
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दक्षिण एशियाली कूटनीतिक भ्रमणका क्रममा काठमाडौंमा आइपुग्नुभएको छ ।
दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आउनु भएको हो ।उहाँले नेपालका वरिष्ठ नेताहरूसँग भेटघाट गर्ने र नागरिक समाजसँग अन्तर्क्रिया गर्ने कार्यक्रमरहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेको छ, ‘भ्रमणका क्रममा वातावरण संरक्षण, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासका क्षेत्रमा साझेदारीलाई विस्तार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच