गाईघाट । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत रु पाँच लाख बराबरका सामान नष्ट भएको हो ।
घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका थिए ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा