कीर्तिपुर । कीर्तिपुर नगरपालिकाको मेयर तथा वडा नम्वर ४ र वडा नम्वर १ को अध्यक्षका लागि मतदान भएको थियो।
मतदानपछि कीर्तिपुर नगरपालिकाको सर्वदलीय बैठक सकिएको छ । बैठकले मतगणना आज १० बजे देखि मतगणना सुरु गर्ने निर्णय गरेको छ ।
जसअनुसार सुरुमा वडा नम्बर १ मा मेयरको त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरिएको छ । यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने बताइएको छ ।
त्यसपछि वडा नम्बर २ देखि १० सम्मको वडाको मतगणना हुने बैठकले निर्णय गरेको छ ।
कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५।३९ प्रतिशत मतदान भएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत खसेको थियो ।
मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार कीर्तिपुरका सबै २० मतदानस्थलमा बिहान ७ बजेदेखि सुरु भएको मतदान दिनभर शान्तिपूर्ण रुपमा रही साँझ ५ बजे सम्पन्न भएको हो । नगरपालिका प्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा प्रमुख पदमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार रहेका छन् भने वडा नं १ मा नौ तथा वडा नं ४ मा १२ उम्मेदवार चुनावी मैदानमा छन् ।
कीर्तिपुरका तत्कालीन नगरप्रमुख राजकुमार नकर्मी, वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जन र वडा नं ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएपछि उपचुनाव भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच