काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योगहरुलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले उद्योगहरुको ब्ल्याक लिस्टिङ बढिरहेको उल्लेख गर्दै एक पटक सबैलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले दिनुपर्ने बताउनु भयो । उहाँले युवा पलायन आजको दिनमा ठूलो समस्याको रुपमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले मौसमअनुकुलताका कारण नेपालका लागि सूचना प्रविधि क्षेत्र प्रचुर सम्भावना भएको महत्वपूर्ण क्षेत्र रहेको बताउनु भयो । उहाँले सूचना प्रविधिको क्षेत्रमा युवाहरुले राम्रो काम गरिरहेको बताउनु भयो । युवाहरुको पलायन रोक्न पनि सूचना प्रविधि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा जुन हिसावले उद्योगहरु समस्यामा परेको छ । ब्ल्याक लिस्टिङ बढिरहेको छ । यो एकचोटी क्रस द बोर्ड सबैलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले दिनुपर्ने हुन्छ । युवा पलायन आजको दिनमा ठूलो समस्याको रुपमा छ । मौसमअनुकुलताका कारण नेपालका लागि सूचना प्रविधि क्षेत्र प्रचुर सम्भावना भएको महत्वपूर्ण क्षेत्र हो । सूचना प्रविधिको क्षेत्रमा हाम्रा युवाहरुले राम्रो काम गरिरहेका छन् । युवाहरुको पलायन रोक्न पनि सूचना प्रविधि क्षेत्रमा प्रवद्र्धन गर्न अति आवश्यक छ ।’
अध्यक्ष अग्रवालले उच्च पहाडी तथा हिमाली क्षेत्रमा डेटा सेन्टर स्थापना गर्न आवश्यक रहेको बताउनु भयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा