
काठमाडौं । विश्व बैंकले नेपाललाई साढे १३ अर्ब रुपैयाँ अर्थात् १० करोड डलर बराबरको ऋण सहयोग दिने भएको छ । हरित, उत्थानशील र समावेशी विकासका लागि यस्तो ऋण दिने भएको हो । हाल नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) कार्यक्रम सञ्चालनमा छ ।
विश्व बैंकको १२ डिसेम्बरमा बसेको सञ्चालक समितिको बैठकले डेभलपमेन्ट पोलिसी अपरेसन (डिपिओ) आयोजनाअन्तर्गतको उक्त ऋण स्वीकृत गरेको हो । नेपालका लागि विश्व बैंकका क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लेनले भन्नुभयो, ‘नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न यो डिपिओ शृंखलाले उत्प्रेरकको काम गर्ने छ, यसले नेपालीका लागि दीर्घकालीन विकासको आधार सिर्जना र संरक्षण गर्ने छ ।
सहयोग सबै नेपालीका निम्ति दीर्घकालीन विकासको आधार र त्यसको दिगो संरक्षण गर्न सफल हुने छ । यो परियोजनाले हरित, जलसुरक्षा, सिँचाइ, भूमिको प्रयोग, वन व्यवस्थापन, जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा सघाउने छ ।’ विश्व बैंकले सन् २०२१ देखि नेपालको वातावरणीय दिगोपन, हरित तथा समावेशी विकासको क्षेत्रमा परियोजना सञ्चालन गर्दै आएको छ ।
बेरोजगारी, महामारी, जोखिममा परेका सीमान्तकृत समुदायका लागि आर्थिक अवसर प्रदान गर्न परियोजनाले सघाइरहेको विश्व बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच