काठमाडौं । नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरिएकोे नबिल बैंकले जनाएको छ । तत्कालका लागि नबिल बैंकको केन्द्रीय कार्यालय तीनधाराबाट यसप्रकारको सेवा दिन थालिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधि प्रयोगमार्फत् थप छरितो र कुशल सेवा प्रदान गर्न यस्तोे प्रणाली सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी ग्राहकको चाहना महसुस गर्दै नवीन समाधानहरू प्रदान गर्न कटिबद्ध छौँ । अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिबिम्बित गर्दछ ।’ व्यस्त पेशाकर्मी तथा व्यवसायीलाई लक्षित गरी नवीनतम प्रविधिमा आधारित अपोइन्टमेन्ट बैंकिङ प्रणालीको प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैंकबाट सेवा लिन सक्ने बैंकले जनाएको छ । नगद र चेक कारोबार जस्ता अत्यावश्यक बैंकिङ सुविधा लिन यस्तो सुविधा लिन सकिने छ ।
सुरुवातदेखि नै डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको नबिल बैंकले ग्राहकको अनुभवका आधारमा नयाँ-नयाँ प्रणालीमा आधारित कदम अघि बढाएको छ । बैंकका अनुसार यस प्रणालीका मुख्य दुर्ई विशेषता रहेका छन् । समयको अभाव भएका व्यस्त व्यक्ति र व्यवसायीका लागि छिटो, कुशल र गुणस्तरीय सेवा प्रदान गर्न विशेषरूपमा डिजाइन गरिएको छ भने ग्राहकले नबिल बैंकको वेबसाइट वा एन बैंक एपमार्फत् सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्ने व्यवस्था गरिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा