काठमाडौं । सिमेन्ट उद्योगीले बिनाकारण मिलेमतोमा सिमेन्टको मूल्य बढाउन थालेपछि निर्माण व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायी काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी दिएको छ । सिमेन्ट, डन्डीलगायतका निर्माण सामग्रीको मूल्यवृद्धि खारेज गर्न पुनः सरकारलाई ध्यानाकर्षण गराउँदै महासंघले सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण सिजनमा निर्माण सामग्रीको कार्टेलिङ गरी अत्यधिक मूल्यवृद्धि गरिएको भन्दै मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायी काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी दिएको हो ।
निर्माण सिजनमा निर्माण सामग्रीको कार्टेलिङ गरी सिमेन्टलगायतका वस्तुमा अत्यधिक मूल्यवृद्धि गरिएको भन्दै मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायी काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने निर्माण व्यवसायीले चेतावनी दिएका छन् ।
विभागले भने सिमेन्टको मूल्य बढ्नुका कारणसहित सिमेन्ट उद्योगहरूसँग मूल्यसूची माग गरेको छ । सिमेन्टमा बढेको मूल्य घटाउने विषयमा सिमेन्ट उत्पादक संघ र उद्योग मन्त्रालयबीच छलफल भएको छ । आइतबार सिंहदबारस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्रीले अस्वाभाविकरूपमा बढेको सिमेन्टको मूल्य घटाउन उद्योगीसँग आग्रह गर्नुभएको थियो । निर्माण व्यवसायीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत सरकारलाई समेत केही सिमेन्ट कम्पनीले सिमेन्टको मूल्यमा दुर्ई सय रुपैयाँ बढाएको भन्दै उजुरी दिएकाले व्यवसायीसँग सरकारले छलफल सुरु गरेको हो ।
अन्तर्राष्ट्रियस्तरमा कुनै कुराको मूल्यवृद्धि नभएको तर बजारमा सिमेन्टको मूल्यवृद्धिका कारण भौतिक पूर्वाधार र विकास निर्माणको क्षेत्रमा समस्या भएको व्यवसायीले गुनासो गरेका थिए । छलफलपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले मन्त्रालयमा सिमेन्ट उत्पादकहरूका कुरा पनि सुनिएको र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २१ बमोजिम मूल्य निर्धारण भए/नभएको सत्य तथ्य सात दिनभित्र पेश गर्न समय दिइएको बताउनुभएको छ । सात दिनभित्र सिमेन्टमा दुई सय रुपैयाँ मूल्यवृद्धि गर्नुपर्ने आधार र कारणसहित पेश गर्न निर्देशन दिएको उहाँको भनाइ थियो । तर, नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले भने व्यवसायीले कार्टेलिङ गरेर सिमेन्टको मूल्यवृद्धि नगराएको जिकिर गर्दै सिमेन्टको उत्पादन लागत बढेका कारण मूल्यवृद्धि भएको दाबी गर्नुभयो । विगतमा उत्पादन लागतभन्दा कममा बिक्री भइरहेकाले मूल्यवृद्धि गरिएको उहाँको भनाइ थियो । नेपालमा सिमेन्ट उत्पादनको क्षमता वार्षिक २५ मिलियन टन भए पनि सात मिलियनभन्दा बढी खपत हुन नसकेको भन्दै मारुले माग र आपूर्तिबीचमा ठूलो खाडल रहेका कारणले पनि मूल्यवृद्धि भएको तर्क गर्नुभएको छ ।
निर्माण क्षेत्रको सिजन सुरु भएसँगै उद्योगीहरूले सिमेन्टको मूल्य बढाएका हुन् । पछिल्लो समय प्रतिबोरा ३० देखि ५० रुपैयाँसम्मले सिमेन्टको मूल्य बढेको नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंले जनाएको छ । संघका अनुसार गत शुक्रबारदेखि लागू हुने गरी ओपिसी सिमेन्टमा प्रतिबोरा ३० रुपैयाँ र पिपिसी सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँले मूल्यवृद्धि भएको हो ।
कात्तिकदेखि सिमेन्ट उत्पादक कम्पनीहरूले निरन्तर सिमेन्टको मूल्य बढाउँदै आएका छन् । एक महिनाको अवधिमा सिमेन्टमा डेढ सय रुपैयाँभन्दा बढी मूल्यवृद्धि भइसकेको छ । संघका अनुसार दशैँअघि बजारमा उपभोक्ताका लागि पिपिसी सिमेन्टको मूल्य काठमाडौंमा प्रतिबोरा पाँच सय रुपैयाँदेखि पाँच सय २५ रुपैयाँसम्म र ओपिसी सिमेन्ट छ सयदेखि छ सय २५ रुपैयाँसम्म थियो । तर, गत साता शुक्रबारदेखि लागू हुनेगरी पुनः मूल्य बढेपछि पिपिसी सिमेन्टको मूल्य काठमाडौंका ग्राहकका लागि प्रतिबोरा छ सय ५० रुपैयाँदेखि सात सय रुपैयाँसम्म पुगेको छ भने ओपिसी सिमेन्ट सात सय ३० देखि सात सय ८० रुपैयाँसम्म पुगेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा