
विराटनगर । क्वालिटी थाई फुड्सले आफ्नो पछिल्लो उत्पादन ‘के मज्जा’ ब्राण्डको चाउचाउ बजारमा ल्याएको छ । बिगत तीन दशकभन्दा लामो समयदेखि विभिन्न खाद्यान्नको उत्पादन गर्दै क्वालिटीले नयाँ चाउचाउ बजारमा ल्याएको हो । क्वालिटीले श्रीराचा रामेनमाथाई स्वादमा ‘के मज्जा’ ल्याएको हो ।
पहिलो पटक नेपालमा उत्पादन गरेको श्रीराचासस्लाई थाई स्वाद तथा अन्तर्राष्ट्रिय बजारमा उत्तम क्वालिटीको सस् मानिन्छ । यसैगरी ‘के मज्जा’ अन्य चाउचाउको तुलनामा गुणस्तरीय र सस्तो भएको समेत कम्पनीको दाबी छ । ८० ग्राममा आएको ‘के मज्जा’ को उपभोक्ता मुल्य ३० रुपैयाँ मात्र रहेको र चिकन र भेज दुबैमा उपलब्ध हुने कम्पनीका मेनेजर शंकर दाहालले बताउनु भयो ।
नेपाली बजारमा पछिल्लो समय आवश्यकभन्दा बढी पिरोको मात्रा राखेर बजारिकरण गरेर उपभोक्ताहरुलाई अस्वस्थ बनाइरहेको अवस्थामा के मज्जाले आवश्यक मात्रामा पिरो राखिएकोसमेत दाहालले जानकारी दिनुभयाे ।
यसैगरी उपभोक्ताको स्वास्थलाई ध्यानमा राख्दै आएको ‘के मज्जा’ चाउचाउ तेलमा कम समय मात्र पकाएको हुनाले तेलमा पकाएको अन्य ब्राउन नुडल्सको तुलनामा बढी स्वस्थकर हुने समेत दाहालको दाबी छ । साथै ‘के मज्जा’ मा डिहाईट्रेड भेजिटेबल प्रयोग भएका कारण पनि अन्य चाउचाउको तुलनामा बढी स्वस्थकर भएको उहाँले बताउनु भयो ।
विराटनगरबाट लन्चिङ सुरु गरेको ‘के मज्जा’ पुर्वबाट बिस्तारै नेपालभर उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।
-निर्मल ढुंगाना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच