काठमाडौं । साताभर सेयर बजार १३ अंकले घटेको छ । अघिल्लो बिहीबार २७४८.०५ अंकमा रहेको सेयर बजार पछिल्लो साताको अन्तिम कारोबार दिनसम्म घटेर २७३४.९३ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । साताका पाँच दिन कारोबार दिनमध्ये तीन कारोबार दिन घटेको र दुई कारोबार दिन बढेको सेयर बजारमा साताभर कुल ४४ अर्ब ९१ करोड ९५ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस साता दैनिक औसत आठ अर्ब ९८ करोड ३९ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल आठ करोड ३४ लाख २८ हजार आठ सय १२ कित्ता सेयर कारोबार हुँदा औसतमा एक करोड ६६ लाख ८५ हजार सात सय ६३ कित्ता सेयर खरिदबिक्री भएका थिए ।
नेप्सेका अनुसार साताको पहिलो दिन आइतबार नेप्से ९.९९ अंकले घटेर २७३८ अंकमा झरेको थियो भने आठ अर्ब ७४ करोड ९२ लाख ८९ हजार रुपैयाँ बराबरका एक करोड ५४ लाख ३६ हजार छ सय ६८ कित्ता सेयर ८१ हजार छ सय ४२ पटक किनबेच भएका थिए । तर, सोमबार नेप्से १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा पुगेको थियो भने १० अर्ब ४१ करोड २१ लाख ५५ हजार रुपैयाँ बराबरका एक करोड ८५ लाख १८ हजार दुई सय ६८ कित्ता सेयर एक लाख दुर्ई हजार चार सय १७ पटक किनबेच भएका थिए । मंगलबार पनि नेप्से १७.८० अंक बढेर २७७५.८५ अंकमा पुगेको थियो भने आठ अर्ब ४१ करोड ४९ लाख ५१ हजार रुपैयाँ बराबरका एक करोड ६३ लाख ६८ हजार पाँच सय ५३ कित्ता सेयर ८७ हजार पाँच सय ९९ पटक खरिदबिक्री भएका थिए ।
तर, बुधबार भने नेप्से २४.९७ अंकले घटेर २७५०.८७ अंकमा झर्दै नौ अर्ब छ करोड ३९ लाख ४८ हजार रुपैयाँ बराबरका एक करोड ८२ लाख नौ हजार पाँच सय दुई कित्ता सेयर ९५ हजार सात सय ३५ पटक खरिदबिक्री भएका थिए । बिहीबार पनि नेप्से १५.९३ अंकले घटेर २७३४.९३ अंकमा झरेको थियो भने आठ अर्ब २७ करोड ९२ लाख १९ हजार रुपैयाँ बराबरका एक करोड ४८ लाख ९५ हजार आठ सय २१ कित्ता सेयर ८६ हजार तीन सय ८८ पटक खरिदबिक्री भएका थिए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा सार्वजनिक गरेपछिको पहिलो सातामा सेयर बजार नकारात्मक देखिएको थियो भने सोमबार र मंगलबार सेयर बजार सकारात्मक देखिएको थियो ।
८० नयाँ कम्पनीको आइपिओ निष्कासन प्रक्रियामा
नेपाल धितोपत्र बोर्डमा सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका नयाँ कम्पनीको संख्या ८० पुगेको छ । सूचीकरण भइसकेका छवटा कम्पनीले पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्कासन प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कुल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ बराबरको सेयर पाइप लाइनमा छ । विभिन्न क्षेत्रका ८० कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता सेयर निष्कासनका लागि बोर्डको प्रक्रियामा रहेका हुन् । होटल तथा पर्यटन क्षेत्रका सात कम्पनीले तीन अर्ब ३१ करोड १० लाख बराबरका तीन करोड ५३ लाख ६० हजार कित्ता सेयर जारी गर्न निवेदन दिएका छन् भने ४० जलविद्युत् आयोजनाले कुल १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार चार सय बराबरका १६ करोड ३६ लाख पाँच हजार चार सय ६४ कित्ता बराबरको सेयरका लागि बोर्डको प्रक्रियामा रहेका छन् । लगानी समूहअन्तर्गत तीन कम्पनीले दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार बराबरका एक करोड ५६ लाख ७३ हजार पाँच सय कित्ता सेयर जारी गर्न पाइप लाइनमा छन् भने उत्पादन तथा प्रशोधनतर्फ १५ कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार छ सय ९६ बराबरका नौ करोड १६ लाख ७५ हजार छ सय ८४ कित्ता सेयर निष्कासन प्रक्रियामा छन् ।
जलविद्युत् समूहतर्फ सबैभन्दा धेरै ४० वटा कम्पनीले निवेदन दिएका छन् । सानिमा हाइड्रोपावर, हिम स्टार ऊर्जा कम्पनी, भुजुङ हाइड्रोपावर, दरमखोला हाइड्रो इनर्जी, सान्भी इनर्जी, बेनी हाइड्रोपावर, यमलिङ हाइड्रोपावर, मबिलुङ हाइड्रोपावर, सोलु हाइड्रोपावर, टक्सार पिखुवा खोला हाइड्रोपावर, विकास हाइड्रोपावर, कालिञ्चोक हाइड्रोपावरलगायतका कम्पनी पाइप लाइनमा रहेका छन् । होटल तथा पर्यटन समूहअन्तर्गत सात कम्पनी रहेका छन्, जसअन्तर्गत एपेक्स हस्पिटालिटी, होटल फरेस्ट इन, अर्केड होल्डिङ्स, अन्नपूर्ण केबलकार, बन्दीपुर केबलकार एण्ड टुरिजम, अकामा होटल, ठमेल प्लाजा होटल एण्ड स्विट्स रहेका छन् । लगानी समूहतर्फ वरुण इन्भेष्टमेन्ट, सिड इनर्जी, शिवम् होल्डिङ्स रहेका छन् । उत्पादन तथा प्रशोधन समूहतर्फ १५ कम्पनी रहेका छन् ।
जसअन्तर्गत एकोर्ड फर्मास्युटिकल्स, एसवाई प्यानल नेपाल, सूर्य सिमेन्ट इण्ड्रस्ट्रिज, मारुती सिमेन्ट्स, स्मार्ट डोर्स, पाल्पा सिमेन्ट इण्ड्रस्ट्रिज, ओम मेगाश्री फर्मास्युटिकल्स, लक्ष्मी टेक्नोप्लास्ट, श्री डिस्टिलरी, सोपान फर्मास्युटिकल्स, भूगर्भ सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, सागर डिस्टिलरी र अम्बे स्टिल्स रहेका छन् ।
लघुवित्ततर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था, लघुबिमातर्फ क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी छन् । अन्य समूहका १० कम्पनीमा ट्रेड टावर, कान्तिपुर टेलिभिजन नेटवर्क, डिस मिडिया नेटवर्क, आइएमई लिमिटेड, हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी (हेम्स हस्पिटल), पिअर इनर्जी, नेपाल ब्रोडकास्टिङ च्यानल, कैलाश हेलिकप्टर सर्भिस, छायादेवी कम्प्लेक्स र बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इण्ड्रस्टिज रहेका बोर्डले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा