
काठमाडौं । विगत ३१ वर्षदेखि जस्मिन पेन्ट्सले ‘नेपाली मनको नेपाली रङ्ग’ नाराका साथ नेपाल रंगाउँदै आएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत पाइसकेको कम्पनीले स्वदेशी उत्पादनलाई थप सशक्त र बजारीकरणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई आफ्नो ब्राण्डदूत नियुक्त गरेको छ ।
नेपाली क्रिकेट खेलाडीलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका साथ कम्पनीले पूर्वकप्तान खड्कासँग सहकार्यका लागि हात अगाडि बढाइएको जनाएको छ । उहाँसँगको सहकार्यले नेपाली खेलकुदका साथै जस्मिन पेन्ट्सका उत्पादनमा थप टेवा पुग्ने कम्पनीको अपेक्षा रहेको छ ।
जस्मिन पेन्ट्स प्रालिका निर्देशक सौगात अर्यालले भन्नुभयो, ‘हामीबीचको यस सहकार्यले हाम्रा सम्पूर्ण ग्राहक तथा खेलप्रेमी नेपालीहरूको चाहना र भावनाको कदर गरेको महसुस भएको छ । यस सहकार्यले हाम्रा उत्पादन स्वदेशीरूपमा मात्र परिचित नभई अन्तराष्ट्रियस्तरमै नै परिचित हुनेमा विश्वास लिएका छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच