तथा तस्करीलाई दर्शन मान्छन्, घुस कमिसनखोरीलाई अमृत झैँ पिउँछन् । कसैले उनीहरूको विरोध गरे विदेशी दलालको आरोप लाउँछन् । उपभोक्तावाद तथा क्रोनी क्यापिटलिजमको विस्तारलाई सहज हुनेगरी नियम बनाउँछन्, सामराज्यवादी आचरण देखाउँछन्, हरेकमा मुनाफा खोज्छन्, सबैको स्रोतसाधन आफ्ना लागि दोहन गर्न चाहन्छन् ।
परिवारवाद उनीहरूको अन्तिम ध्येय हुन्छ, उनीहरूले शोषक तथा सामन्ती भनेका राजा महाराजाहरूले त्यति राज्यको दोहन गरेनन् होला जति उनीहरू आफ्नो र परिवारका लागि गर्दैछन् । देश बनाउन होइन, आपूm बन्नुमात्र उनीहरूको ध्येय हुन्छ । आर्की ब्राउनको पुस्तक ‘द राइज एण्ड फल अफ कम्युनिजम’ ले समेत संसारभर कम्युनिष्टहरूको आचरण पतनोन्मुख भएको देखाउँछ । अहिलेका हाम्रा कम्युनिष्टहरूको सामाजिक जीवन आचरण कुनै पनि हिसाबले समाजवादी दर्शन तथा आर्दशसँग मिल्ने प्रकारको छैन । कार्यसम्पादन त झनै रूग्ण छ ।
रूग्ण कार्यसम्पादन
यी वा ती नामधारी विभिन्न कम्युनिष्ट पार्टीहरू पटक-पटक सरकारको नेतृत्व गर्दा वा सरकारको महत्वपूर्ण साझेदारीमा रहँदा पनि कार्यसम्पादन समेत खासै उत्साहाजनक थिएन । बलत्कार, हत्या तथा हिंसा जस्ता कुराहरू झन् बढिरहे । निर्मला बलत्कार काण्ड, सुन काण्ड, गुठी विधेयक काण्ड, रुकुम काण्ड, बालुवाटार जग्गा काण्ड, सेक्युरिटी मास प्रिन्टर काण्ड, स्वास्थ्य सामग्री खरिद काण्ड, अयोध्या काण्ड, बेसार पानी काण्ड आदिका तरंगहरू कम्युनिष्टहरूकै समयमा आए । ‘ओम्नी’ र ‘यति’ ले दरै गरी कब्जा जमाएको देशलाई ‘बतास’ले त उडाउला नै जस्तो पनि कम्युनिष्टकै समयमा देखियो ।
हरेक ठाउँमा सेटिङसहित साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर सार्वजनिक संस्थान, निगम, विश्वविद्यालय, न्यायलयलगायत अन्य संस्थाहरूमा आफ्ना कार्यकर्ता भर्ति गर्ने र अपवादबाहेक तीनलाई सकेसम्म निकम्मा तथा कवाडी बनाउनेमा कम्युनिष्टहरू झन माहिर देखिए । हरेक ढेक्कापट्टामा कमिसन, हरेक नियुक्तिमा नजराना तथा घुस, अनि निर्णयमा नियोजित सिन्डिकेट स्थापित बनाइयो । मजदुर, किसान, पिछडिएका वर्ग, श्रमिकहरू भोटका लागि मात्र प्रयोग गरिए ।
आर्की ब्राउनको पुस्तक ‘द राइज एण्ड फल अफ कम्युनिजम’ ले समेत संसारभर कम्युनिष्टहरूको आचरण पतनोन्मुख भएको देखाउँछ । अहिलेका हाम्रा कम्युनिष्टहरूको सामाजिक जीवन आचरण कुनै पनि हिसाबले समाजवादी दर्शन तथा आर्दशसँग मिल्ने प्रकारको छैन । कार्यसम्पादन त झनै रूग्ण छ ।
अरू बेला त व्यपारी, करछली गर्ने उद्योगी, नजराना चढाउने कमिसनखोर, दलाल तथा समाजलाई तर्साउने डन, देश तथा नागरिकलाई ठग्ने ठेकेदार घरपेटी, सकेसम्म बाँकी समुदायको शोषण गर्ने खलनायकसँग सत्संग तथा दिव्य मिलनमा रमाए । समान्तको टाउको छिनाउनेदेखि शोषकको सफाया गर्ने दुवाई दिँदै सुरु भएका पार्टीका नेता आज आफैं नयाँ सामन्तसँगै शोषकको रूपमा उदाएका छन् । नागरिकका लागि सार्वजनिक सेवा प्रवाह र विकास निर्माण चाहिँ झनै खस्कँदो छ । देशको सर्वपक्षीय विकास, आर्थिक उपार्जन, प्रभावकारी सेवा तथा नागरिक जीवनलाई गुणस्तरीय बनाउने कार्ययोजनामा ठोस प्रष्टता छैन ।
लेखक गोबद्र्धन रानाको पुस्तक ‘साम्यवाद’मा लेखिएको छ ‘झुट बोलेर नागरिकलाई झुक्याउनु नै कम्युनिष्टहरूको दार्शनिक धर्म हो’ । साँच्चै यस्तै परिदृश्य उजागर हुँदैछ । कम्युनिष्ट दल त दलदलमा छँदैछन्, दलभित्रका समूह अहिले त गुट पनि नभएर गिरोहमा परिणत भएका छन् । गिरोहमा केवल अरूलाई हटाएर आपूmलाई फाइदा हुने कदम उठाइन्छ । चरम अवसरवादको प्रतीक्षा हुन्छ । आपसी मतान्तर जीवन, जनता, आर्दश, नीति तथा कार्यक्रममा नभई पदको बाँडफाँट र शक्तिको भोगका लागि हुन्छ । अब त यिनीहरूको स्थापनाको औचित्यसमेत सकिएको छ ।
औचित्यको समाप्ति
तत्कालीन माओवादीको उद्देश्य राजतन्त्र फालेर संविधानसभामार्फत गणतान्त्रिक संविधानको निर्माण थियो भने तत्कालीन एमालेको उद्देश्य पञ्चायती व्यवस्थाको उन्मुलन थियो । अन्य सबै खालका कम्युनिष्ट पार्टीसमेत यिनै व्यवस्था समाप्तिको लागि स्थापित थियो । ती सबै पार्टीको आधारभूत उद्देश्यसमेत पूरा भएकोले अब बाँकी नागरिक अपेक्षा पूरा गर्न नयाँ ढंगका दलहरूको आवश्यकता पर्छ । तत्कालीन शक्तिको प्रतिस्थापनपछि के गर्ने भन्ने न त स्पष्ट योजना थियो न त सानदार व्यवस्थापन गर्दै नागरिकको आशा अनुसार तिनले काम गर्न सके । त्यही अदक्षताको प्रभाव अहिलेको कम्युनिष्टहरूमा पनि परेको हो ।
त्यसैले अहिलेका कम्युनिष्ट अथवा वाम पार्टीहरू भविष्यमा विभाजित वा एकीकृत नै रहे पनि नागरिक भलाई तथा देश हितमा भने उनीहरूका गतिविधि केवल कागलाई बेल पाके जस्तो मात्रै हुनेछ । तत्कालै केही अनुपम र उदाहरणीय हुने अवस्था छैन । उनीहरूबीचका लफडा अनि नाटकीय शैलीमा हुने मेलमिलाप आदिले कसैको आडम्बरलाई जोगाउँला तर कम्युनिष्ट आचरण, समाजवादी चरित्र तथा नागरिक अपेक्षालाई जोगाउन सक्ने ल्याकत देखिँदैन । भविष्यमा अन्य कोही कसैले नयाँ ढंगले अर्को नैतिक र इमानदार कम्युनिष्ट शक्ति गठन गर्नसक्ला । तर, अहिलेकै गतिविधिको जीवन्ततालाई समाजले स्वीकार्नु चाहिँ समाजवाद तथा कम्युनिजमको घोर खिल्ली उडाउनुमात्र हो । अब कम्युनिष्टहरूको राजनीतिक अभिष्टमाथि निर्मम समीक्षा आवश्यक छ । एकताको भजन एउटा आत्मरतिको फेसन त बन्न सक्ला, नागरिक अपेक्षाको मिसन बन्न चाहिँ सक्ने देखिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच