अव्यवस्थित शहरीकरण नेपालको चुनौति : उपप्रधानमन्त्री सिंह

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राकृतिक घटनाहरू मात्र नभइ पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि समस्या व्यहोरिरहेको बताउनु भयो ।

उहाँले नेपाल बारम्बार भूकम्पीय प्रकोपको चपेटामा परेको उल्लेख गर्दै भारी वर्षा र भारी हिमाली भूगोलले बाढी र पहिरोको जोखिम बढाएको बताउनु भयो । उपप्रधानमन्त्री सिंहले हालैका वर्षहरुमा जलवायु परिवर्तनको प्रभावले हिमालयको हिउँ बढी पग्लिएको, हिमताल फुट्नेलगायतका विपद्हरु भोग्नुपरिरहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘हाम्रो देश र दक्षिण एशियाको यो क्षेत्र बारम्बार भूकम्पीय प्रकोपको चपेटामा परेको छ । त्यसमाथि, भारी वर्षा र भारी हिमाली भूगोलले यस क्षेत्रलाई पहिरो र बाढीको जोखिममा पारेको छ । यसबाहेक हालैका वर्षहरूमा ग्लोवल वार्मिङ र जलवायु परिवर्तनको प्रभावले हिमालयका हाम्रा ग्लेशियर तालहरूमा ठूलो परिवर्तन ल्याएको छ । जसले ग्लेशियर लेक प्रकोप बाढीको जोखिमलाई बढाएको छ । हिमनदीका टिपहरू र पहाडको बरफ पग्लने दर बढ्दै गएको छ । जुन वास्तवमा हाम्रो क्षेत्रमा वातावरणीय ह्रासको कारण होइन तर यो विश्वका ठूला अर्थतन्त्रहरूको कारण हो । हामीसँग विज्ञान र इन्जिनियरिङको क्षेत्रमा जियोहाजार्ड्स, जियोडिजास्टरहरू र जियोटेक्निकल इन्जिनियरिङलगायतका क्षेत्रमा धेरै फरक चुनौतीहरू छन् । हामीले प्राकृतिक घटनाहरू मात्र होइन तर पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि वास्तवमै सबैभन्दा बढी पीडित छौं ।’

कोभिड-१९ को विश्वव्यापी प्रभावसँगै बाढी र पहिरो लगायतका विपत्तिले १० वर्षमा नेपालको राष्ट्रिय अर्थतन्त्रमा ठूलो असर पारेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?