काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएको लामिछानेलाई काठमाडौंबाट आज विहान चितवन लगिएको हो ।
कडा सुरक्षा व्यवस्थाकाबीच लामिछानेलाई एयरपोर्टबाट जिल्ला प्रहरी कार्यालय चितवन लगिएको छ ।
उहाँविरुद्ध कास्की, रुपन्देही, चितवन र काठमाडौं प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत कास्कीको अनुमतिले पक्राउ पुर्जी जारी भएपछि प्रहरीले गत कात्तिक २ गते रविलाई रास्वपा केन्द्रीय कार्यालय शेषमतीबाट पक्राउ गरेको थियो । लगत्तै कास्की पुर्याइएका उहाँलाई पटक-पटक अनुसन्धानका लागि म्याद थप गरिएको छ ।
संगठित अपराधको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर मुद्दाको अनुन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । प्रहरीले रविविरुद्ध धेरै जिल्लामा उजुरी भएको, अभियोगहरू फरक-फरक रहेको तथा अनुसन्धान वस्तुनिष्ठ हुन जरुरी रहेको भन्दै समय लिएरै अनुसन्धान गरिरहेको छ । बिहीबार साँझ काठमाडौं ल्याइएका उहाँलाई काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुख्य आरोपमा अनुसन्धान गरिरहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा